Tuesday, June 18
Shadow

Tag: jhapa

निरा आचार्यको हत्यामा संलग्न विक झापाबाट पक्राउ

निरा आचार्यको हत्यामा संलग्न विक झापाबाट पक्राउ

banner-news, ताजा-अपडेट, मुख्य समाचार
काठमाडौं - कपनको सरस्वतीनगरस्थित निरु किचनकी सञ्चालक निरा पाण्डे आचार्यको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले झापाबाट विनोद विकलाई पक्राउ गरेको छ ।एआईजी किरण बज्राचार्यको नेतृत्वमा गठित समितिका एक उच्च अधिकृतले अनुसन्धानले सकारात्मक मोड लिएको बताउँदै थप विवरण केही समयपछि सार्वजनिक गर्ने जनाए ।८ वैशाखमा कपनस्थित सरस्वतीनगरको व्यस्त सडकमै सञ्चालन गरिएको भाँडा पसलभित्रै अन्धाधुन्ध चक्कु प्रहारबाट बाग्लुङ बडिगाड गाउँपालिकाकी ३५ वर्षीया आचार्यको हत्या भएको थियो ।उनले सरस्वतीनगरमा ‘निरु किचेन’ नामको भाँडा पसल चलाउँदै आएकी थिइन् । दिउँसो ३ बजेतिर आचार्यले सञ्चालन गर्दै आएको भाँडा पसलकै काउन्टरमा उनको घाँटी तथा शरीरका विभिन्न भागमा चक्कु प्रहार गरेर हत्या गरिएको थियो ।यस घटनाको अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरोकी प्रमुख एआइजी किरण बज्राचार्यको नेतृत्वमा उच्चस्तरीय अनुसन्धान समिति बनेको ...
कार दुर्घटनामा एक जना पैदल यात्रुकाे मृत्यु

कार दुर्घटनामा एक जना पैदल यात्रुकाे मृत्यु

ताजा-अपडेट, मुख्य समाचार
झापा – झापाको कन्काई नगरपालिका ३ नयाँ बस्तीमा कारको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।मृत्यु हुनेमा स्थानीय ३६ वर्षीया सावित्रादेवी भण्डारी रहेकी छन् । उनलाई उपचारको लागि अस्पताल पुर्‍याउनसाथ चिकित्सकले मृत घोषणा गरेका थिए ।बा १८ च २२ ४७ नम्बरको कारले पैदल हिँडिरहेकी भण्डारीलाई ठक्कर दिएको थियो । कारसहित चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय सुरुङथाले जनाएको छ । ...
झापामा झुण्डिएको अवस्थामा युवायुवती फेला

झापामा झुण्डिएको अवस्थामा युवायुवती फेला

banner-news, ताजा-अपडेट, मुख्य समाचार
झापा । झापाको चिया बगानमा एक जना युवक र एक जना युवती मृत फेला परेका छन् । आज(मंगलबार) बिहान झपाको कचनकवल गाउँपालिका-४ केचनासिथ्त एभरेष्ट चिया बगानमा उनीहरू मृत भेटिएका हुन् । दुवै जना झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झपाका प्रवक्ता डिएसपी बसन्त पाठकले बताए । डिएसपी पाठकका अनुसार युवक अन्धाजी २५ र युवती १८ वर्षकी छन् । अहिले घटना स्थलमा प्रहरी टोली पुगेर अनुसन्धान सुरु भइरहेको डिएसपी पाठकले बताए ।...
झापा: ५ वर्षीय बालिका बलात्कृत, एक जना पक्राउ

झापा: ५ वर्षीय बालिका बलात्कृत, एक जना पक्राउ

banner-news, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल न्यूज डेस्क,२३ भाद्र, झापा । झापामा ५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।शिवसताक्षी नगरपालिका-४ बस्ने ५६ वर्षीय छत्र बहादुर बुढाथोकीलाई बालिकामाथी जवरजस्ती करणी गरेको आरोपमा इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले बुधबार पक्राउ गरेको हो ।भदौ १० गते साँझ आफ्नै घरमा बुढाथोकीले ती बालिकालाई जबरजस्ती करणी गरेको आरोप उनीमाथी छ । साे सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । ...