
भानुचाेक स्थित निमार्णाधिन घरमा आगलागी
जनकपुर - जनकपुरधाम उपमहानगरपालिका–२ मिल्स शिवचोक भानुचोक सडकखण्डस्थित सीताशरण साहको घरमा आगलागी भएको छ ।शनिबार दिउँसो घरको निर्माणाधीन दोस्रो तलामा आगलागी भएको थियो । आगलागीमा परी लत्ता– कपडा,भाँडावर्तनलगायतका सामान जलेर नष्ट भएको छ । निर्माणाधीन कोठामा थोरै सामान रहेको र आगालागी भएको पाँच मिनेटमै बारुणयन्त्र पुगेर आगलागीलाई नियन्त्रणमा लिएकोले थोरै क्षति भएको जनाइएको छ ।जनकपुरधाम उपमहानगरपालिकाको वारुणयन्त्र तथा स्थानीयवासीहरुको सहयोगमा आगालागीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
...