Monday, June 24
Shadow

Tag: india

भारतको नैनीतालमा पिकअप दुर्घटना हुदा ७ नेपाली मजदुरको मृत्यु

भारतको नैनीतालमा पिकअप दुर्घटना हुदा ७ नेपाली मजदुरको मृत्यु

अन्तर्राष्ट्रिय, ताजा-अपडेट
२७ चैत, राैतहट । भारतको नैनिताल नजिकैको बेतालघाट क्षेत्रको एक पिक अप दुर्घटना हुदा सात नेपाली मजदुरको मृत्यु भएको छ ।भारतीय मिडियाहरुले मल्ल गाउँस्थित उन्चकोट मोटर सडकमा पिकअप दुई सय मिटर गहिरो खाल्डोमा खसेको बताएका छन्  । दुर्घटनामा चालकसहित आठ जनाको मृत्यु भएको छ । गाडीमा सवार दुई नेपाली मजदुर पनि गम्भीर घाइते भएका छन् ।प्रहरी टोली घटनास्थलमा पुगेर स्थानीयवासीको सहयोगमा उद्धार कार्य सुरु गरेको प्रहरीलाई उदृत गर्दै मिडिया रिपोर्टमा उल्लेख छ । गाडीमा ९ नेपाली कामदार रहेको प्रहरीले बताएको छ ।उक्त क्षेत्रमा खानेपानीको लाइन बिछ्याउने काम सकेर सबैजना फर्कदै गर्दा उक्त दुर्घटना भएको हो । दुर्घटनामा ज्यान गुमाएका नेपाली मजदुरको नाम र घर भने खुल्न नसकेको प्रहरीले बताएको छ । ...
भारतको आलोचना गर्ने माल्दिभ्सकी पुर्व मन्त्रीले मागिन माफि

भारतको आलोचना गर्ने माल्दिभ्सकी पुर्व मन्त्रीले मागिन माफि

अन्तर्राष्ट्रिय, ताजा-अपडेट
माले, २७ चैत । माल्दिभ्सकी पूर्वमन्त्री मरियम शिउनाले आफ्नो भनाइ प्रति माफी मागेकी छिन् । उनले विपक्षी दल माल्दिभियन डेमोक्रेटिक पार्टी (एमडीपी) को झण्डाबारे अपमानजनक पोस्ट गरेका थिए। आफ्नो टविटर पोस्टमा मरियमले भारतको राष्ट्रिय प्रतीक अशोक स्तम्भको बारेमा गलत शब्द प्रयोग गरेकी थिइन्। यसबारे एमडीपी र भारतका प्रयोगकर्ताबाट कडा प्रतिक्रिया आएको थियो । मरियमले एमडिपी विरुद्ध आफ्नो पोस्टमा लेखेकी थिइन्, ‘एमडिपी र बीजेपीमा कुनै भिन्नता छैन, यिनीहरूबाट होसियार हुनु आवश्यक छ। यो पोस्टमा उनले भाजपाको चुनाव चिन्ह ‘कमल’ पनि प्रयोग गरेका छन् । वास्तवमा, माल्दिभ्समा चुनाव हुन लागेको छ, त्यसैले त्यहाँका नेताहरू लगातार एकअर्काविरुद्ध टिप्पणी गरिरहेका छन्। मोहम्मद मुइज्जुको पार्टी नेतृ मरियमले त्यस्तो पोस्ट गरेकी थिइन् । यसअघि उनले प्रधानमन्त्री नरेन्द्र मोदीको लक्षद्वीप भ्रमणलाई लिएर आपत्तिजनक टिप्...
बिहारकाे रमगढवामा गाैरका एक युवकलाई गाेली हानी हत्या 

बिहारकाे रमगढवामा गाैरका एक युवकलाई गाेली हानी हत्या 

banner-news, अन्तर्राष्ट्रिय, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल न्युज डेस्क, रौतहट । रौतहटको सदरमुकाम गौरका एक जना युवकमाथि भारत बिहारको रामगढवा बजारमा गोली प्रहार गरी हत्या गरिएको छ। वीरगन्जसँगै सीमा जोडिएको भारतीय सहर रक्सौलबाट मात्र १३ किलोमिटर मोतीहारी जाने मुलसडकमा पर्ने रमगढ्वामा मंगलवार गौर नगरपालिका–९ का ४० वर्षीय दिलीप सिंहमाथि अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेको हो। रमगढवा बजार स्थित शिव शक्ति राइस एन्ड फ्लोर मिलमा लेखापढी गर्ने मुन्सीको रुपमा जागिरे युवक सिंहमाथि पैसा लुट्ने उद्देश्यले गोली हत्या गरिएको अनुमान गरिएको छ। भारतीय सहर मुजफ्फररपुरबाट मिलको बक्यौता रकम सङ्कलन गरी फर्किरहेको अवस्थामा मिलको गेटमै उनीमाथि अज्ञात समूहले गोली प्रहार गरेको थियो। नजिकैबाट चलाइएको गोली सिंहको छातीमा लागेर उनको घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष अर्जुन सिंहले भारतीय प्रहरीलाई उद्धृत गर्दै जानकारी दिए । गोली लागेर सिंह ढलेपछ...
मणिपुरमा देख्नासाथ गोली हान्न आदेश, राज्यभर कर्फ्यु

मणिपुरमा देख्नासाथ गोली हान्न आदेश, राज्यभर कर्फ्यु

banner-news, अन्तर्राष्ट्रिय, ताजा-अपडेट, मुख्य समाचार
नयाँ दिल्ली। मणिपुरमा अल ट्राइबल स्टुडेन्ट्स युनियनद्वारा आयोजित एक र्‍याली हिंसात्मक बनेपछि प्रशासनले देख्नासाथ गोली चलाउने आदेश सुरक्षाकर्मीलाई दिएको छ।राज्यका अधिकांश जिल्लामा कर्फ्यु लगाइएको छ। स्थिति नियन्त्रणमा लिन सेना र असम राइफल्सका जवानहरूलाई तैनाथ गरिएको छ।यसअघि सेनाले राज्य प्रहरीसँग मिलेर धेरै ठाउँमा हिंसा नियन्त्रण गरेको र गस्ती पनि गरेको बताएको थियो।बुधवारदेखि तत्काल लागू हुने गरी पाँच दिनका लागि राज्यभर मोबाइल तथा इन्टरनेट सेवा निलम्बन गरिएको छ।तर, यो व्यापक हिंसाका सम्बन्धमा सामाजिक सञ्जालमा शेअर भएका तस्बिर र भिडियोमा धेरै ठाउँमा घर जलेको देख्न सकिन्छ । भिडियोमा केही व्यक्तिहरू चुराचांदपुरमा एउटा हतियार पसलमा घुसेर बन्दुक लुट्दै गरेको देख्न सकिन्छ।मिडियामा आइरहेका समाचार अनुसार यो हिंसामा अहिलेसम्म कम्तीमा तीन जनाको मृत्यु भइसकेको छ।केन्द्रीय गृहमन्त्री अमित शाहले बिहीवा...
डिआईजी पदस्थापन : मधेशमा जनक भट्टराई

डिआईजी पदस्थापन : मधेशमा जनक भट्टराई

banner-news, ताजा-अपडेट, मुख्य समाचार
काठमाडौं। नेपाल सरकार गृह मन्त्रालयले नेपाल प्रहरीमा वरिष्ठ उपरीक्षक (एसएसपी) बाट नायब महानिरीक्षक (डीआईजी) मा बढुवा भएका १३ जनाको पदस्थापन गरेको छ ।पदस्थापन अनुसार डीआईजी चन्द्रकुवेर खापुङलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रहेको प्रहरी महाशाखा प्रमुख, मधेश प्रदेश प्रहरी प्रमुखमा जनक भट्टराई, कोशी प्रदेश प्रहरी प्रमुखमा राजेशनाथ बास्तोला र सुदुरपश्चिम प्रदेश प्रहरी प्रमुखमा भरतबहादुर बोहराको पदस्थापन भएको छ ।यस्तै डीआईजीहरु बिष्णु कुमार के.सी.को नेपाल प्रहरी प्रधान कार्यालय अस्वेषण योजना तथा विकास निर्देशनालय, रबिन्द्र केसीको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान् महाराजगंज, लालमणि आचार्यको काठमाडौ उपत्यका प्रहरी कार्यालय रानीपोखरी, काठमाडौं, सुरेन्द्र् प्रसाद मैनालीको नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग अपराध अनुसन्धान निर्देशनालय नक्साल, काठमाडौ, अर्जुन चन्द ठकुरीको स...
भारतबाट इन्धनको मूल्य बढेर आए पनि नेपालमा यथावत् रहने

भारतबाट इन्धनको मूल्य बढेर आए पनि नेपालमा यथावत् रहने

ताजा-अपडेट, मुख्य समाचार
काठमाडौं - इन्डियन आयल कर्पोरेसन (आईओसी) ले नेपाललाई बिक्री गर्ने पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको छ । नेपाल आयल निगमका अनुसार हिजो आईओसीले मट्टितेलबाहेकका इन्धनको नयाँ मूल्य पठाएको हो ।पेट्रोलमा प्रति लिटर २ रुपैयाँ ७५ पैसा, डिजलमा २ रुपैयाँ ९५ पैसा, हवाई इन्धनमा ४ रुपैयाँ १३ पैसा र एलपी ग्यासमा प्रति सिलिन्डर ७८ रुपैयाँ २२ पैसाले मूल्य बढेर आएको निगमले जनाएको छ । भारतबाट मूल्य बढेर आए पनि नेपालमा भने यथावत् नै रहने निगमले जनाएको छ ।स्वचालित मूल्य प्रणालीअनुसार अन्तर्राष्ट्रिय बजारमा भएको पेट्रोलियम पदार्थको मूल्य थपघटको अवस्था हेरेर इन्डियन आयल कर्पोरेसनले हरेक १५ दिनमा नेपाल आयल निगमलाई नयाँ मूल्यसूची पठाउने गरेको छ । अहिले मट्टितेलबाहेक सबै पेट्रोलियम पदार्थको मूल्य बढेर आएको भए पनि नेपालमा भने नबढाइएको निगमले जनाएको छ । अहिले पेट्रोलको मूल्य प्रतिलिटर एक सय ७८ तथा डिजल र मट्टित...