
पुर्व आइजीपी सिंहकाे खास मान्छे हुँ भन्दै ठग्ने पत्रकार विमानस्थलबाट पक्राउ
काठमाडौँ । सरकारी कागजात कीर्ते गरेको आरोपमा पत्रकार मदनबाबु भण्डारी पक्राउ परेका छन । सुरक्षा न्युज नेटवर्कका प्रबन्ध निर्देशक रहेका मदनबाबु भण्डारी केहीबेर अघि त्रिभुवन विमानस्थलबाट पक्राउ परेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी दानबहादुर कार्कीले जानकारी दिए । उनले भने भण्डारीको बारेमा सरकारी कागजात कीर्तेको उजुरी परेको र सोही क्रममा अनुसन्धानका लागि पक्राउ गरिएको बताए । भण्डारी पोखराबाट काठमाडौँ फर्किने क्रममा पक्राउ परेका हुन ।भण्डारी केही दिनअघि प्रहरी प्रमुख बसन्त कुँवरसँगै बुटवल हुँदै अर्घाखाँची गएका थिए । रूपन्दहीका एक प्रत्यक्षदर्शीका अनुसार कुँवरकै गाडीमा भण्डारी गुम्मी पुगेका थिए । गुल्मी नै स्थायी घर भएका भण्डारी लामो समयदेखि सुरक्षा बिटमा कार्यरत पत्रकार हुन । उनी पछिल्लो समय प्रमुख प्रमुख कुँबरको निकै नजिक रहेर सूचना सम्प्रेषण गरिरहेका थिए ।
केही दिनअघिदेखि...