Tuesday, June 18
Shadow

Tag: helicopter

युक्रेनमा हेलिकप्टर दुर्घटनाग्रस्त, मन्त्री र बालबालिकासहित १८‌ जनाकाे मृत्यु

युक्रेनमा हेलिकप्टर दुर्घटनाग्रस्त, मन्त्री र बालबालिकासहित १८‌ जनाकाे मृत्यु

अन्तर्राष्ट्रिय, ताजा-अपडेट
युक्रेन - युक्रेनकाे राजधानी किएभको पूर्वी भागमा एक हेलिकप्टर शिशु-शिक्षालयनजिकै दुर्घटना हुँदा देशका आन्तरिक मामिलामन्त्रीसहित १८ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जमिनमा रहेका मानिसहरू समेत छन्।मृत्यु हुनेमा तीन बालबालिका पनि छन्। थप १५ जनाको अस्पतालमा उपचार भइरहेको छ। हेलिकप्टरमा मन्त्री डेनिस मोनास्तिर्स्की र अरू आठ जना सवार थिए।उनीबाहेक आन्तरिक मन्त्रालयका दुई वरिष्ठ अधिकारीहरूको पनि निधन भएको छ। उनका उपमन्त्री र एक सचिवको पनि निधन भएको अधिकारीहरूले बताएका छन्। तस्बिर:- रेउटर्स युक्रेनी प्रहरी प्रमुखले फेसबुकमा लेख्दै उक्त हेलिकप्टर युक्रेनको आपत्कालीन सेवाको रहेको जनाएका छन्।एक स्थानीय सैन्य अधिकारीका अनुसार उक्त घटनामा २९ जना घाइते भएका छन्। घाइतेहरूलाई अस्पताल लगिएको छ। जलिरहेको भवनबाहिर हेलिकप्टरको भग्नावशेष छरिएको देखिन्छ।शिशुशिक्षालयनजिकै आगो लागेकाले बालबालिका र त्यहाँ...
अस्ट्रेलियामा दुईवटा हेलिकप्टर दुर्घटनाग्रस्त, ४ जनाकाे मृत्यु

अस्ट्रेलियामा दुईवटा हेलिकप्टर दुर्घटनाग्रस्त, ४ जनाकाे मृत्यु

अन्तर्राष्ट्रिय, ताजा-अपडेट
अस्ट्रेलियाको गोल्ड कोस्टमा सोमवार दुईवटा हेलिकप्टर जुध्दा कम्तीमा चारजनाको मृत्यु भएको छ ।थप दुईजनाको अवस्था चिन्ताजनक रहेको बताइएको छ । आपतकालीन सेवाप्रदायकहरूले १३ जनालाई उपचारका लागि लगेका छन् । सी वर्ल्ड रिजोर्ट नजिक ती दुई हेलिकप्टर आकाशमै जुधेका हुन् । एउटा हेलिकप्टर उड्न लाग्दा अनि अर्को अवतरण गर्न लाग्दा दुर्घटना भएको प्रत्यक्षदर्शी एम्मा बुर्चले गोल्ड कोस्ट बुलेटिनलाई बताइन् । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ । ...
सेनाकाे हेलिकप्टरले गाेली चलाउँदा कम्तिमा ६ जना बालबालिकाकाे मृत्यु

सेनाकाे हेलिकप्टरले गाेली चलाउँदा कम्तिमा ६ जना बालबालिकाकाे मृत्यु

banner-news, ताजा-अपडेट
यांगुन- म्यानमारको एक विद्यालयमा सेनाको हेलिकप्टरले गोली चलाउँदा कम्तिमा ६ जना बालबालिकाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् ।विद्रोहीहरूले आफूमाथि आक्रमण गर्न भवन प्रयोग गरिरहेको कारणले गोली चलाउनुपरेको सेनाले दाबी गरेको छ । गत वर्षको सुरुमा सेनाले निर्वाचित सरकारलाई अपदस्त गरेपछि म्यानमार हिंसाको चपेटामा परेको छ । सैन्य सरकारको विरोधमा विपक्षीले देशव्यापी गतिविधि सञ्चालन गर्दै आएका छन् । आन्दोलनका गतिविधि दबाउन सेनाले घातक बल प्रयोग गरेको छ । मध्य सागिङ क्षेत्रको लेट यट कोन गाउँमा रहेको विद्यालयमा सेनाले गोली चलाएको प्राप्त विवरणहरूमा जनाइएको छ ।रिपोट अनुसार सेनाको हेलिकप्टरले गाउँको बौद्ध विहारमा रहेको विद्यालयमा गोली प्रहार गरेको थियो। केही बालबालिकाको सेनाको गोली लागेर घटनास्थलमै मृत्यु भएको थियो भने आक्रमणमा घाइते बनेका केही बालबालिकाको उपचारका क्रममा मृत्युभएको थियो । ...