Monday, June 24
Shadow

Tag: guns

सिमावर्ती जिल्ला बाँकेमा हतियार संकलनमा ठुलाे चुनाैती

सिमावर्ती जिल्ला बाँकेमा हतियार संकलनमा ठुलाे चुनाैती

banner-news, ताजा-अपडेट, मुख्य समाचार
बाँके - जिल्लामा लाइसेन्स लिएर हतियार राख्ने र नवीकरण गर्नेको सङ्ख्या ठुलै रहेको छ । तर, निर्वाचनका बेला ती हतियार प्रहरी इकाईमा जम्मा गर्नुपर्ने सूचना जारी गरेर जम्मा नगरे कारवाही हुने चेतावनी दिइए पनि निकै कमले मात्र जम्मा गर्ने गरेको पाइएको छ । गत वैशाखमा पनि स्थानीय तहको निर्वाचनका बेला १० भन्दा कम मात्र हतियार प्रहरी इकाईमा जम्मा गरिएका थिए । २०७४ सालमा भएको निर्वाचनमा समेत प्रशासनले पटक पटक सूचना जारी गर्दा पनि लाइसेन्स वाला हतियार प्रहरी इकाई मा निकै कम सङ्ख्यामा जम्मा गरिएको थियो । जिल्ला प्रशासन कार्यालय बाँकेको तथ्याङक अनुसार जिल्लामा ५५५ जनाले हतियार राख्न अनुमति लिएर एक हजार जति हतियार राखेका छन् । गत आर्थिक वर्ष २०७८-०७९ मा एउटा हतियार नामसारी भएको छ । उक्त अवधिमा १६९ वटा हतियार नवीकरण गरेको प्रशासनको तथ्याङक रहेको छ । प्रशासनले हातहतियार नवीकरणबाट मात्रै गत आर्थिक वर्षमा ५ ल...