
गाैरमा श्राेत नखुलेको नगदसहित एक जना पक्राउ
राैतहट - श्राेत नखुलेको रुपैयाँ सहित आज प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले बुधबार करिब १२ बजेकाे समयमा राैतहटकाे गाैरबाट एक जनालाई श्राेत नखुलेको नौँ लाख चौसठ्ठी हजार नगद नेपाली रुपैयाँसहित एक जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा भारत बिहार जिल्ला सितामढी नगरपंचायत बैरगनियाँ-६ बस्ने अंदाजी बर्ष ३६ को राज कुमार भवन रहेको जिल्ला प्रहरी कार्यालय राैतहटका प्रवक्ता सुनिल मल्लले जानकारी दिनुभयो। उनका अनुसार गाैर नगरपालिका -१ स्थित ट्रानसमिटर चाेकमा प्रहरी टाेलीलाई शंका लागेपछि बिआर ३० भि ०५३१ नम्बरकाे भारतीय माेटरसाइकल चेकजाँच गरेको थियो। चेकजाँच गर्ने क्रममा माेटरसाइकलकाे बाँया हैण्डिलमा कालो प्लास्टिकको झोलाबाट नगद फेला परेको प्रवक्ता मल्लले बताउनुभयो। जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी गस्ती टोलीले विभिन्न सवारी साधन तथा पैदल यात्रुहरुलाई चेक जाँच गर्ने क्रममा भारत...