Sunday, June 23
Shadow

Tag: gaur

वर्षौ देखि निःशुल्क औषधीलाई खरिद गराई जनतालाई ठग्दै प्रादेशिक अस्पताल गौर

वर्षौ देखि निःशुल्क औषधीलाई खरिद गराई जनतालाई ठग्दै प्रादेशिक अस्पताल गौर

banner-news, ताजा-अपडेट, मुख्य समाचार
रौतहट - नेपाल सरकारबाट प्रदान हुने निःशुल्क औषधी पनि बाहिरबाट खरिद गराई सेवा ग्राहीलाई रौतहटको सरदुकाम गौर स्थित प्रादेशिक अस्पतालले वर्षो देखि ठग्दै गरेको तथ्य बाहिरिएको छ । प्रादेशिक अस्पताल गौरमा भएको कर्मचारी अभावलाई एक महिनाको लागि रौतहट जिल्ला अन्र्तगत यमुनामाई गाउँपालिकाले पुरा गरेको छ । प्रादेशिक अस्पतालका कर्मचारीहरु धमाधम सरुवा लिन थालेपछि अस्पतालमा जनशक्तिको ठुलो अभाव हुन थालेको हो । केहि दिन पहिला प्रादेशिक अस्पताल गौरका व्यवस्थापन समितिका अध्यक्ष अनवर हाश्मीले कम्तीमा १ महिनाको लागि स्टाफ पठाइ सहयोग गर्न अनुरोध गरेका थिए । सोही अनुरोधलाई कदर गर्दे यमुनामाई गाउँपालिका लगायत अन्य पालिकाहरुले सहयोग गरेका हुन् । आर्थिक बजेटको भागबन्डा नमिलेर एकपछि अर्को सरुवाको कारण भइरहेको अशंका छ । भनिन्छ, स्वास्थ्य नै धन हो र अस्पताललाई मन्दिर साथै स्वास्थ्यकर्मीलाई देवताको स्वरुप मानिने ...
भन्सार छलीकाे कुुखुरा राैतहट प्रहरीद्वारा नष्ट ( भिडियोसहित)

भन्सार छलीकाे कुुखुरा राैतहट प्रहरीद्वारा नष्ट ( भिडियोसहित)

banner-news, ताजा-अपडेट, मुख्य समाचार
राैतहट - साेमबार राैतहट प्रहरीले अवैध कुखुराहरु नष्ट गरेकाे छ ‌। भारतबाट अवैध रुपमा भन्सार छलेर ल्याएको १६ वटा कुखुरा जिल्ला प्रहरी कार्यालय राैतहटले नष्ट गरेकाे छ। प्रहरीका अनुसार साइकलमा कुखुरा लाेड गरी नेपाल तर्फ ल्याउदै गरेको उक्त कुखुराहरु प्रहरीले नियन्त्रणमा लिएको छ । राैतहटकाे सदरमुकाम गाैर नगरपालिका वार्ड नं १ बाट ४५ किलाे बारबारकाे १६ वटा कुखुरा जिल्ला प्रहरी कार्यालय राैतहटले बरामद गरी गाैर कार्यालयमा ल्याई नष्ट गरेको छ। भारतबाट ल्याएको कुखुरा दुषित भएको अनुमान पछि यस्ताे कठाेर कदम चालेकाे प्रहरीकाे भनाई छ। भन्सार‌ छली संगै प्रदुषित कुखुराबाट नयाँ बिरामीहरु पनि उत्पन्न हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै प्रहरीले कुखुरा नष्ट गरेकाे हाे ‌। साइकलमा कुखुरा लाेड गरेका चालक प्रहरीलाई देख्ने बित्तिकै भरार भएको जिल्ला प्रहरी कार्यालय राैतहटले जनाएको छ। भिडि...
‘फेरी भेटाैला कार्यक्रम’ प्रादेशिक अस्पताल गाैरमा सु-सम्पन्न

‘फेरी भेटाैला कार्यक्रम’ प्रादेशिक अस्पताल गाैरमा सु-सम्पन्न

banner-news, ताजा-अपडेट, मुख्य समाचार
राैतहट - प्रादेशिक अस्पताल गाैरद्वारा आयाेजित फेरी भेटाैला कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। आइतबार राैतहट जिल्लाकाे सदरमुकाम गाैर स्थित प्रादेशिक अस्पतालले आयाेजना गरेकाे फेरी भेटाैला कार्यक्रम सम्पन्न भएको हाे । प्रादेशिक अस्पतालमा कार्यरत ४ जनाकाे सरुवा भएपछि अस्पतालका व्यवस्थापन समितिले उक्त स्वास्थ्यकर्मीहरुलाई सम्मानस्वरुप बिदाई कार्यक्रमकाे आयाेजना गरिएको व्यवस्थापन समितिका अध्यक्ष अनवर हाशमीले बताउनुभयो। कार्यक्रममा मन्तव्य राख्दै बायाेमेडिकल टेक्निसियन प्रसन्सा चाैधरी भावुक हुँदै दुई वर्षकाे अनुभव जिन्दगीभरीका सम्झना भएर बस्ने बताइन् । कार्यक्रम आयाेजक र सम्पुर्ण अस्पताल टाेलीलाई धन्यवाद समेत ज्ञापन गरेकी थिइन् । बायाेमेडिकल टेक्निसियन प्रसन्सा चाैधरी , स्टाफ नर्स पिन्की साह, सहायक फर्मासिस्ट धिरेन्द्र प्रसाद गुप्ता, स्टाफ नर्स लक्ष्मी राेकायालाई फुलमाला, दाेसल...
समुदायमा मुख्य न्यायाधिबक्ता संवाद कार्यक्रम गाैरमा सम्पन्न

समुदायमा मुख्य न्यायाधिबक्ता संवाद कार्यक्रम गाैरमा सम्पन्न

ताजा-अपडेट, मुख्य समाचार
गाैर - रौतहटको सदरमुकाम गौरमा आज समुदायमा मुख्य न्यायधिबक्ता संवाद कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ।मधेस प्रदेशका मुख्य न्यायधिबक्ताको कार्यालय जनकपुरको आयोजना तथा मधेश प्रदेशका मुख्य न्यायधिबक्ता बिरेन्द्र कुमार ठाकुरको सभापतित्व र रौतहट जिल्ला अदालतका माननीय न्यायाधीश मात्रिका प्रसाद मरासिनीको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा रौतहटका कानुनी सहायता अधिकृत रतिश कान्त झाले उदघोषण गरेका थिए। कार्यक्रममा जिल्ला समन्वय समिति रौतहटका सभापति रामअयोध्या यादव, प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र, प्रहरी उपरीक्षक बिर बहादुर बुढा मगर, बार एसोसिएसन रौतहटका अध्यक्ष नन्द किशोर साह, जिल्ला न्यायधिबक्ता बद्री कुमार कार्की, बिभिन्न सरकारी कार्यालयका कार्यालय प्रमुखहरु, कानुन व्यवसायीहरु लगायत पत्रकार, बुद्धिजीवी सहित सैकडौकों सहभागितामा संवाद कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ। ...
इच्छाविपरीत रंग नदल्न जिल्लावासीलाई सिडिओ मिश्रकाे अनुराेध

इच्छाविपरीत रंग नदल्न जिल्लावासीलाई सिडिओ मिश्रकाे अनुराेध

banner-news, ताजा-अपडेट, मुख्य समाचार
राैतहट - नेपालीकाे मुख्य मध्ये एक पर्व हाेली पनि पर्दछ । हाेलीकाे समयमा इच्छाविपरीत कसैलाई जबर्जस्ती रंग नदल्न जिल्ला प्रशासन कार्यालय (जिप्रका) राैतहटले अनुराेध गरेकाे छ। हाेली पर्वमा आपसी सद्भाव कायम रहाेस् भनी जिल्ला प्रशासन कार्यालय राैतहटले रंगकाे पर्वाेत्सवमा शुभकामना दिएका छन् । हाेलीकाे बहानामा जबरजस्ती रंग दल्ने , हानिकारक बस्तु अथवा, रंगकाे प्रयाेग, प्लास्टिकजन्य लाेला प्रयाेग गर्ने ,बाटाे हिड्ने जाे काेही व्यक्तिलाई रंग लगाउने जस्ता कार्य नगर्न प्रमुख जिल्ला अधिकारीले शुक्रबार विज्ञप्ति मार्फत सम्पुर्ण जिल्लावासीलाई अनुराेध गरेका छन्। बिज्ञप्ति हेर्नुहोस्: ...
जिससकाे पाँचाै जिल्ला सभा सम्पन्न

जिससकाे पाँचाै जिल्ला सभा सम्पन्न

banner-news, ताजा-अपडेट, मुख्य समाचार
राैतहट - जिल्ला समन्वय समिति (जिसस) राैतहटको पाँचौ जिल्ला सभा सम्पन्न भएको छ । जिल्ला सभा जिसस राैतहटका प्रमुख रामअयाेध्या राय यादवको अध्यक्षता एवम् प्रदेश सांसद कृष्ण यादवकाे प्रमुख आतिथ्यतामा बिहिबार सम्पन्न भएको हो । फाइल फोटो सभाले जिल्ला समन्वय समितिको आगामी नीति कार्यक्रम तथा बजेट समेतकाे चर्चा गरेको थियो । जिल्ला सभाका अवसरमा राैतहटका १८ वटा स्थानीय तहमध्ये उत्कृष्ट काम गर्ने स्थानीय तहलाई सम्मान समेत गर्ने जिससका प्रमुख राम अयाेध्याले जानकारी दिनुभयाे । कार्यक्रममा गाैर नगरपालिकाका नगरप्रमुख शम्भु शाह, बाैधीमाई नगरपालिकाका नगरप्रमुख प्रदिप यादव साथै समितिका अन्य सदस्यहरूको सहभागिता रहेको थियो । तस्बिरहरु: प्रेम यादव ...
सवारी अनुमतिपत्रकाे सेवा उद्घाटन गर्न मुख्यमन्त्री यादव गाैरमा

सवारी अनुमतिपत्रकाे सेवा उद्घाटन गर्न मुख्यमन्त्री यादव गाैरमा

banner-news, ताजा-अपडेट, मुख्य समाचार
प्रेम यादव गाैर - सवारी चालक अनुमतिपत्र सेवा विस्तार सञ्चालन समुद्घाटन गर्न बिहिबार मधेश प्रदेशका मुख्यमन्त्री मान्निय सराेज कुमार यादव राैतहटकाे सदरमुकाम गाैर पुग्नु भएको छ। मधेश प्रदेशको मुख्यमन्त्री मा.सरोज कुमार यादवले रिवन काटी विधिवत रुपमा यातायात कार्यालय गौरमा सवारी चालक अनुमतिपत्र सेवाको उद्घाटन गरेका हुन् । आजबाट रौतहट जिल्लाका बासिन्दा सहित छिमेकी जिल्लाका सेवाग्राहीलाई समेत सवारी साधनको लाईसेन्स लिन सहज हुने भएको छ। यातायात व्यवस्था कार्यालय राैतहटमा बिलबुक नविकरण देखि सवारी अनुमति पत्र नवीकरण समेतकाे सेवा सञ्चालनमा आएको हो। राैतहटकाे गाैर नगरपालिकासँगै रहेकाे राजदेवी नगरपालिका वडा -२ स्थित हजािनियामा दरवार नजिक सन्धया एण्ड अभि ट्रायल एण्ड ड्राइभिङ्ग सेन्टर ट्रायल दिने व्यवस्थापन भएको यातायात कार्यालय राैतहटले जनाएको छ। राैतहट पहिलो पटक ट्रायल सेन्टरकाे उद्घाटन ह...
गाैरमा एक भारतीय नागरिक मृत अवस्थामा फेला

गाैरमा एक भारतीय नागरिक मृत अवस्थामा फेला

banner-news, ताजा-अपडेट, मुख्य समाचार
राैतहट - अधिक मदिरा सेवनबाट एक जनाकाे मृत्यु भएको छ । राैतहटकाे गाैर भन्सार कार्यालयकाे नजिक एक जना भारतीय नागरिक मृतक अवस्थामा शव फेला परेको छ। मृत्यु हुनेमा भारतकाे सितामढी जिल्ला स्थित बैरगिनिया-१९ डुमरवाना निवासी सुरज साह रहेकाे जिल्ला प्रहरी कार्यालय राैतहटले जनाएको छ। मृत्युकाे कारण स्पष्ट हुन सकेको छैन। तर स्थानीयका अनुसार मृतक भारतबाट गाैर पुगेर मंदिर सेवन गर्दै थियाे । अधिक मदिरा सेवनबाट मृत्यु भएको स्थानीयकाे भनाई छ। यता जिल्ला प्रहरी कार्यालय राैतहटले अधिकारीक पुष्टि नभएसम्म अझै मृत्युकाे कारण भन्न नमिल्ने बताउँछन्। ...
राैतहटबाट काठमाडौंका लागि छुटेकाे बसमा भेटियो लागुऔषध , २ जना पक्राउ

राैतहटबाट काठमाडौंका लागि छुटेकाे बसमा भेटियो लागुऔषध , २ जना पक्राउ

banner-news, ताजा-अपडेट, मुख्य समाचार
राैतहट - गएराति लागुऔषधसहित २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। राैतहट प्रहरीले शुक्रबार करिब ९ बजेकाे समयमा माैलापुर देखि काठमाडौंका लागि छुटेकाे यात्रु बसबाट‌ प्रतिबन्धित लागुऔषध सहित २ जनालाई नियन्त्रणमा लिएको हो। मौलापुरबाट काठमाण्डौ तर्फ जानको लागि रात्री बस जिल्ला रौतहट गौर नगरपालिका - ४ बसपार्क भित्र पुगेकाे थियो । गाैर बसपार्क पुगेको ना.८ ख-४७१८ नंम्बरको यात्रु वाहक शुसिल डिलक्स बसलाई चेकजाँच गर्दा बसबाट डाईजोपाम ५७५ थान ऐम्पुल,‌ फेनरागन ५ सय ७५ थान, नुरफिन ५ सय ७५ थान र नाईट्रोभेट ट्याबलेट ४ हजार ५ सय ५० पिस गरी कुल ६ हजार २ सय ७५ प्रतिबन्धित लागुऔषध फेला ‌परेकाे जिल्ला प्रहरी कार्यालय राैतहटका प्रवक्ता सुनिल मल्लले जानकारी दिनु भयाे । चेकजाँच गर्ने क्रममा उक्त लागुऔषध बसको डिकिमा चामलको बोरा भित्र राखिएको उनले बताउनुभयो । लागुऔषध फेला परेपछि जिल्ला रौतहट मौलापुर नगरपालिका- ६...
जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा मनोज निर्वाचित

जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा मनोज निर्वाचित

banner-news, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सच तक नेपाल डेस्क, ११ जेठ, धनुषा । जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार मनोजकुमार साह निर्वाचित हुनुभएको छ। सोमबार साँझ सकिएको मत गणना अनुसार साहले १३ हजार ४६५ मत ल्याएर मेयरमा विजयी हुनुभएको हो। दोस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार शिवशंकर साहले नौ हजार ५३२ मत प्राप्त गर्नुभयो । तेस्रो स्थानमा रहनुभएका लोकतान्त्रिक समाजवादी पार्टीका मनोज चौधरीले पाँच हजार ३६० मत प्राप्त गर्नुभयो । मेयर पदमा सत्तारुढ गठबन्धनको समर्थन पाउनुभएका जनता समाजवादी पार्टीका उम्मेदवार चौथो स्थानमा रहनुभयो। उहाँले पाँच हजार १९४ मत प्राप्त गर्नुभयो । उपमेयरमा निर्वाचित नेपाली कांग्रेसका किशोरी साहले १५ हजार ५२५ मत प्राप्त गर्नुभयो भने दोस्रो स्थानमा रहुनभएकी एमाले उम्मेदवार रुणादेवी झाले १० हजार ८८५ मत प्राप्त गर्नुभयो ।...