कारागारबाट बाहिर घुम्दै नाइके , अनुसन्धान थालियो
राैतहट । १५ वर्ष जेल चलान भएका व्यक्ति कारागारबाट बाहिर बजारमा घुम्दै गरेको खबर चर्चामा आएकाे छ। राैतहटकाे सदरमुकाम गाैर स्थित जिल्ला कारागार कार्यालयमा लागु औषध ब्राउन सुगर कारोबारमा १५ बर्ष जेल र ५ लाख जरिवाना सहित सजाय काटिरहेका व्यक्ति बाहिर घुमी रहेकाे दृश्यले पुनः प्रहरी माथि प्रश्न चिन्ह खडा गरेको छ। सजाय काटिरहेका बारा जिल्ला भटिनिया निवासी पवन कुमार यादव अहिले गौर कारागारको कैदी नाईके जेल भन्दा बाहिर कसरी पटक-पटक कारागारबाट खुल्याम बाहिर घुमि रहेका छन् भनेर सबैले समाजिक सञ्जालमा लेख्दैछन् ।गौर नगरपालिका भित्र महायज्ञमा पनि खुल्याम घुमिरहेका फोटो अहिले समाजिक संजालमा भाईरल बनेको छ । त्यस्तै होलीको दिन कुन नियम अनुसारलाई पाल्न गरेर जेल जीवन बिताइरहेका यादवले कारागारबाट बाहिर निस्केर आफ्नो घर बारा जिल्ला होली मनाउन गएको हो पनि खुलासा भएको हो । घर पुगेर पुनः जेल फर्किरहेको क्रममा र...