Wednesday, October 9
Shadow

Tag: gaur nepal

बाटाे नबनेर वर्षाैदेखि पिडा खेप्दै स्थानीय

बाटाे नबनेर वर्षाैदेखि पिडा खेप्दै स्थानीय

ताजा-अपडेट, मुख्य समाचार
गाैर - राैतहट जिल्लाकाे सदरमुकाम स्थित गाैर नगरपालिका-३ मा करिब १०० लामाे बाटाे वर्षाै देखि अलपत्र अवस्थामा रहेको छ । वर्षाै देखि बाटाे नबनेकाे कारण वडा नं ३ का स्थानीयबासी पिडित बनेका हुन् । सदरमुकाम गौरकाे मुख्य चाेक बिपिचाेक काे दक्षिण तर्फ अवस्थित करिब १०० मिटर बाटाे बर्षाै देखि अलपत्र अवस्थामा रहेको छ। अलपत्र अवस्थामा रहेको उक्त बाटाे र ढल समेतकाे निकास नभएको कारण त्यहाँका बासीहरु एक आपसमा झैझगडाकाे विवाद समेत खेप्नु परेकाे हाे । स्थानीय निकायले समेत चासाे नदिँदा स्थानीयहरु पिडित बनेका छन्। गौर नगरपालिका ३ स्थित चन्देश्वर राउतको घर अगाडि वर्षाै देखि दुबै तर्फबाट बाटो सडक मिचेर घर बनाएको कारण सडक सांगुरो भएर अबरुद्ध भएको छ । सांगुरो भएकाे कारण आवतजावत गर्ने सर्वसाधारणलाई समेत कठिनाइ भएको छ ‌। यसरी अबरुद्ध गरिएको सडक कहिले फराकिलो हुनेछ र यहाँको विवाद समाधान हुने भनेर बासिन्दाहरु चिन्...
फायर ब्रिगेड बिहिन राैतहट जिल्ला

फायर ब्रिगेड बिहिन राैतहट जिल्ला

banner-news, ताजा-अपडेट, मुख्य समाचार
राैतहट - १८ वटा पालिका भएकाे राैतहट जिल्ला वारुणयन्त्र बिहिन बनेकाे छ । राैतहटकाे गाैर नगरपालिकामा रहेकाे वारुणयन्त्र (फायर बिग्रेड) पनि मंगलवार राती दुर्घटनाग्रस्त भएको छ । गौर नपाको ना.१ ग. ७८८ नम्वरको बारुण यन्त्र गढवामा दुर्घटना हुँदा चालक करिम सहित पाँच जना घाईते भएका थिए। दुर्घटनाग्रस्त वारुणयन्त्र घाइतेहरुकाे उचित उपचारपछि सबैकाे स्वास्थ्य अवस्था सामान्य छन् । एउटै बाटाेकाे लागि कराेडाै खर्चिने पालिकाहरु एउटा वारुणयन्त्र खरिद गर्न नसकेकाे निकै दुखद हाे । १८ वटा पालिकामा चपुर मा एउटा वारुणयन्त्र भएपनि अन्य पालिका वारुणयन्त्र बिहिन बनेकाे छ ‌। केही पालिकाले वारुणयन्त्र खरिद गर्ने प्रतिबद्धता गरेपनि हालसम्म कुनै प्रक्रिया अघि सर्न सकेकाे छैन । जिल्ला समन्वय समितिका प्रमुख रामअयोध्या राय यादवका अनुसार सबै पालिका आफ्नै बजेट र समस्यामा भएपनि ठुलाे चुनौती भनेकाे वारुणयन्त्र हाे ‌...
गाैरबाट श्राेत नखुलेको नगदसहित दुई भारतीय पक्राउ

गाैरबाट श्राेत नखुलेको नगदसहित दुई भारतीय पक्राउ

banner-news, ताजा-अपडेट, मुख्य समाचार
राैतहट - जिल्लाकाे सदरमुकाम गाैरबाट श्राेत नखुलेको नगदसहित दुई जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेका छन् ।स्रोत नखुलेको भारतीय रुपैयाँसहित भारतको मोतीहारी गोपालपुर बल्हाचोकका ३५ वर्षीय आजात कुमार मालाकार र सोही स्थानका २२ वर्षीय संजिव कुमार तिवारीलाई प्रहरीले गौर नगरपालिका वडा नम्बर १ बाट हिरासतमा लिएको हाे । भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ०५ एएन १५९० नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई शंकास्पद अवस्थामा रोकी चेकजाँच गर्ने क्रममा ४ लाख ४९ हजार ५ सय भारतीय रुपैयाँसहित साेमबार बिहान दुवै जनालाई हिरासतमा लिएको प्रहरीले जनाएको छ ।उनीहरुको साथबाट बरामद भएको भारतीय रुपैयाँको स्रोत खुलाउन नसकेको कारण नियन्त्रणमा लिएको प्रहरीले बताएको छ । पक्राउ परेका उनी दुवै जनामाथि यसबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । ...
परिवारिक वातावरणकाे थ्रि स्टार रेष्टुरेन्ट आज सञ्चालन हुदै

परिवारिक वातावरणकाे थ्रि स्टार रेष्टुरेन्ट आज सञ्चालन हुदै

banner-news, अन्य, ताजा-अपडेट
राैतहट‌ - स्वादिष्ट भाेजन सबैलाई प्रिय हुन्छ । परिवारसँग भाेजन अथवा स्वादिष्ट खाजा खानुकाे मज्जा छुट्टै हुन्छ। स्वादिष्ट भाेजन र फरक स्वादसँगै जिल्लाकाे सदरमुकाम गाैर नगरपालिका स्थित भन्सार राेडमा एउटा नयाँ रेष्टुरेन्ट सञ्चालनमा आउँदैछ। आज बिहान ११ बजे देखि उद्घाटन हुदै। उद्घाटन कार्यक्रमका प्रमुख अतिथि गाैर नगरपालिकाका नगरप्रमुख शम्भु शाह पाल्नु हुनेछ। रेष्टुरेन्ट नयाँ तरिकाबाट सञ्चालन हुन लागेकाे रेष्टुरेन्टका सञ्चालक रुपेश यादवले बताउनुभयो। साथै सम्पुर्ण नगरवासीलाई आज (बुधबार) बिहान ११ बजे उपस्थितिका लागि अनुरोध गरेका छन् । ...
गाैरमा एक भारतीय नागरिक मृत अवस्थामा फेला

गाैरमा एक भारतीय नागरिक मृत अवस्थामा फेला

banner-news, ताजा-अपडेट, मुख्य समाचार
राैतहट - अधिक मदिरा सेवनबाट एक जनाकाे मृत्यु भएको छ । राैतहटकाे गाैर भन्सार कार्यालयकाे नजिक एक जना भारतीय नागरिक मृतक अवस्थामा शव फेला परेको छ। मृत्यु हुनेमा भारतकाे सितामढी जिल्ला स्थित बैरगिनिया-१९ डुमरवाना निवासी सुरज साह रहेकाे जिल्ला प्रहरी कार्यालय राैतहटले जनाएको छ। मृत्युकाे कारण स्पष्ट हुन सकेको छैन। तर स्थानीयका अनुसार मृतक भारतबाट गाैर पुगेर मंदिर सेवन गर्दै थियाे । अधिक मदिरा सेवनबाट मृत्यु भएको स्थानीयकाे भनाई छ। यता जिल्ला प्रहरी कार्यालय राैतहटले अधिकारीक पुष्टि नभएसम्म अझै मृत्युकाे कारण भन्न नमिल्ने बताउँछन्। ...
राैतहट प्रहरीद्वारा पर्चा पम्लेट हटाईयाे

राैतहट प्रहरीद्वारा पर्चा पम्लेट हटाईयाे

banner-news, ताजा-अपडेट, मुख्य समाचार
राैतहट - निर्वाचन आचारसंहिता बिपरित टासिएका पर्चा पम्लेटहरु राैतहट प्रहरीले मंगलबार हटाएकाे छ । जिल्ला निर्वाचन अचार संहिता अनुगमन समितिको निर्देशनमा मंगलबार ति पम्लेटहरु हटाइएकाे हाे । जिल्लामा निर्वाचन आचारसंहिताको पालना गराउने उदेश्यले जिल्ला प्रहरी कार्यालय र मातहत प्रहरी ईकाईहरुबाट आ-आफ्नो वडा एरियामा खटीएको प्रहरी टोलीले सार्वजनिक स्थान, उद्यान, सार्वजनिक सडकका पोल तथा सार्वजनिक स्थानमा रहेका दलका झण्डा, दल/ उम्मेदवारको निर्वाचन चिन्ह, ब्यानर र पोस्टरहरुलाई हटाईएको प्रहरीले जनाएको छ। ...
पुर्वप्रधानमन्त्री तथा  नेकपा एसका अध्यक्ष नेपालद्वारा नि:शुल्क स्वास्थ्य शिविरकाे उद्घाटन

पुर्वप्रधानमन्त्री तथा नेकपा एसका अध्यक्ष नेपालद्वारा नि:शुल्क स्वास्थ्य शिविरकाे उद्घाटन

ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल डेस्क,२४ भाद्र, राैतहट । बृहत नि: शुल्क विशेषज्ञ स्वास्थ्य शिविरकाे उद्घाटन गर्न पुर्वप्रधानमन्त्री एवंम नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव नेपाल राैतहटकाे गाैर पुगेका छन्।एकिकृत सरकारी कर्मचारी संगठन, नेपालले आयाेजना गरेकाे नि:शुल्क शिविरकाे उद्घाटनमा गर्न उनी राैतहटकाे गाैर स्थित दाल मिलमा पुगेका थिए। आजबाट शुरु भएको शिविर आइतबारसम्म हुने बताइएको छ। उक्त शिविरमा प्रमुख कन्सल्टेन्ट सर्जन डा. इन्द्र कुमार झा, न्यूराेमेडिसिन डा. अविनाश कुमार झा, कार्डियाेलाेजिष्ट डा. सतिश सिंह, एसाेसेट प्राेफेसर कन्सल्टेन्ट डा. पशुपति बाबु पाेखरेल र डेन्टल डा. गरिमा खड्का लगायतका अन्य विशेषज्ञय चिकित्सकहरु टाेली पुगेका छन्। गाैर नगरपालिका, राजदेवी नगरपालिका, बृन्दावन नगरपालिका ,बाैद्धिमाई नगरपालिका र प्रादेशिक अस्पताल गाैरकाे सहयोगमा शुक्रबार देखि शिविर सञ्चालनमा आएकाे हाे ‌। उक्त कार्यक्रममा ...
पुरेनवा दरवार : तत्कालिन राना शासनको प्रत्यक्ष चिनारी

पुरेनवा दरवार : तत्कालिन राना शासनको प्रत्यक्ष चिनारी

banner-news, ताजा-अपडेट, विचार
धर्मेन्द्र कुमार साह, पुरेनवा दरवार अहिलेको गौर नगरपालिकामा पर्छ । गौर नगरपालिका वार्ड नम्बर ८ पुरेनावामा बनाइएकोले पनि त्यसलाई पुरेनावा दरवारको रुपमा चिनिन्छ । बिक्रम संवत .१९८१ मा निर्माण गरिएको पुरेनावा दरवार माओवादी जनयुद्ध चरममा पुगे देखि हाल नेपालि सेनाको नियन्त्रणमा रहेको छ । तत्कालिन समयमा सो दरवार निर्माणको लागि भारतीय शहर सितामढिबाट मिस्त्री तथा कालिगढहरुलाई बोलाइएको थियो । दरवारमा लागेका सामाग्रीहरु फ्रान्स,जापान तथा बेलायतका बिभिन्न शहरबाट ल्याइएका थिए । सो दरवार निकैनै कलात्मक र भब्य रुपमा बनाइएको छ । पुरेनावा दरवार तत्कालिन राणा तुङ्ग शम्सेर र तिनका परिवारको लागी निर्माण गरिएको थियो । तुङ्ग शम्सेर राणा खंग शम्सेर राणाका छोरा हुन् । खंग शमसेरलाई पाल्पा दरवारको राजा समेत मानिन्छ । दरवार बन्दा सम्म राणाहरु सो ठाउबाट करिब २ किलोमिटर उत्तर हजमिनियामा बस्ने गरेका थिए । सो...
जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा मनोज निर्वाचित

जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा मनोज निर्वाचित

banner-news, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सच तक नेपाल डेस्क, ११ जेठ, धनुषा । जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार मनोजकुमार साह निर्वाचित हुनुभएको छ। सोमबार साँझ सकिएको मत गणना अनुसार साहले १३ हजार ४६५ मत ल्याएर मेयरमा विजयी हुनुभएको हो। दोस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार शिवशंकर साहले नौ हजार ५३२ मत प्राप्त गर्नुभयो । तेस्रो स्थानमा रहनुभएका लोकतान्त्रिक समाजवादी पार्टीका मनोज चौधरीले पाँच हजार ३६० मत प्राप्त गर्नुभयो । मेयर पदमा सत्तारुढ गठबन्धनको समर्थन पाउनुभएका जनता समाजवादी पार्टीका उम्मेदवार चौथो स्थानमा रहनुभयो। उहाँले पाँच हजार १९४ मत प्राप्त गर्नुभयो । उपमेयरमा निर्वाचित नेपाली कांग्रेसका किशोरी साहले १५ हजार ५२५ मत प्राप्त गर्नुभयो भने दोस्रो स्थानमा रहुनभएकी एमाले उम्मेदवार रुणादेवी झाले १० हजार ८८५ मत प्राप्त गर्नुभयो ।...
विवेकशील पार्टीका अध्यक्ष मिश्रले दिए राजीनामा

विवेकशील पार्टीका अध्यक्ष मिश्रले दिए राजीनामा

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सच तक नेपाल डेस्क, ११ जेठ, रौतहट । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पदबाट राजीनामा दिएका छन् । स्थानीय तह निर्वाचनमा पार्टीको निराशाजनक परिणाम आएको भन्दै मिश्रले अध्यक्ष पदबाट राजीनामा दिएका हुन । मिश्रले बुधबार प्रेस वक्तव्य जारी गर्दै चुनावी परिणामको जिम्मेवारी लिंदै राजीनामा दिएको उल्लेख गरेका छन् । गत ५ वर्षदेखि आफूले तन, मन र धनले भ्याएसम्म संयोजक र अध्यक्षका रूपमा निस्वार्थ र इमानदार प्रयास गरेको भन्दै मिश्रले उल्लेख गरेका छन्, ‘निर्वाचनमा जस्तो परिणाम आयो त्यसको सम्पूर्ण जिम्मेवारी लिँदै पार्टी अध्यक्षको पदबाट नैतिकताको आधारमा आजकै मितिबाट राजीनामा दिएको जानकारी गराउन चाहन्छु। म पार्टीको साधारण सदस्य रहिरहने छु,’ मिश्रले वक्तव्यमा उल्लेख गरेका छन् ।...