Tuesday, June 18
Shadow

Tag: gas blast

पाकिस्तानमा ग्यास बिस्फोट, ४ बालबालिकाकाे मृत्यु

पाकिस्तानमा ग्यास बिस्फोट, ४ बालबालिकाकाे मृत्यु

अन्तर्राष्ट्रिय, ताजा-अपडेट
इस्लामावाद - पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको क्वेटा सहरमा बुधबार एउटा घरमा ग्यास चुहावटका कारण भएको विस्फोटमा परी चार बालबालिकाको मृत्यु भएको छ । सो घटनामा परी दुई महिला घाइते भएका छन् ।परिवारका एक सदस्यले कोठामा लिक भएको ग्यास जम्मा भएको थाहै नपाई हीटर बाल्ने प्रयास गर्दा घटना भएको जनाइएको छ । घटनामा घर आंशिक रुपमा भत्किएको र ठूलो आगो निस्कियो जसको कारण बच्चाहरू र महिलाहरू गम्भीर रूपमा जलेका थिए । उद्दार टोलीहरूद्वारा घाइतेहरुलाई नजिकैको अस्पतालमा लगिएको जनाइएको छ ।घाइते बालबालिकाको मृत्यु भएको छ भने गम्भीर घाइते महिलाको अस्पतालमा उपचार भइरहेको जनाएको छ । क्वेटामा हाल चरम शीतलहर जारी रहेको छ । क्वेटामा हाल रात र बिहानको समयमा माइनस तीन डिग्री सेल्सियसमा झर्ने गरेको जनाइएको छ । ...