Monday, June 24
Shadow

Tag: garuda

गरुडामा करेन्ट लागेर एक जनाको मृत्यु

गरुडामा करेन्ट लागेर एक जनाको मृत्यु

banner-news, ताजा-अपडेट, मुख्य समाचार
राैतहट - करेन्ट लागेर रौतहटको गरुडामा एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा गरुडा नगरपालिका वडा नम्बर ७ दोस्तीयाँ पिपरियाका ३० वर्षीय राम तिलक पटेल रहेको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरीक्षक वरुण सिंहले जनाएको छ । प्रहरीका अनुसार तरहरी खाेलामा माछा मार्ने क्रममा शुक्रबार करिब साँझ ४:३० बजेतिर पटेल करेन्ट लागेर गम्भीर घाइते भएका थियो ।गम्भीर घाइते भएको उनलाई तत्कालै घटनास्थलबाट उद्धार गरि उपचारको लागि गरुडा ४ स्थित हेल्थ ल्यान्ड होस्पिटलमा ल्याएपनि चिकित्सकले उनलाई मृत घोषणा गरेको थियो ।मृत्यु पछि पोष्टमार्टमका लागि मृतकको शव जिल्ला प्रादेशिक अस्पताल गौर पठाइएको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।हाल घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । ...