
चन्द्रपुरमा व्यापक राहत वितरण सम्पन्न
प्रेम यादव,
२८ जेठ, रौतहट । आज रौतहटको चन्द्रपुरमा व्यापक राहत वितरण कार्यक्रम विधिगतरुपले सम्पन्न भएको छ ।टेवा नेपालको आर्थिक सहयोगमा चन्द्रपुर नगरपालिका वडा ४ मा खाधान्न समाग्री वितरण भएको छ । आजको राहत वितरण कार्यक्रम महिला सुरक्षा दवाव समुहले आयोजना गरेका थिए ।
कोभिड–१९ को सन्दर्भमा सामुदायिक जालो र नारीवादी आन्दोलनको सृदृढीकरण अन्र्तगत व्यापक राहत वितरण गरिएको हो । टेवा को आर्थिक सहयोग र महिला सुरक्षा दवाव समूह चन्द्रपुर ४ रौतहटको संयोजकत्वमा चन्द्रपुर नगरपालिकाको विभिन्न वडाहरुका दलित, अपाङ्ग, गरिब, जनजाति, एकल महिला, गर्भवती, हिंसा पीडित, दिर्घरोगी गरी जम्मा २३ जनालाई खाधान्न, भाडाँकुडी, मोबाइल सेट, ग्याँस चुल्ला, बीउविजनहरु वितरण गरिएको हो ।
“दलित, अपाङ्ग, गरिब, जनजाति, एकल महिला, गर्भवती, हिंसा पीडित, दिर्घरोगीले व्योह्र्नु पर्ने समस्यहरुलाई पूर्ण गरेर टेवा नेपाल र ...