Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wp-statistics domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/sachtakn/public_html/wp-includes/functions.php on line 6114

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the denra-wp-dt domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/sachtakn/public_html/wp-includes/functions.php on line 6114

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the advanced-ads domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/sachtakn/public_html/wp-includes/functions.php on line 6114
galaxy tv | Sach Tak Nepal
Monday, February 17
Shadow

Tag: galaxy tv

जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा मनोज निर्वाचित

जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा मनोज निर्वाचित

banner-news, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सच तक नेपाल डेस्क, ११ जेठ, धनुषा । जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार मनोजकुमार साह निर्वाचित हुनुभएको छ। सोमबार साँझ सकिएको मत गणना अनुसार साहले १३ हजार ४६५ मत ल्याएर मेयरमा विजयी हुनुभएको हो। दोस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार शिवशंकर साहले नौ हजार ५३२ मत प्राप्त गर्नुभयो । तेस्रो स्थानमा रहनुभएका लोकतान्त्रिक समाजवादी पार्टीका मनोज चौधरीले पाँच हजार ३६० मत प्राप्त गर्नुभयो । मेयर पदमा सत्तारुढ गठबन्धनको समर्थन पाउनुभएका जनता समाजवादी पार्टीका उम्मेदवार चौथो स्थानमा रहनुभयो। उहाँले पाँच हजार १९४ मत प्राप्त गर्नुभयो । उपमेयरमा निर्वाचित नेपाली कांग्रेसका किशोरी साहले १५ हजार ५२५ मत प्राप्त गर्नुभयो भने दोस्रो स्थानमा रहुनभएकी एमाले उम्मेदवार रुणादेवी झाले १० हजार ८८५ मत प्राप्त गर्नुभयो ।...
विवेकशील पार्टीका अध्यक्ष मिश्रले दिए राजीनामा

विवेकशील पार्टीका अध्यक्ष मिश्रले दिए राजीनामा

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सच तक नेपाल डेस्क, ११ जेठ, रौतहट । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पदबाट राजीनामा दिएका छन् । स्थानीय तह निर्वाचनमा पार्टीको निराशाजनक परिणाम आएको भन्दै मिश्रले अध्यक्ष पदबाट राजीनामा दिएका हुन । मिश्रले बुधबार प्रेस वक्तव्य जारी गर्दै चुनावी परिणामको जिम्मेवारी लिंदै राजीनामा दिएको उल्लेख गरेका छन् । गत ५ वर्षदेखि आफूले तन, मन र धनले भ्याएसम्म संयोजक र अध्यक्षका रूपमा निस्वार्थ र इमानदार प्रयास गरेको भन्दै मिश्रले उल्लेख गरेका छन्, ‘निर्वाचनमा जस्तो परिणाम आयो त्यसको सम्पूर्ण जिम्मेवारी लिँदै पार्टी अध्यक्षको पदबाट नैतिकताको आधारमा आजकै मितिबाट राजीनामा दिएको जानकारी गराउन चाहन्छु। म पार्टीको साधारण सदस्य रहिरहने छु,’ मिश्रले वक्तव्यमा उल्लेख गरेका छन् ।...
असोज २८ देखि नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुने

असोज २८ देखि नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुने

खेलकुद, ताजा-अपडेट
सच तक नेपाल डेस्क, १० जेठ, रौतहट । यही जेठमा हुने भनिएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आउँदो असोज २८ गतेदेखि हुने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले नवौँ राष्ट्रिय खेलकुद गण्डकी प्रदेशमा असोज २८ देखि कात्तिक ३ गतेसम्म गर्ने निर्णय गरेको हो । युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले भने, “बजेट कार्यान्वयनको सवालमा सार्वजनिक खरिद ऐनलाई टेकेर गर्ने कुरा भयो । हामीले १३औँ सागमा जस्तै फास्ट ट्रयाकमा काम गर्ने योजना बनाएका थियौँ । तर, विविध कारणले त्यस्तो नहुने भएकाले हामीले प्रतियोगिताको मिति सार्नुपरेको हो ।” यसअघि, यही जेठ २२ गतेदेखि २८ गतेसम्म उक्त खेलकुद गर्ने निर्णय गरिएको थियो ।...
रौतहटका १५ पालिकाको मत गणना सार्वजनिक

रौतहटका १५ पालिकाको मत गणना सार्वजनिक

banner-news, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
प्रेम यादव १० जेठ, रौतहट । स्थानिय तहको निर्वाचनमा रौतहटका १८ पालिका मध्ये १५ पालिकाको मत सार्वजनिक भएको छ । त्यस्तै बाँकी ३ पालिकाको अझै मत गणना जारी नै रहेको छ । वैशाख ३० गते भएको स्थानिय निर्वाचनमा ६ पालिकाको ११ स्थानमा २४ वटा मतदान केन्द्र रद्द भएको थियो । जसपछि पुनः ४ गते बाँकी पालिकाको मतदान भएको थियो । मत सार्वजनिक भएको मध्ये नेपाली काँग्रेसको अग्रता देखिएको छ । नेपाली काँग्रेसबाट उम्मेदवारी दिएका ५ नगरप्रमुख पदमा विजयी भएका छन् । राजपुर नगरपालिका, चन्द्रपुर नगरपालिका, परोहा नगरपालिका, कटहरिया नगरपालिका र माधवनारायण नगरपालिकाको नगरप्रमुखका रुपमा कांग्रेसका उम्मेदवार निर्वाचित भएका हुन् । त्यस्तै १५ वटा पालिका मध्ये नेकपा एकीकृत समाजवादीका नगरप्रमुख पदमा उम्मेदवारी दिएका ४ जना विजयी भएका छन् । गौर नगरपालिका, राजदेवी नगरपालिका, बौधीमाई नगरपालिका र वृन्दावन नगरपालिकामा समाजवा...
सोमबारबाट लाइसेन्सको नयाँ आवेदन खुल्दै

सोमबारबाट लाइसेन्सको नयाँ आवेदन खुल्दै

ताजा-अपडेट, मुख्य समाचार, सूचना / प्रविधि
सच तक नेपाल डेस्क, ९ जेठ, रौतहट । यातायात विभागले सोमवारबाट सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को नयाँ आवेदन खुलाउने भएको छ । विभागले ४ जेठबाट नै लाइसेन्सको आवेदन खुला गरी १५ दिनमा नै सेवाग्राहीले कार्यालयमा सम्पर्क गर्न सक्ने गरी तयारी गरेको दाबी गरेको थियो । तर प्राविधिक समस्याले गर्दा ढिला हुन गए पनि सोमबारबाट नै खुला गर्ने गरी विभागले तयारी गरिरहेको विभागका महानिर्देशक नमराज घिमिरेले बताउनुभयो । प्राविधिक रुपमा समस्या हुँदा तोकिएको समयमा सवारीचालक अनुमतिपत्र ९लाइसेन्स० को नयाँ आवेदन खुलाउन कठिन भएको यातायात व्यवस्था विभागले बताएको छ। पुरानो इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स सवारीसाधन दर्ता प्रणाली र नयाँ अनलाइन ड्राइभिङ लाइसेन्स दर्ता, स्मार्ट कार्ड प्रणालीलाई एकीकृत गर्न प्राविधिक समस्या पर्दा नयाँ आवेदन खुलाउन ढिला भएको महानिर्देशक घिमिरेले जानकारी दिनुभयो । यातायात व्यवस्था विभा...