Tuesday, January 21
Shadow

Tag: foundation

जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा मनोज निर्वाचित

जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा मनोज निर्वाचित

banner-news, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सच तक नेपाल डेस्क, ११ जेठ, धनुषा । जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार मनोजकुमार साह निर्वाचित हुनुभएको छ। सोमबार साँझ सकिएको मत गणना अनुसार साहले १३ हजार ४६५ मत ल्याएर मेयरमा विजयी हुनुभएको हो। दोस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार शिवशंकर साहले नौ हजार ५३२ मत प्राप्त गर्नुभयो । तेस्रो स्थानमा रहनुभएका लोकतान्त्रिक समाजवादी पार्टीका मनोज चौधरीले पाँच हजार ३६० मत प्राप्त गर्नुभयो । मेयर पदमा सत्तारुढ गठबन्धनको समर्थन पाउनुभएका जनता समाजवादी पार्टीका उम्मेदवार चौथो स्थानमा रहनुभयो। उहाँले पाँच हजार १९४ मत प्राप्त गर्नुभयो । उपमेयरमा निर्वाचित नेपाली कांग्रेसका किशोरी साहले १५ हजार ५२५ मत प्राप्त गर्नुभयो भने दोस्रो स्थानमा रहुनभएकी एमाले उम्मेदवार रुणादेवी झाले १० हजार ८८५ मत प्राप्त गर्नुभयो ।...
असोज २८ देखि नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुने

असोज २८ देखि नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुने

खेलकुद, ताजा-अपडेट
सच तक नेपाल डेस्क, १० जेठ, रौतहट । यही जेठमा हुने भनिएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आउँदो असोज २८ गतेदेखि हुने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले नवौँ राष्ट्रिय खेलकुद गण्डकी प्रदेशमा असोज २८ देखि कात्तिक ३ गतेसम्म गर्ने निर्णय गरेको हो । युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले भने, “बजेट कार्यान्वयनको सवालमा सार्वजनिक खरिद ऐनलाई टेकेर गर्ने कुरा भयो । हामीले १३औँ सागमा जस्तै फास्ट ट्रयाकमा काम गर्ने योजना बनाएका थियौँ । तर, विविध कारणले त्यस्तो नहुने भएकाले हामीले प्रतियोगिताको मिति सार्नुपरेको हो ।” यसअघि, यही जेठ २२ गतेदेखि २८ गतेसम्म उक्त खेलकुद गर्ने निर्णय गरिएको थियो ।...
इन्धन खपत कम गर्न आज देखि सातामा दुई दिन बिदा

इन्धन खपत कम गर्न आज देखि सातामा दुई दिन बिदा

banner-news, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सच तक नेपाल न्यूज डेस्क, १ जेठ, रौतहट । सरकारले आजदेखि सातामा दुई दिन बिदा लागू गरेको छ । केहि दिन पहिलालाई जानकारी गराइएको नियम आजबाट कार्यवयनमा आएको छ । परीक्षणका रूपमा सुरु गरिएको साताको दुई दिन बिदा आजदेखि लागू हुनेछ । सातामा शनिबार र आइतबार बिदा हुने भए पनि अन्य दिनको कार्यालय समय भने बिहार ९ः३० बजेदेखि अपराह्न ५ः३० बजेसम्म हुने सूचना नेपाल राजपत्रमा प्रकाशित भइसकेको छ । छोटो दिन हुने कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म भने ९ः३० बजेदेखि अपराह्न ४ः३० बजेसम्म रहने जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य अधिक मात्रा बढ्न थालेपछि नेपालमा पनि त्यसको प्रत्यक्ष प्रभाव परेकोले इन्धन खपत घटाउने विकल्पका रूपमा सरकारले सातामा दुई दिन बिदा दिने निर्णय गरेको हो । निर्वाचन लगत्तै बढ्यो पेट्रोलियम पदार्थको मूल्य स्थानीय तहको चुनावलगत्तै सरकारले पेट्रोलियम पदार्थको म...
ईदको अवसरमा चामल तथा कपडा वितरण

ईदको अवसरमा चामल तथा कपडा वितरण

banner-news, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल डेस्क, २४ वैशाख, रौतहट । रौतहटको परोहा नगरपालिकामा कोबा डेभलपमेन्ट फाउन्डेसनद्धारा गरिब परिवारलाई चामल तथा बालबालिकालाई कपडा वितरण गरिएको छ । मुस्लिम समुदायको महान पर्व ईदको अवसर ३०० गरिब परिवारलाई चामल वितरण गरिएको थियो । त्यस्तै, २ वर्ष देखि १२ वर्षका २५० बालबालिकालाई कपडा वितरण गरिएको फाउन्डेसनका अध्यक्ष वासिम अख्तर (रेयाजी) ले जनाकारी दिए । “हामीले एउटा सानो प्रयास मात्र गरेका छौँ” फाउन्डेसनका अध्यक्ष अख्तरले भने । सबैको घरमा खुशी ल्याउन हामीले सो वितरण गरेको उनले बताए । परोहा नगरपालिका वडा नं.२ जिगाडवा टोलमा सो वितरण भएको उनले बताए । चामल र कपडा पाएपछि स्थानिय हर्सित भए । बितरणको लागि फाउन्डेसन लगायत वासिम अख्तरलाई पनि स्थानियहरुले धन्यवाद ज्ञापन गरेका थिए ।  ...