Tuesday, June 18
Shadow

Tag: flight accident

६८ जना यात्रु सवार यति एयरलाइन्सको विमान दुर्घटनाग्रस्त

६८ जना यात्रु सवार यति एयरलाइन्सको विमान दुर्घटनाग्रस्त

banner-news, ताजा-अपडेट, मुख्य समाचार
पाेखरा - काठमाडौंबाट पाेखराका लागि उडेकाे यति एयरलाइन्सको विमान अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा हालसम्म ३५ जनाकाे शव फेला परेको प्रहरीले जनाएको छ। थप उद्घार कार्य भइरहेको प्रहरीले जनाएको छ। आइतबार बिहान १०:३२ बजे उडेकाे ९ एन एएनसी, एटिआर ७२-५०० नम्बर यति एयरलाइन्सको विमान अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ। विमानमा चालक दलका ४ सदस्यसहित ६८ यात्रु सवार थिए। जसमध्ये ३७ जना पुरुष,२५ जना महिला , ३ जना बच्चा र ३ जना शिशु सवार थिए। सवार यात्रु मध्ये ५३ जना नेपाली, ५ जना भारतीय, ४ जना रसियन,२ जना काेरियन, १ जना अर्जेन्टेनी,१ जना अष्ट्रेलियन, १ जना आइरिस र १ जना फ्रान्सेली रहेको यति एयरलाइन्सले जनाएको छ। दुर्घटना अघि विमान अन्तिम पटक पाेखरा अन्तर्राष्ट्रिय विमानस्थलकाे टावरसँग १०:५० मा सेति खाेंच भन्ने स्थानमा सम्पर्क रहेको यति एयरलाइन्सका प्रवक...