Sunday, June 23
Shadow

Tag: Fifa WorldCup

३६ वर्षपछि अर्जेन्टिनालाई पुनः तेस्रो विश्वकप उपाधि

३६ वर्षपछि अर्जेन्टिनालाई पुनः तेस्रो विश्वकप उपाधि

खेलकुद, ताजा-अपडेट
४ पुस - लियोनल मेसीको प्रेरणादायी प्रदर्शनप्रेरित अर्जेन्टिनाले आइतबार राति सम्पन्न नाटकीय फाइनल खेलमा साविक विजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गर्दै तेस्रोपटक विश्वकपको उपाधि जित्न सफल भएको छ ।अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकपको उपाधि जितेको हो । पछिल्लोपटक अर्जेन्टिनाले सन् १९८६ मा विश्वकपको उपाधि जितेको थियो । अर्जेन्टिनाले मेक्सिकोमा सम्पन्न १९८६ को विश्वकपमा पहिलोपटक उपाधि जितेको थियो ।आइतबार राति कतारको लुसैल रंगशालामा सम्पन्न फाइनलको निर्धारित ९० मिनेटको समय २–२ को बराबरीमा सकिएपछि खेल थप समयमा धकेलिएको थियो । थप समयमा दुवै टिमले १–१ गोल गरेपछि खेल पेनाल्टी समयमा धकेलिएको थियो ।फ्रान्सका काइलियन एमबाप्पेले ह्याट्रिक गरेपनि अर्जेन्टिनाको जितलाई रोक्न सकेनन् । एमबाप्पे सन् १९६६ पछि विश्वकपको फाइनल ह्याट्रिक गर्ने पहिलो खेलाडी बने । १९६६ को विश्वकपमा इङ्ल्यान्डका जिओफ हर...