Tuesday, June 18
Shadow

Tag: fake currency

४ लाख भन्दाबढी नक्कली नोटसहित २ जना पक्राउ

४ लाख भन्दाबढी नक्कली नोटसहित २ जना पक्राउ

ताजा-अपडेट, मुख्य समाचार
सिरहा - सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्युरोले चार लाख ३५ हजार नेपाली नक्कली रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ । सिरहाको लाहान नगरपालिका वडा नम्बर ८ स्थित पशुपति माध्यमिक विद्यालय नजिकको रोडबाट शनिवार साँझ उनीहरुलाई नियन्त्रणमा लिइएको हो।नक्कली नोटसहित नियन्त्रणमा लिइएकाहरुमा सिरहाको लाहान नगरपालिका वडा नम्बर १९ स्थायी घर भएका ३० वर्षीय मोहम्मद ओसिन र सोही नगरपालिका वडा नम्बर १० स्थायी घर भएका २२ वर्षीय मोहम्मद राज शेख रहेका छन्।विशेष सूचनाको आधारमा नियन्त्रणमा लिइएका उनीहरुको साथबाट ४३५ थान एक हजार दरका नक्कली नोट, नोट बनाउन प्रयोग गरिने कागजको बण्डल, दुई थान मोबाइल सेट, ७ थान सिमकार्ड तथा एक हजार ५५ रुपैयाँ समेत बरामद भएको छ। उनीहरुलाई बरामद सामानसहित आवश्यक कारबाहीको लागि ईलाका प्रहरी कार्यालय लाहानमा बुझाइएको छ। ...
गाैरबाट श्राेत नखुलेको नगदसहित दुई भारतीय पक्राउ

गाैरबाट श्राेत नखुलेको नगदसहित दुई भारतीय पक्राउ

banner-news, ताजा-अपडेट, मुख्य समाचार
राैतहट - जिल्लाकाे सदरमुकाम गाैरबाट श्राेत नखुलेको नगदसहित दुई जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेका छन् ।स्रोत नखुलेको भारतीय रुपैयाँसहित भारतको मोतीहारी गोपालपुर बल्हाचोकका ३५ वर्षीय आजात कुमार मालाकार र सोही स्थानका २२ वर्षीय संजिव कुमार तिवारीलाई प्रहरीले गौर नगरपालिका वडा नम्बर १ बाट हिरासतमा लिएको हाे । भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ०५ एएन १५९० नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई शंकास्पद अवस्थामा रोकी चेकजाँच गर्ने क्रममा ४ लाख ४९ हजार ५ सय भारतीय रुपैयाँसहित साेमबार बिहान दुवै जनालाई हिरासतमा लिएको प्रहरीले जनाएको छ ।उनीहरुको साथबाट बरामद भएको भारतीय रुपैयाँको स्रोत खुलाउन नसकेको कारण नियन्त्रणमा लिएको प्रहरीले बताएको छ । पक्राउ परेका उनी दुवै जनामाथि यसबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । ...
चुनाबको मुखमा राैतहटमा जाली नोटको चलखेल, २ राउण्ड हवाई फायर : कटुवा पेस्तोल सहित ६ जना प्रहरीफन्दामा 

चुनाबको मुखमा राैतहटमा जाली नोटको चलखेल, २ राउण्ड हवाई फायर : कटुवा पेस्तोल सहित ६ जना प्रहरीफन्दामा 

banner-news, ताजा-अपडेट, मुख्य समाचार
प्रेम यादव रौतहट । जिल्लाको मौलापुर नगरपालिकाकाे एक ठाउँमा जाली नोटको कारोबार गर्दै आएका केही व्यक्तिहरु कटुवा पेस्तोलसहित पक्राउ परेका छन् । पक्राउ गर्ने क्रममा प्रहरीले आत्मा रक्षाको लागि २ राउन्ड हवाई फायर समेत गरेको हाे । प्रहरीलाई बिहीबार करिब ६ बजेको समयमा मौलापुरको एक ठाउँमा जाली नोटको कारोबार भइरहेको खबर प्राप्त भयो । जानकारी प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मौलापुरको प्रहरी माैलापुर नगरपालिका स्थित सोनरनिया मा पुग्यो । प्रहरी त्यहाँ पुग्दाँ रु १००० को दरले ८७ थान हजारको जाली नोट बरामद गर्यो । साथै घटनास्थलमै भएका ६ जनालाई प्रहरीले भन्दामा पार्यो । प्रहरी टोलीले बारा जिल्लाको आदर्श कोतवाल गा.पा ६ बस्ने २५ बर्षीय को सोनु भन्ने आनन्द कुश्वाहा, ४५ वर्षीय की प्रतिमा देवी कुश्वाहा , बर्ष २२ की अमृता कुमारी , १९ को बृज किशोर मुखिया , रौतहट मौलापुर न.पा ७ बस्ने अं. बर्ष २३ को रा...
राैतहटमा ८७ हजार नक्कली रुपैयाँ सहित ६ जना प्रहरी नियन्त्रणमा

राैतहटमा ८७ हजार नक्कली रुपैयाँ सहित ६ जना प्रहरी नियन्त्रणमा

banner-news, ताजा-अपडेट, मुख्य समाचार
राैतहट - प्रहरीले रौतहटबाट नक्कली नेपाली रुपैयाँसहित ६ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका व्यक्तिहरुको साथबाट ८७ हजार नक्कली नेपाली रूपैयाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी सुनिल मल्लले सचतक नेपालसँग कुराकानी गर्दै जानकारी दिए । बरामद नोट एक हजार दरका छन् । आरोपीहरु मौलापुर नगरपालिकाबाट पक्राउ परेका हुन् । पक्राउ परेकाहरुको नाम प्रहरीले अझै सार्वजनिक गरेको छैन । विस्तृत विवरण आउन बाँकी छ। ...