माैलापुर: पैसाकाे प्रलाेभनमा नक्कली बुवा बनाएर फर्जी जन्मदर्ता वितरण
सचतक नेपाल न्यूज डेस्क,२४ भाद्र, रौतहट। रौतहटको मौलापुर नगरपालिकामा नक्कली अभिवावक(बुवा) बनाई फर्जी जन्मदर्ता वितरण गरेको रहस्य सार्वजनिक भएको छ। बारा जिल्ला घर भएकी एक महिलालाई मौलापुर नगरपालिका- ३ का वडा अध्यक्ष महेस महतोले एक स्थानीयलाई नक्कली बुबा बनाई जन्मदर्ता प्रमाणपत्र बितरण गरेको खुलासा भएको हाे ।बाराको महागढिमाई नगरपालिका- ५ बस्ने खोभारी महराकी छोरी चादनी महराको बिहे कलैया उपमहानगरपालिका- २ बस्ने जयनरायण महरासँग भएको प्रमाण छ। तर मौलापुर नगरपालिका ३ बस्ने बिनोद महराले चादनी महराको नक्कली बुबा बनी सम्बन्धि वडा कार्यालयबाट फर्जी जन्मदर्ता बनाएको प्रमाण सार्वजनिक भएको छ। महराले गत १५ गते नक्कली बुबा बनी वडा कार्यालयबाट जन्मदर्ता बनाएको नक्कली प्रमाणपत्रबाट स्पष्ट देखिन्छ।सो घटनाको विषयमा वडा अध्यक्ष महतोसँग बुझदा गाउँको छोरी ठानी जन्मदर्ता बनाएको बताउँछन्। जबकि विनोद महराले आफ...