सभामुख निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुदै
काठमाडौं - संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको सभामुख चुनावका लागि आज उम्मेदवारी दर्ताको कार्यतालिका छ । आज सभामुखका आकांक्षीले उम्मेदवारी दर्ता गराउनु पर्नेछ ।संसद्को सबैभन्दा ठूलो पार्टी अनि गठबन्धन आफैसँग हुँदा व्यवस्थापकीय कुशलता देखाउन नसकेर नेपाली कांग्रेस संसद्मा प्रमुख प्रतिपक्षको भूमिकामा पुगेको छ । सत्ता गठबन्धनको घटक माओवादी प्रधानमन्त्री नपाएर एमालेसँग सहकार्य गर्दै प्रचण्ड प्रधानमन्त्री बनेपछि कांग्रेस प्रतिपक्षी भूमिकामा खुम्चिएको हो ।सभामुख र राष्ट्रपतिमा सहयोगको अपेक्षासहित प्रधनमन्त्रीलाई विश्वासको मत दिएको कांग्रेस त्यही कारण आलोचनाको केन्द्र पनि बनेको छ । तर, उसले आफ्नातर्फबाट सभामुखमा दिने उमेदवार भने प्रस्तुत गर्न सकेको छैन ।प्रधानमन्त्री प्रचण्डले भने विश्वासको मत दिएका सबै पार्टीलाई समेट्ने भन्दै सभामुख र राष्ट्रपतिमा पनि राष्ट्रिय सहमति जुटाउने भन्दै छलफल थालेका छन्...