Tuesday, June 18
Shadow

Tag: Election Commission

निर्वाचनका लागि तोकिएको रकममध्ये करिब ३ अर्ब फिर्ता हुने

निर्वाचनका लागि तोकिएको रकममध्ये करिब ३ अर्ब फिर्ता हुने

ताजा-अपडेट, मुख्य समाचार
काठमाडौं - प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि तोकिएको रकममध्ये करिब तीन अर्ब रुपैयाँ फिर्ता हुने बताएका छन्।गत मंसिर ४ मा भएको निर्वाचनको समीक्षाका क्रममा शुक्रबार सञ्चारकर्मीसँगको छलफल कार्यक्रममा उनले निर्वाचनलाई मितव्ययी र पारदर्शी बनाउन आयोगले विशेष सजगता अपनाएकाले तोकिएका सबै रकम खर्च नहुने बताए।आसन्न राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन र राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनमा समेत खर्च गरेर बाँकी रकम फिर्ता गरिने थपलियाले जानकारी दिए। नेपाल सरकारबाट उक्त निर्वाचनका लागि १० अर्ब रुपैयाँ विनियोजनमध्ये आठ अर्ब ४९ करोड ९९ लाख रुपैयाँ निकासा भएकामा हालसम्म छ अर्ब ५० करोड ४६ लाख रुपैयाँ खर्च भएको आयोगले जनाएको छ।थपलियाले आगामी प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीमा सरकारी कर्मचारीका साथै निजी क्षेत्रका क...