Wednesday, October 9
Shadow

Tag: earthquake

पुन: जाजरकोटमा भुकम्प 

पुन: जाजरकोटमा भुकम्प 

banner-news, ताजा-अपडेट, मुख्य समाचार
जाजरकोट - पुन: जाजरकोटमा भूकम्पको धक्का महशुस भएको छ। सोमबार बेलुकी ४ बजेर ३१ मिनेटमा जाजरकोटको रामीडाँडा आसपास केन्द्रविन्दु भएर ५.८ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ। शुक्रबार राति ठूलो भूकम्प गएपछि त्यसको परकम्म जाने क्रम जारी छ। भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा १५३ जनाको मृत्यु भएको छ भने करिब २ सय जना घाइते भएका छन्। हजारौं भौतिक संरचना भत्किएका छन्। भूकम्पपछि जाजरकोटमा मानिसहरूको भागदौड मच्चिएको छ ।परकम्पहरू निरन्तर आइरहेपछि जाजरकोट र रुकुम पश्चिमका स्थानीयहरू त्रसित भएका छन्।...
गएराति बझाङ केन्द्रबिन्दु भएर भूकम्प

गएराति बझाङ केन्द्रबिन्दु भएर भूकम्प

banner-news, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल न्युज डेस्क, बझाङ । सुदूरपश्चिम प्रदेशको बझाङ केन्द्र विन्दु बनाएर भूकम्प गएको छ । गए राति १० बजेर ३ मिनेटमा बझाङ सदरमुकाम चैनपुर आसपास केन्द्र विन्दु बनाएर ४ दशमलव ६ रेक्टरस्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । भूकम्पको धक्का बझाङका साथै बाजुरा, अछाम, डडेल्धुरा, बैतडी, दार्चुलालगायत सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा समेत महसुस गरिएको छ । लगातार भूकम्प जान थालेपछि यस प्रदेशका बासिन्दा त्रसित बनेका छन् ।...
आज बिहान ६ म्याग्‍निच्यूडको भूकम्प

आज बिहान ६ म्याग्‍निच्यूडको भूकम्प

banner-news, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल डेस्क, १५ श्रावन, रौतहट । आज बिहान खोटाङ केन्द्रबिन्दु भएर ६ म्याग्‍निच्यूडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले ६ म्याग्‍निच्यूडको भूकम्प गएको पुष्टि गरे । ‘खोटाङको मार्तिम बिर्ता ​ केन्द्रबिन्दु भएर बिहान ८ बजेर १३ मिनेटमा ६ म्याग्‍निच्यूडको भूकम्प मापन भएको छ’, उनले भने । भूकम्पको धक्का पूर्वी नेपालमा कडा महसुश भएको थियो भने काठमाडौंमा सामान्य महसुश भएको थियो । मोरङ र खोटाङमा ठूलै धक्काको महसुस गरिएपनि अहिलेसम्म क्षतिको विवरण प्राप्त नभएको प्रदेश प्रहरी कार्यालय विराटनगरका एसपी नविनराज राईले बताए । संयन्त्रमार्फत थप विवरण लिने काम भइरहेको उनले बताए ।...