टर्की भुकम्प अपडेट: मृतक संख्या ४३ सय नाघ्यो
टर्कीमा सोमबार बिहान गएको ७ दशमलब ८ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ठूलो संख्यामा जनधनको क्षति भएको छ।भूकम्पका कारण टर्की र सिरियामा गरी मृत्यु हुनेको संख्या ४३ सय नाघेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।राज्य-सञ्चालित अनादोलु समाचार एजेन्सीका अनुसार टर्कीमा हालसम्म कम्तिमा २ हजार ९२१ जनाको मृत्यु हुनुका साथै १३ हजार २९३ घाइते भएका छन्। यहाँ ५६०० भन्दा बढी भवनहरू ध्वस्त भएका छन्।राष्ट्रपति रेसेप तैयप एर्दोगानका अनुसार मृतकको संख्या अझै बढ्न सक्ने भन्दै उनले उद्धार र राहतलाई तिब्रता दिइरहेको बताए।उक्त भूकम्पका कारण छिमेकी मुलुक सिरियामा पनि ठूलो संख्यामा मानवीय क्षति भएको छ।सिरियामा उद्धारकर्ताहरूले रातभर काम गर्न हेडलाइट र फ्लड लाइटहरू प्रयोग गरेका थिए। राज्यको स्वास्थ्य मन्त्रालय र ह्वाइट हेल्मेट राहत समूहका अनुसार यहाँ १,४५० भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ। देशभरि ...