Wednesday, January 15
Shadow

Tag: durgabhagwati

दुर्गाभगवती गाउँपालिकाको लेटर प्याड दुरुपयोग प्रति अध्यक्षको आपत्ति

दुर्गाभगवती गाउँपालिकाको लेटर प्याड दुरुपयोग प्रति अध्यक्षको आपत्ति

banner-news, ताजा-अपडेट, मुख्य समाचार
२७ पुस, राैतहट । दुर्गाभगवती गाउँपालिकाकी उपाध्यक्ष शिला देवीले कार्यालयको लेटर प्याड दुरुपयोग गरेको आरोपमा गाउँपालिका अध्यक्ष शम्भु सिंहले आपत्ति जनाएका छन्। अध्यक्ष सिंहले विज्ञप्ति जारी गर्दै कानूनी प्रक्रिया र संस्थागत व्यवस्थाप्रति गम्भीर प्रश्न उठाउँदै उपाध्यक्षको क्रियाकलापलाई गैरकानूनी भनेका छन्।लेटरप्याड दुरुपयोग प्रकरणगाउँपालिकाको आधिकारिक पत्र मिति २०८१/०९/१८ को पत्र संख्या २०८१/०८२ तथा चलानी नं. ६८२ र ६८३ मा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय जनकपुरधामलाई सम्बोधन गरिएको थियो। यस्तै चलानी र मिति प्रयोग गरी उपाध्यक्ष शिला देवीले गैरकानूनी रूपमा विभिन्न सरकारी निकायमा पत्राचार गरेको आरोप अध्यक्ष सिंहले लगाएका छन्।अध्यक्षको आपत्तिअध्यक्ष सिंहद्वारा जारी विज्ञप्तिमा उपाध्यक्षले गाउँपालिकाको कामकाजमा अवरोध पुर्याएको, कर्मचारीको मनो...