
राैतहटमा नक्कली नाेट सहित ४ जना पक्राउ
प्रेम यादव,२० श्रावन, राैतहट । नक्कली नेपाली रुपैयाँकाे काराेबारमा संलग्न ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। श्रावन १८ गते बुधबार जिल्ला रौतहट बौधीमाई नगरपालिका वडा नं.३ जिउताही टोलमा नाग पञ्चमीको अवसरमा लागेको मेलामा सर-सामान किन्ने क्रममा पसलहरुमा जाली नोट दिएको भनी हल्ला भयाे । बिहीबार ईलाका प्रहरी कार्यालय, कोप्वापिपरीयामा खबर प्राप्त हुना साथ प्रहरी टोलीले वडा ४ ईनरवारी वस्ने जदुन्नदन राउतको छोरा अंदाजी २६ वर्षीय सन्तोष पटेललाई नियन्त्रणमा लिएको थियाे । चेकजाँच गर्नक्रममा निजको साथबाट १००० को १ थान जाली नोट फेला परेको थियाे । साथै मेलामा सर-समान बेच्ने पसलका ब्यक्तीहरुबाट १००० को १९ थान समेत फेला परेको हो । कुल २० थानकाे रु.२०,०००।- (बिस हजार) जाली नोट फेला पारी निज सन्तोष पटेल सहित शंकास्पद ( संलग्न) रहेका थप ३ जनालाई प्रहरीले पक्राऊ गरेकाे जिल्ला प्रहरी कार्यालय राैतहटले प्र...