
पक्राउ गर्न जाँदा प्रहरी माथिनै हमला, २ जना फरार युवा प्रहरी नियन्त्रणमा
प्रेम यादव,
गौर – डाँका चोरी र ज्यानमार्ने उद्योगमा फरार दुई जना अभियुक्तलाई रौतहट प्रहरीले बुधवार पक्राउ गरेको छ ।
रौतहटको गौर नगरपालिका–२ स्थित लाल बकैया खोलापारी केरा घारीमा डाँका चोरी र ज्यान मार्ने उद्योग मुद्दाका फरार २ जना अभियुक्तलाई प्रहरीले गोप्य सूचनाको आधारमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी उमाशंकर प्रसाद यादवले प्रेश विज्ञप्ति मार्फत जानकारी दिनुभयो । उनका अनुसार फरार अभियुक्त जिल्ला रौतहट गौर नगरपालिका ५ कोइरीयाटोल बस्ने लालकिशोर यादवको छोरा अन्दाजी १९ वर्षीय राहुल यादव र अर्को गौर नगरपालिका ४ बस्ने जुगा राय यादवको अन्दाजी १९ वर्षीय छाेरा रवि यादव रहेका थिए ।
बुधवार करिब ३ बजे रौतहट प्रहरीले सर्च अप्रेशन गर्दै जाँदा निज राहुल यादवले बोकेको चक्कु प्रहार गर्दा जिल्ला प्रहरी कार्यालयबाट कार्यरत प्रहरी सहायक हवल्दार सुरेश यादवको दाहिने हात कटिएर घाइते भएको ...