Tuesday, June 18
Shadow

Tag: DPO Ratahat

६ महिनामै सवारी नियम उलङ्घन गर्ने संख्या १० हजारभन्दा बेसी, ८५ लाख भन्दा बढी राजश्व संकलन

६ महिनामै सवारी नियम उलङ्घन गर्ने संख्या १० हजारभन्दा बेसी, ८५ लाख भन्दा बढी राजश्व संकलन

banner-news, ताजा-अपडेट, मुख्य समाचार
राैतहट - वर्ष नबित्दै सवारी उलङ्घन गर्ने संख्या १० हजार भन्दा बढी पुगेकाे छ । सवारी उलङ्घन गर्नेहरुबाट ६ महिनामै प्रहरीले कुल ८५ लाख १७ हजार ५०० राजश्व संकलन गरेको छ। मंगलबार जिल्ला प्रहरी कार्यालय राैतहटले प्रेस विज्ञप्ति जारी गर्दै श्रावण देखी पाैष मसान्तसम्मकाे प्रगति बिवरण सार्वजनिक गरेकाे छ। जसमध्ये सवारी दुर्घटनामा परेर २६ जनाले ज्यान गुमाइसकेका छन् । राैतहट अशिक्षित जिल्ला मध्येकाे एक जिल्ला हाे । शिक्षाकाे अभावले पनि दुघर्टनालाई निम्ताे दिने गरेकाे बिज्ञहरु बताउँछन्। "थाेरै जानकारी हानिकारक हुन्छ" भन्ने उखान सवारी नियममा पनि हावी हुने गरेकाे छ । ट्राफिक नियमको बारेमा अवगत नहुँदा दुघर्टना हुने सम्भावना बढ्छ । अर्थात चालकले अनिवार्य रुपमा ट्राफिक नियमको पालना गर्नुपर्दछ। सवारी नियम उलङ्घन गर्ने १० हजार ७ सय १ जना कार्वाहीमा परेको जिल्ला प्रहरी कार्यालय राैतहटकाे विज्ञप्तिमा उल्ल...
रौतहटमा लागुऔषधको बिगबिगी, ९१ किलो गाँजा बरामद

रौतहटमा लागुऔषधको बिगबिगी, ९१ किलो गाँजा बरामद

banner-news, ताजा-अपडेट, मुख्य समाचार
प्रेम यादव, रौतहट । गाँजा नेपालमा प्रतिबन्धित लागुऔषध हो । सिमावर्ती जिल्ला रौतहटमा लागुऔषध गाँजाको तस्करी बढ्दै गएको छ । आइतबार प्रहरीले गोप्य सुचनाको आधारमा ९१ किलो प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरेको छ । प्रहरीले रौतहटको राजपुर नगरपालिका–१ पिपरा भगवानपुर स्थित पिपरा टोलबाट १३ पोकाेमा राखिएको ९१ किलो गाँजा एउटा बोलेरोबाट बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक उमाशंकर प्रसाद यादवले प्रेश विज्ञप्ति मार्फत जानकारी गराउनु भयो । सुचनाको आधारमा प्रहरीले आज करिब ११ बजेको समयमा जेएच १० एक्स ४२१२ नम्बरको सेतो बोलेरोलाई खानतलासी गर्दा गाँजा फेला पारेको छ । त्यस्तै सोही स्थानबाट अन्दाजी १० मिटर दक्षिण तर्फ बेवारिसे अवस्थामा रहेको बिआर ३० यू ०४७४ नम्बरको मोटरसाइकल समेत प्रहरीले फेला पारेको छ । फेला परेको लागुऔषध, गाँजा लोड रहेको बलोरो र मोटरसाइकललाई जिल्ला प्रहरी क...