
ईशनाथ नगरपालिकालाई एक करोड मूल्य बराबरको जग्गा दान गर्ने नवनिर्वाचित शोभादेवीको घोषणा
प्रेमचन्द्र झा
रौतहट। मधेस प्रदेश सभा सदस्यमा नवनिर्वाचित शोभादेवी साहले एक करोड रुपैया को बराबरको जग्गा ईशनाथ नगरपालिकालाई दान गर्ने घोषना गरेकी छिन् । उनले ईशनाथ नगरपालिकालाई वडा कार्यालय र स्वास्थय चौकी बनाउन दुई कठ्ठा १६ धुर जग्गा दान निर्णय रहेको बताएकी छिन् ।
ईशनाथ नगरपालिका वडा नम्बर २ औरैयाका स्थानियले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा सो घोषणा गर्नु भएको हो ।जनता समाजवादी पार्टीका तर्फबाट समानुपातिकमा निर्वाचित भएपछि पहिलो पटक आफ्ना गाउँ पुगेर करिब एक करोड रुपैया मोल पर्ने जग्गा निशुल्क दिने धोषणा गरेपछि स्थानिय हर्षित भएको वडा अध्यक्ष धर्मेन्द्र साहले बताए ।सो वडा कार्यालय बनाउन चालु आर्थिक वर्षमा ४० लाख बजेट राखेको वडा अध्यक्ष साहले जानकारी दिनुभयो । ईशनाथ नगरपालिका वडा नम्बर २ औरैया गाउंको विचमा रहेको सो जग्गा तर्फ ईसारा गर्दै प्रदेश सदस्य साह यसमा वडा कार्यालय र ...