डा. सज्जनको पहलमा सयौँ छात्रछात्रालाई शैक्षिक सामग्री र खाद्यान्न वितरण
महोत्तरी । जलेश्वर नगरपालिका-१० सारी निवासी युवा,समाजसेवी चिकित्सक डा. सज्जन ठाकुरको विशेष पहलमा विभिन्न विद्यालयहरूमा अध्ययनरत सयौँ छात्रछात्रालाई शैक्षिक सामग्री र खाद्यान्न सामग्रीहरू वितरण गरिएको छ ।
बिहिबार महोत्तरीको जलेश्वर नगरपालिकाको विभिन्न वडामा रहेका सार्वजनिक विद्यालयहरूमा अध्ययनरत सयौँ छात्रछात्रालाई शैक्षिक सामग्री र खाद्यान्न सामग्रीहरू वितरण गरिएको छ ।
महोत्तरीको जलेश्वर नगरपालिका वडा नम्बर ८ रतवारा स्थित युग कवि सिद्धिचरण आधारभुत विद्यालयका १५१ जना र जलेश्वर नगरपालिका वडा नम्बर ५ पर्सापतैलीको श्री माध्यमिक विद्यालयमा ३५१ जना विद्यार्थीहरुको अभिभावकलाइ एक कार्यक्रम बिच खाद्यान्न सामाग्री हस्तान्तरण गरिएको हो । यो वितरण डा। सज्जन ठाकुरको विशेष पहल तथा सफा सुनौलो नेपाल काठमाडौं र चाइना फाउन्डेसन फर पोभर्टी एलिभेसन नेपालको आर्थिक सहयोगमा गरिएको छ ।
रतवारामा पुर्व स...