Sunday, June 23
Shadow

Tag: Dig

इमान्दारिता पुर्वक पदिय दायित्व निर्वाह गर्न डिआइजी‌ बास्ताेलाकाे आदेश

इमान्दारिता पुर्वक पदिय दायित्व निर्वाह गर्न डिआइजी‌ बास्ताेलाकाे आदेश

ताजा-अपडेट, मुख्य समाचार
इलाम । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले जिल्ला प्रहरी कार्यालय इलामको निरीक्षण भ्रमणको क्रममा कार्यरत प्रहरी कर्मचारीहरुलाई बोली बचनमा नम्रता, कानुनमा कटिबद्दताका साथ प्रहरी काम कारवाही गर्न निर्देशन दिनुभएको छ । डिआईजी बास्तोलाले नागरिकको जिउ धनको सुरक्षा प्रदान गर्ने आफ्नो जिम्मेवारी रहेको बताउदै, संगठनको हितलाई सर्वोपरी ठानी आपसी भाईचारा, सहयोगी भावना साथ इमान्दारी पुर्वक आ-आफ्नो पदिय दायित्व निर्वाह गर्न निर्देश दिनु भएको हो ।शोषित, पिडित, असहाय, गरिव, जेष्ठ नागरिक तथा पिडामा परेका व्यक्तिहरुलाई प्राथमिकताका साथ उनिहरुको मर्का र समस्यालाई सहजीकरण गर्दै सेवक भएर कसैको दबाब र प्रभावमा नपरी काम गर्न निर्देशन दिनुभयो । आ-आफनो जिम्मेवार एरिया ईलाकाहरुमा अपराध नियन्त्रण गरी शान्ति सुरक्षा कायम राख्न, फरार प्रतिबादी खोजतलास गरी पक्राउ गर्न, बिभिन्...
कानुनको दायरा भित्र रहेर काम गर्न भर्चुअलबाट डिआईजी भट्टराईको निर्देशन

कानुनको दायरा भित्र रहेर काम गर्न भर्चुअलबाट डिआईजी भट्टराईको निर्देशन

banner-news, ताजा-अपडेट, मुख्य समाचार
जनकपुर । मधेश प्रदेश प्रहरी प्रमुख डिआईजी जनक भट्टराईले मधेश प्रदेश मातहत सबै जिल्ला प्रहरी कार्यालयहरुलाई भर्चुअल माध्यमबाट वार्षिक कार्यसम्पादन सम्झौताको प्रगति समिक्षा तथा साप्ताहिक प्रगति समिक्षाका साथै निर्देशन सम्बोधन गर्नु भएको हो ।वार्षिक कार्यसम्पादन सम्झौता समिक्षा अन्तर्गत चैत्र महिनासम्म मातहतबाट भएका कार्यहरुको समिक्षा गर्नु भएको साथै निर्देशन सम्बोधनको क्रममा डिआईजीले कार्यसम्पादन सम्झौता अनुरुप लक्ष्य प्राप्त गर्न नसकेका कार्यालयहरुलाई लक्ष्य प्राप्तिका लागि गर्नु पर्ने कार्यहरुलाई उच्च प्राथमिकतामा राखी कानुनको परिधी र संगठनको सिद्धान्तभित्र रहेर काम गर्न निर्देशन समेत दिनु भएको थियो । साप्ताहिक प्रगति समिक्षा अन्तर्गत अघिल्लो हप्ता र गत हप्तामा भएका प्रगतिबारे समिक्षा गर्नु भई निर्देशन सम्बोधनको क्रममा जिल्ला प्रहरी प्रमुखहरु तथा मातहत ईलाका र प्रहरी चौकीहरुको निरी...
रूपन्देहीमा घुमुवाको सिन्डिकेट तोडिए पनि केहि अझै पैसा असुलिमा

रूपन्देहीमा घुमुवाको सिन्डिकेट तोडिए पनि केहि अझै पैसा असुलिमा

ताजा-अपडेट, मुख्य समाचार
रूपन्देही । नेपाल प्रहरीका महानिरीक्षक बसन्त कुंवरले पदबाहली गरेसंगै र लुम्बिनी प्रदेशमा उमेश राज जोशीले नेतृत्व लिए संगै स्थानीय प्रहरीमा परिवर्तनका केही संकेतहरू देखिन थालेका छन् । बर्षाै देखि जरा गाडेर बसेका केही बदनाम घुमुवाहरू लखेटिएका भए पनि अझै केही भने मातहतका थाना चौकीमा बसेर आफ्नो असुली धन्दा चलाई रहेकै छन् । रूपन्देहीमा घुमुवाका रूपमा होस या मातहतका सीमावर्ती तस्करी हुने नाकामा बसेर बदनाम भएका असई कमल भट्टराई रोल्पा लखेटिएका छन् । उनलाई कसैले हल्लाउन सकेको थिएन ।नवजनप्रहार साप्ताहिकले उनको असली धन्दाको उजागर गरे पछि डिआइजी जोशीले छानबिन गरे पश्चात् उनलाई नेटो कटाएका हुन ।तर उनकै छत्रछायामा भैरहवामा लामो समयदेखि बसिरहन सफल अन्य भने अझै रूपन्देहीमा नै कार्यरत रहिरहेका छन् । हवल्दार जन्तलाल गुप्ता असई कमल भट्टराई जिल्लामा घुमुवा हुदा घुमुवा नै तस्करीको नाकामा जादा त्यही जाने गरिर...
डिआईजी भट्टराईकाे सर्लाही अनुगमन ( फाेटाे फिचर )

डिआईजी भट्टराईकाे सर्लाही अनुगमन ( फाेटाे फिचर )

banner-news, ताजा-अपडेट, मुख्य समाचार
सर्लाही - मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक जनक भट्टराईले सर्लाही अनुगमन गर्नु भएको छ ‌। बिहिबार डिआइजी भट्टराई जिल्ला प्रहरी कार्यालय सर्लाहीमा सिमाना र मातहत ईकाईका प्रमुखहरुको उपस्थितिमा जिल्लाकाे परिस्थितिबारे जानकारी लिनुभयाे । अहिले बदलिदो परिवेश अनुसार नागरिक मैत्री प्रहरी सेवा प्रदान गर्ने, सिमा क्षेत्रमा हुने चोरी, तस्करी विरुद्ध कडाईका साथ प्रस्तुत भई काम गर्ने विषय लगायत सामसामयिक विषयहरुमा उच्च मनोवलका साथ त्रृटी रहित ढंगबाट कार्य सम्पादन गर्ने भनी निर्देशन सम्बोधन गर्नुभयो ‌ । मधेश प्रदेशमा धनुषा,सिरहा, सप्तरी,महाेत्तरी,बारा, पर्सा, सर्लाही र धनुषा गरी ८ वटा जिल्लाहरू छन् ‌ । प्रदेशका ८ वटा जिल्लाहरु डिआइजी जनक भट्टराईकाे भुमिका अहम रहेने अपेक्षा गरिएको छ। ...
डिआईजी पदस्थापन : मधेशमा जनक भट्टराई

डिआईजी पदस्थापन : मधेशमा जनक भट्टराई

banner-news, ताजा-अपडेट, मुख्य समाचार
काठमाडौं। नेपाल सरकार गृह मन्त्रालयले नेपाल प्रहरीमा वरिष्ठ उपरीक्षक (एसएसपी) बाट नायब महानिरीक्षक (डीआईजी) मा बढुवा भएका १३ जनाको पदस्थापन गरेको छ ।पदस्थापन अनुसार डीआईजी चन्द्रकुवेर खापुङलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रहेको प्रहरी महाशाखा प्रमुख, मधेश प्रदेश प्रहरी प्रमुखमा जनक भट्टराई, कोशी प्रदेश प्रहरी प्रमुखमा राजेशनाथ बास्तोला र सुदुरपश्चिम प्रदेश प्रहरी प्रमुखमा भरतबहादुर बोहराको पदस्थापन भएको छ ।यस्तै डीआईजीहरु बिष्णु कुमार के.सी.को नेपाल प्रहरी प्रधान कार्यालय अस्वेषण योजना तथा विकास निर्देशनालय, रबिन्द्र केसीको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान् महाराजगंज, लालमणि आचार्यको काठमाडौ उपत्यका प्रहरी कार्यालय रानीपोखरी, काठमाडौं, सुरेन्द्र् प्रसाद मैनालीको नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग अपराध अनुसन्धान निर्देशनालय नक्साल, काठमाडौ, अर्जुन चन्द ठकुरीको स...
नागरिकता विवरण शंकास्पदमा डिआइजी‌ ज्ञवाली

नागरिकता विवरण शंकास्पदमा डिआइजी‌ ज्ञवाली

banner-news, ताजा-अपडेट, मुख्य समाचार
काठमाडौं - उमेर ढाँटेर नेपाल प्रहरीमा जागिर खाएको विषय प्रमाणसहित सार्वजनिक भएपछि अख्तियार दुरुपयोग अनुसन्धान अयोगले छानबिनका लागि केही प्रहरी नायब महानिरीक्षक (डीआईजी) को शैक्षिक प्रमाणपत्र र नागरिकता विवरण मागेको छ। अख्तियारले प्रहरी प्रधान कार्यालयलाई पत्राचार गर्दै केही डीआईजीको शङ्कास्पद शैक्षिक प्रमाण पत्र र नागरिकता विवरणको जानकारी माग गरेको हो ।नागरिकतामा उमेर सच्याएको तथ्य सार्वजनिक भएसँगै डीआईजी अशोक सिंहले राजीनामा दिएपछि अन्य केही डीआईजीका समेत नागरिकता सच्चाइएको विवरण सार्वजनिक भएका थिए। नेपाल प्रहरीका डीआईजी श्यामलाल ज्ञवालीको नागरिकतामा उमेर सच्याएको विवरणसहितको उजुरी शनिबार मात्रै अख्तियारमा परेको छ। अख्तियारले सोमबार प्रहरी मुख्यालयसँग ज्ञवालीको नागरिकताको विवरण पठाउन पत्राचार गर्ने भएको स्रोतले जनायो। प्रदेश १ का प्रहरी प्रमुख डीआईजी ज्ञवालीले दाजु ठाकुर ज्ञवाली प्रहरी म...
सन्दिपलाई इन्टरपाेलकाे सहयाेगमा पक्राउ गरिने : डिआइजी राई

सन्दिपलाई इन्टरपाेलकाे सहयाेगमा पक्राउ गरिने : डिआइजी राई

banner-news, खेलकुद, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल न्यूज डेस्क,२२ भाद्र, राैतहट ‌। नेपाल प्रहरीले इन्टरपाेलकाे सहयोगमा जबरजस्तीकरणी(बलात्कार)को आराेपमा राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेलाई पक्राउ गर्ने भएको छ ।प्रहरीमा सन्दीपविरुद्ध जबर्जस्तीकरणीको उजुरी दर्ता भएसँगै उनलाई पक्राउ गर्न इन्टरपोलको सहयोग लिइने र प्रक्रिया अघि बढिसकेको प्रहरी प्रवक्ता डिआईजी टेकप्रसाद राईले बताउनुभयो । उनले भने, ‘देशमा भएको भए नेपाल प्रहरी आफैले यो प्रक्रिया अघि बढाउने थियो, तर अहिले उनी देशबाहिर रहेकाले इन्टरपोलको सहयोगमा सन्दीपलाई नियन्त्रणमा लिन्छौं ।’सन्दीप आफैँ प्रहरीसमक्ष आएमा इन्टरपोलको सहयोग लिन पर्दैन डिआईजी राईले बताउनुभयाे । भदौ ५ गते सन्दीप माथि एक बालिकाले होटेलमा लगेर पटक पटक बलात्कारको आरोप लगाउँदै मंगलबार गौशाला बृत्तमा उजुरी दर्ता गराएका छन् ।जबर्जस्तीकरणीको आरोप लागेका सन्दीप भने हाल वेस्टइन्डिजमा जारी क्यारेवियन प्र...