
राैतहटमा चट्याङ लागेर एकै परिवारका ३ जनाकाे मृत्यु, १ जना घाइते
सचतक नेपाल डेस्क,१४ भदाै,राैतहट । जिल्लाकाे गरुडा नगरपालिका -३ मलाही टाेलमा तीजकै दिन चट्याङ लागेर एकै परिवारका ३ जनाकाे मृत्यु भएको छ भने १ जना घाइते समेत भएका छन्।मृत्यु हुनेमा ४९ वर्ष कि सुदमिया देवि,१८ वर्ष कि मनिशा कुमारी र १७ वर्ष कि जगिया कुमारी रहेकाे इलाका प्रहरी कार्यालय गरुडाले सचतक नेपाललाई जानकारी दिएका छन् । मंगलबार बिहानै सुरु भएको अबिरल वर्षाका क्रममा करिब ८ बजे खेतमा काम गरिरहेको अवस्थामा चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । चट्याङबाट घाइते भएकालाई गरुडामा उपचार भइरहेको प्रहरीले जनाएको छ।
मृतक मध्ये सुदमिया देवी र जगिया कुमारी एउटै परिवारकी थिइन् । एउटै गाउँकाे तीन जनाकाे मृत्यु पछि गाउँनैशाेकाकुल भएको छ।
...