Sunday, July 21
Shadow

Tag: dead

भारतको नैनीतालमा पिकअप दुर्घटना हुदा ७ नेपाली मजदुरको मृत्यु

भारतको नैनीतालमा पिकअप दुर्घटना हुदा ७ नेपाली मजदुरको मृत्यु

अन्तर्राष्ट्रिय, ताजा-अपडेट
२७ चैत, राैतहट । भारतको नैनिताल नजिकैको बेतालघाट क्षेत्रको एक पिक अप दुर्घटना हुदा सात नेपाली मजदुरको मृत्यु भएको छ ।भारतीय मिडियाहरुले मल्ल गाउँस्थित उन्चकोट मोटर सडकमा पिकअप दुई सय मिटर गहिरो खाल्डोमा खसेको बताएका छन्  । दुर्घटनामा चालकसहित आठ जनाको मृत्यु भएको छ । गाडीमा सवार दुई नेपाली मजदुर पनि गम्भीर घाइते भएका छन् ।प्रहरी टोली घटनास्थलमा पुगेर स्थानीयवासीको सहयोगमा उद्धार कार्य सुरु गरेको प्रहरीलाई उदृत गर्दै मिडिया रिपोर्टमा उल्लेख छ । गाडीमा ९ नेपाली कामदार रहेको प्रहरीले बताएको छ ।उक्त क्षेत्रमा खानेपानीको लाइन बिछ्याउने काम सकेर सबैजना फर्कदै गर्दा उक्त दुर्घटना भएको हो । दुर्घटनामा ज्यान गुमाएका नेपाली मजदुरको नाम र घर भने खुल्न नसकेको प्रहरीले बताएको छ । ...
घरकाे पंखा जाेड्ने क्रममा करेन्ट लागेर राैतहटमा एक जनाकाे मृत्यु

घरकाे पंखा जाेड्ने क्रममा करेन्ट लागेर राैतहटमा एक जनाकाे मृत्यु

banner-news, ताजा-अपडेट, मुख्य समाचार
राैतहट- रौतहटमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृतक परोहा नगरपालिका वडा नम्बर ५ का अबुलैस मिया कवारी रेहकाे प्रहरीले जनाएको छ । उनलाई करेन्ट लागेर शनिबार मृत्यु भएको प्रहरीले जनाएको छ ।आफ्नो घरमा पंखा जडान गर्ने क्रममा करेन्ट लागेका उनलाई उपचारको लागि लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयले रौतहटले जनाएकाे छ । ...
बस र मोटरसाइकलबीच ठक्कर, ३ जनाकाे मृत्यु

बस र मोटरसाइकलबीच ठक्कर, ३ जनाकाे मृत्यु

banner-news, ताजा-अपडेट, मुख्य समाचार
महाेत्तरी - महोत्तरीमा बस र मोटरसाइकल आपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । सम्सीबाट बर्दिवास हुँदै जनकपुर जाँदै गरेको बा ३ ख २३९६ नम्बरको यात्रुवाहक र पूर्वपश्चिम राजमार्गबाट गौशालातर्फ जाँदै गरेको ०१-००४ प ६८१९ नम्बरको मोटरसाइकल ठोक्किँदा तीन जनाको मृत्यु भएको महोत्तरी प्रहरीले जनाएको छ ।मृत्यु हुनेमा मोटरसाइकल चालक सिराहा कल्याणपुरका २६ वर्षीय अमृत मण्डल, उनकी श्रीमति २४ वर्षीया अन्जु मण्डल र भतिजी ६ वर्षीया अन्सु मण्डल रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी दिलिप कुमार गिरिले बताए ।दुर्घटनामा परी सख्त घाइते भएकी अन्सु मण्डलको भने उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। ...
व्यस्त बानेश्वरमा भेटियो बुवाछाेरीकाे शव

व्यस्त बानेश्वरमा भेटियो बुवाछाेरीकाे शव

ताजा-अपडेट, मुख्य समाचार
काठमाडौं - काठमाण्डाैको नयाँ बानेश्वरमा शनिबार साँझ दुई जनाको शव फेला परेको छ । मृत भेटिनेमा रामेछापको खाँडादेवी स्थायी घर भइ काठमाडौंमा फार्मेसी सञ्चालन गर्दै आएका ४२ वर्षीय किशोर भण्डारी र उनकी सात वर्षीया छोरी रहेका छन् ।छोरीको घाँटी रेटेर हत्या भएको अवस्थामा र किशोर पासो लगाएको अवस्थामा भेटिएकाले किशोरले नै छोरीको हत्यापछि आत्महत्या गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ ।उनी पुरानो बानेश्वरस्थित टंकप्रसाद मार्गमा बस्दै आएका थिए । घटनास्थल पुगेर प्रहरीले अनुसन्धान थालिरहेको जनाएको छ । ...
महाेत्तरीकाे इँटा भट्टामा एक जना मृत अवस्थामा फेला

महाेत्तरीकाे इँटा भट्टामा एक जना मृत अवस्थामा फेला

banner-news, ताजा-अपडेट, मुख्य समाचार
महाेत्तरी - महोत्तरीको औरहीमा एक जना पुरुष मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार जिल्लाको औरही नगरपालिका ७ स्थित एमटीएल इँटा भट्टामा स्थानीय ५२ वर्षीय इन्द्रदेव झा मृत अवस्थामा भेटिएको हाे । सोमबार साँझ घरबाट निस्केका झाको शव मंगलबार बिहान ११ बजेतिर इँटा भट्टामा परालको छाप्रोभित्र फेला परेको प्रहरीले जनाएको छ । निजको हत्या गरि सो स्थानमा राखिएको आशंकामा घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महाेत्तरीले जनाएको छ ।मृतक झाको बायाँ आँखा पनि फुटेको प्रहरीले जानकारी दिएको छ । ...
गाैरमा एक भारतीय नागरिक मृत अवस्थामा फेला

गाैरमा एक भारतीय नागरिक मृत अवस्थामा फेला

banner-news, ताजा-अपडेट, मुख्य समाचार
राैतहट - अधिक मदिरा सेवनबाट एक जनाकाे मृत्यु भएको छ । राैतहटकाे गाैर भन्सार कार्यालयकाे नजिक एक जना भारतीय नागरिक मृतक अवस्थामा शव फेला परेको छ। मृत्यु हुनेमा भारतकाे सितामढी जिल्ला स्थित बैरगिनिया-१९ डुमरवाना निवासी सुरज साह रहेकाे जिल्ला प्रहरी कार्यालय राैतहटले जनाएको छ। मृत्युकाे कारण स्पष्ट हुन सकेको छैन। तर स्थानीयका अनुसार मृतक भारतबाट गाैर पुगेर मंदिर सेवन गर्दै थियाे । अधिक मदिरा सेवनबाट मृत्यु भएको स्थानीयकाे भनाई छ। यता जिल्ला प्रहरी कार्यालय राैतहटले अधिकारीक पुष्टि नभएसम्म अझै मृत्युकाे कारण भन्न नमिल्ने बताउँछन्। ...
करेन्ट लागेर माैलापुरमा एक जनाकाे मृत्यु

करेन्ट लागेर माैलापुरमा एक जनाकाे मृत्यु

banner-news, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल डेस्क, ५ भदाै, राैतहट । गए राति करेन्ट लागेर राैतहटका एक जनाकाे मृत्यु भएको छ। शनिबार राती करिब १ बजे विधुतिय मोटर संचालन गर्ने क्रममा घाइते भएका एक जनाकाे उपचारकाे क्रममा आज बिहान ज्यान गएको हो। मृत्यु हुनेमा मौलापुर नगरपालिका- ८ बस्ने करिब ४० वर्षीय महेश प्रसाद यादव भन्ने टैटुनको रहेको प्रहरीले जनाएको छ। रौतहटको सोनरनियाँमा विधुतिय मोटरबाट खेतमा पानी हाल्ने क्रममा करेन्ट लागेर यादव घाइते भएका थिए।करेन्ट लागेर घाइते भएका यादवलाई उपचारका लागि विरगंज स्थित नेसनल मेडिकल कलेजमा पुर्याइएको थियो। उपचारकाे क्रममा उनकाे मृत्यु आईतबार विहान करिब २ तिर मृत्यु भएको प्रहरीले जनाएको छ ।मृतकको शव परिक्षणको लागि नरायणी अस्पताल विरगंजमा राखिएको र घटना बारे थप्प अनुसन्धान भई रहेको ईलाका प्रहरी मौलापुरले जनाएको छ । ...
असोज २८ देखि नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुने

असोज २८ देखि नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुने

खेलकुद, ताजा-अपडेट
सच तक नेपाल डेस्क, १० जेठ, रौतहट । यही जेठमा हुने भनिएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आउँदो असोज २८ गतेदेखि हुने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले नवौँ राष्ट्रिय खेलकुद गण्डकी प्रदेशमा असोज २८ देखि कात्तिक ३ गतेसम्म गर्ने निर्णय गरेको हो । युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले भने, “बजेट कार्यान्वयनको सवालमा सार्वजनिक खरिद ऐनलाई टेकेर गर्ने कुरा भयो । हामीले १३औँ सागमा जस्तै फास्ट ट्रयाकमा काम गर्ने योजना बनाएका थियौँ । तर, विविध कारणले त्यस्तो नहुने भएकाले हामीले प्रतियोगिताको मिति सार्नुपरेको हो ।” यसअघि, यही जेठ २२ गतेदेखि २८ गतेसम्म उक्त खेलकुद गर्ने निर्णय गरिएको थियो ।...
टिक टक स्टार मधुको निधन

टिक टक स्टार मधुको निधन

banner-news, ताजा-अपडेट, मुख्य समाचार
सच तक नेपाल न्यूज डेस्क, २ जेठ, रौतहट । समाजिक सञ्जाल टिकटकमा निकै प्रसिद्ध मधु जैसवालको निधन भएको छ । उनले आत्महत्या गरेको प्रहरीको अनुमान छ । महोत्तरी जिल्लाको रामगोपालपुर घर भएकी मधुको युवा अवस्थामै निधन भएको हो । उनको समर्थकहरुले समाजिक सञ्जाल फेसबुक, टिकटक आदि मार्फत श्रद्धाञ्जली दिइरहेका छन् । उनले किन आत्मा हत्या रहेका हुन ? कारण के थियो ? भन्ने अहिले प्रष्ट भएको छैन् । तर उनले कसैसँग माया प्रेम गरेकी थिइएन् र सो केटाले अश्रलील भिडियो बनाइ ब्लायकमेल गरेका कुरा समाजिक संजाल बाट पुष्टि हुन्छ । केहि दिन अगाडीनै उनले एक भिडियो पोष्ट गरेकी थिइन् । जसमा उनी एकदम निरास भएको देखिन्छ । उनको ताजा अपलोड भिडियोमा एक जना युवकलाई समेत ट्याग गरेकी हुन् । घटना बारे थप छानबिन भइरहेको प्रहरीले जनाएको छ । मधु आफ्ना पठनपाठनको लागि काठमाण्डौं बस्ने गरेकी थिइन् । टिकटकमा भिडियो उपलोड गर्दै ज...