अन्तिम संस्कारकाे लागि शव पुग्याे बैंकमा, कर्मचारीकाे साताे गयाे
पटना - भारतको बिहार राज्यको पटनामा एक बैंकमा एउटा शव आफ्नो पैसा लिन पुग्यो । बैंकमा उसलाई देखेर कर्मचारीहरुको सातो गयो । पटनाछेउको शाहजहाँपुर थाना क्षेत्रको सिगरियावांमा केनरा बैंकको शाखामा शव पैसा लिन पुगेको हो ।त्यहीका स्थानीय महेश यादवको मंगलबार बिहान मृत्यु भएको थियो । मृत्युपछि गाउँलेहरुले अन्तिम संस्कारको लागि बैंकमा गएर उनको खातामा भएको पैसा बैंकका कर्मचारीसँग मागे तर बैंक म्यानेजरले पैसा दिन मानेनन् ।यो कुराले रिसाएका गाउँलेले यादवको लाश लिएर बैंकमा पुगे र लाशलाई बैंकभित्र राखिदिए । लगभग ३ घण्टासम्म बैंकमा महेशको लाश त्यत्तिकै रह्यो ।गाउँलेहरु पैसा नलिइ मान्न तयार थिएनन् ।अन्तिममा म्यानेजरले आफ्नै १० हजार रुपैयाँ गाउँलेलाई दिएर विवाद सुल्झाए । पैसा पाएपछि गाउँलेहरुले महेशको लाश लिएर अन्तिम संस्कारको लागि गए । खासमा महेशको बिहे भएको थिएन र उनको परिवारमा पनि कोही थिएनन् ।बैंक खातामा...