Sunday, July 21
Shadow

Tag: dance

पाेशाकमै अश्लिल नृत्य गरेका सई कार्वाहीका लागि तानिए

पाेशाकमै अश्लिल नृत्य गरेका सई कार्वाहीका लागि तानिए

banner-news, खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
प्रेम यादव,५ भदाै, राैतहट । प्रहरीकाे पाेशाकमै सई राजकिशोर साह अश्लिल नाच गर्दै गरेकाे भिडियो भाइरल भएपछि उनी कार्वाहीका लागि तानिएका छन्। रौतहटको गढीमाई नगरपालिका ७ धर्मपुर चौकीका ईन्चार्ज प्रहरी नायब निरीक्षक (सई) साह आइतबार कार्वाहीका लागि इलाका प्रहरी कार्यालय गरुडा तानिएकाे जिल्ला प्रहरी कार्यालय राैतहटका प्रहरी उपरीक्षक (एसपी) बीरबहादुर बुढामगरले सचतक नेपाललाई बताएका छन्। एक जना प्रहरीकाे कारण पुरै संगठन बदनाम हुन दिने छैनाैं ‌। "जसले पनि पेशा विपरीत काम गर्छ त्यो प्रहरीकाे विभागिय कार्वाहीमा पर्ने" एसपी बुढामगरले भने । कृष्णाष्टमीकाे अवशरमा आयाेजित भएकाे नृत्य कार्यक्रममा प्रहरीकै‌ पाेशाक लगाएर केटीसंग अश्लिल नृत्य गर्दै भएको भिडियो समाजिक सञ्जालमा सार्वजनिक भएको थियो ‌। नृत्यमा सई साहलाई आफु प्रहरी भएकाे र पाेशाक लगाएकाे समेत अवगत रहेन् । जसपछि राैतहट प्रहरीकाे निकै आलाेचना भयाे ...