
आजदेखि सन्दीपको बयान शुरु , १२ वर्ष कैदको माँग
काठमाडौँ - राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्ध जबर्जस्ती करणीमा मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमार्फत जिल्ला अदालतमा सोमबार मुद्दा दायर भएको हो ।प्रहरीले कात्तिक ६ गते नै सरकारी वकिलसमक्ष रायसहितको अनुसन्धान प्रतिवेदन बुझाए पनि तिहार बिदाका कारण एक सातापछि मात्र मुद्दा दायर भएको हो । मुद्दामा अब आजदेखि अभियुक्तको बयानको प्रक्रिया प्रारम्भ हुनेछ ।जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका प्रमुख, सहन्यायाधिवक्ता अच्युतमणि नेउपानेले जबर्जस्ती करणीमा सन्दीपलाई १० देखि १२ वर्षसम्मको अधिकतम सजाय माग दाबीसहित मुद्दा दायर भएको बताए । नेउपानेले भने, ‘हामीले मुद्दा दर्ता गरेका छौँ । जबर्जस्ती करणी कसुरमा अधिकतम १२ वर्षसम्म सजायको माग गरिएको छ । क्षतिपूर्ति भराउन माग पनि गरिएको छ । अब अदालतमा बयान र थुनछेकको प्रक्रिया प्रारम्भ हुनेछ ।’मुद्दामा सन्दीप...