Tuesday, June 18
Shadow

Tag: cricket

नेपाल प्रहरीका क्रिकेट खेलाडीहरु सम्मानित

नेपाल प्रहरीका क्रिकेट खेलाडीहरु सम्मानित

banner-news, ताजा-अपडेट, मुख्य समाचार
काठमाडौं - राष्ट्रिय क्रिकेट टिमको प्रतिनिधित्व गरी हालै सम्पन्न “एसीसी प्रिमियर कप-२०२३” लगायत विभिन्न अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताहरूमा उत्कृष्ट खेल प्रदर्शन गर्न सफल नेपाल प्रहरीका ६ जना क्रिकेट खेलाडीहरूलाई सम्मान गरिएको छ । नेपाल प्रहरी खेलकुद समितिका अध्यक्ष प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित कार्यक्रमबीच उहाँहरूलाई प्रशंसापत्र तथा नगद पुरस्कारद्वारा सम्मान गर्नुभएको हो । सम्मानित हुने खेलाडीहरूमा प्रहरी कर्मचारीहरू नेपाल पुलिस क्रिकेट टिमका क्याप्टेन दिपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, मोहमद आरिफ शेख, ललित राजवंशी एवम् नेपाल प्रहरीमा आवद्ध करण केसी र गुल्सन झा रहेका छन् ।कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरी संगठन र राष्ट्रको प्रतिनिधित्व गर्दै सहभागी भई हालै सम्पन्न भएको एसीसी प्रिमियर कप-२०२३ मा उ...
कतारसँग नेपाल बिजयी

कतारसँग नेपाल बिजयी

खेलकुद, ताजा-अपडेट
काठमाडौं - एसीसी प्रिमियर कपको अन्तिम लिग खेलमा सन्दीप लामिछानेको घातक बालिंग सामु कतार घुडा टेक्दै ८९ रनमा अलआउट भएका छन् ।नेपाले प्रस्तुत गरेको १५८ रनको सानो लक्ष्यलाई पुरा गर्न कतार निरीह बन्दै हार बेहोर्न बाध्य भएका हुन् । नेपालको जित संगै सेमिफाइनलमा सहज प्रवेश पाएको छ ।नेपालले सुरु देखि नै कतार माथि दबाव बनाएका थिए । नेपाली बलरको दबाव सहन नसकी ८९ रनमा अलआउट भए । नेपालको लागि लेग स्पीनर सन्दीप लामिछाने ५ विकेट, सोमपाल कामी ३ विकेट, ललित राजबंशीले २ विकेट लिएर कतारलाई घुडा टेकाए । सन्दीपलाई पाँचौं विकेक दिलाउन गुल्सन झाको उत्कृष्ट क्याचको महत्वपूर्ण योग्यदान रहे । आजको म्याच अफ दी म्याच अलराउण्ड प्रदर्शन गरेका सन्दीप लामिछानेले पाए । नेपाल समुहमा पहिलो स्थान बनाउन सफल भएको छ । ...
बन्द इजलासमा सन्दिपको मुद्दा बहस हुदैँ

बन्द इजलासमा सन्दिपको मुद्दा बहस हुदैँ

banner-news, ताजा-अपडेट, मुख्य समाचार
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले विदेश खेल्न जान पाउनुपर्ने माग गर्दै दागर गरेको मुद्दामा बहस सुरु भएको छ । सन्दीपका अधिवक्ता मुरारी सापकोटाले बन्द इजलासको माग गरेपछि सर्वोच्च अदालतको बन्द इजलाशमा बहस सुरु भएको हो । सरोकारवालाबाहेक सबैलाई इजलासबाट बाहिर पठाएर न्यायाधीशद्धय सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासमा बहस सुरु गरिएको छ । सन्दीपलाई धरौटीमा रिहा गर्ने उच्च अदालत पाटनको आदेशविरुद्ध सरकारी वकिलको कार्यालयले पुरावेदन गरेको छ । यता सन्दीपले विदेशमा पनि खेल्न पाउनुपर्ने भन्दै निवेदन हालेका थिए । यी दुबै निवेदनमाथि बहस सुरु भएको हो ।...
लामिछानेको मुद्दामा आज सुनुवाई नहुने

लामिछानेको मुद्दामा आज सुनुवाई नहुने

ताजा-अपडेट, मुख्य समाचार
काठमाण्डौ – पूर्व कप्तान सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाई नहुने भएको छ । मुद्दाको अन्तिम सुनुवाइका लागि जिल्ला अदालत काठमाडौंका न्यायाधीश नारायणप्रसाद दाहालको इजलासमा छैठौं नम्बरमा पेशी तोकिएको थियो । तर पीडित किशोरीका वकिलले सुनुवाई स्थपगत गराएका हुन् । जिल्ला अदालतले कात्तिक १८ गते सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । तर जिल्लाको आदेश बदर गर्दै उच्च अदालतले २० लाख नगद धरौटीमा रिहा गर्न आदेश दिएको थियो । उच्चको आदेशसँगै उनी ९९ दिनपछि थुनामुक्त भएका थिए । एक नाबालिगलाई बलात्कार गरेको आरोप लागेपछि सन्दीपलाई प्रहरीले असोज २० गते त्रिभुना अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो ।...
पाकिस्तानलाई पराजित गर्दै श्रीलंक बन्याे एसिया कप च्याम्पियन

पाकिस्तानलाई पराजित गर्दै श्रीलंक बन्याे एसिया कप च्याम्पियन

खेलकुद, ताजा-अपडेट
सचतक नेपाल न्युज डेस्क, पाकिस्तानलाई २३ रनले पराजित गर्दै एसिया कप क्रिकेट २०२२ को उपाधि श्रीलंकाले जितेको छ ।श्रीलंकाले छैटौं पटक एसिया कपको उपाधि जितेको हो । श्रीलंकाले यसअघि सन् २०१४ मा प्रतियोगिताको उपाधि जितेको थियो । श्रीलंकाले दिएको एक सय ७१ रनको लक्ष्य पछ्याएको पाकिस्तान निर्धारित २० ओभरमा एक सय ४७ रनमै समेटियो ।पाकिस्तानका ओपनर मोहम्मद रिजवानले ५५ रन बनाए । इफ्तिखर अहमेदले ३२ रन बनाए । श्रीलंकाका प्रमोद मदुसनले सर्वाधिक चार विकेट लिए । यसअघि दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा आएको श्रीलंकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ७० रनको योगफल खडा गर्‍यो ।श्रीलंकाका लागि भानुका राजापाक्षेले सर्वाधिक अविजित ७१ रन बनाए । यस्तै, वनिन्दु हसरंगाले ३६ रन जोड्दा धनन्जय डी सिल्भाले २८ रन थपेका थिए । यस्तै, चमिका करुणारत्ने १४ रनमा अविजित रहेका थिए ।पाकिस्तानका ह्या...
अदालतको निर्णयपछि सन्दिपलाई निलम्बन गर्ने तयारीमा क्यान

अदालतको निर्णयपछि सन्दिपलाई निलम्बन गर्ने तयारीमा क्यान

banner-news, खेलकुद, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल न्यूज डेस्क, २३ भाद्र, रौतहट । नेपाल क्रिकेट संघ (क्यान)ले नाबालिग बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेलाई निलम्बनको तयारी थालेको छ । सन्दीपले बलात्कार गरेको भन्दै एक नाबालिग किशोरीले प्रहरीमा जाहेरी दिएपछि प्रहरीले अनुसन्धान थालेको छ । नुसन्धानका लागि सन्दीपलाई पक्राउ गर्न प्रहरीले जिल्ला अदालत काठमाडौंबाट अनुमति लिइसकेको छ । सन्दीपलाई अनुसन्धानका लागि पक्राउ गर्न अदालतले अनुमति दिएसँगै प्रहरीले सन्दीपलाई जुनसुकै बेला पक्राउ गर्ने भएपछि क्यानले अनुसन्धानमा सहयोग गर्न जिम्मेवारीबाट निलम्बन गर्ने तयारी गरेको हो । क्यान स्रोतका अनुसार आज वा भोलि भित्रमा सन्दीपलाई क्रिकेट कप्तानसहित खेलकुद गतिविधिबाट अनुसन्धान नसकिएसम्म निलम्बन गर्ने भएको हो । सन्दीप भने हाल क्यारेबियन लिग खेल्नका लागि वेस्ट इन्डिजमा छन् । सन्दीपले आफू निर्दोष र...