
कुहिरो र शितलहर कारण राैतहटकाे जनजीवन प्रभावित
प्रेम यादव राैतहट - विगत दुई तीन दिनदेखि एक्कासि बढेकाे चिसोको कारण राैतहटको जनजीवन प्रभावित बनेको छ । बाक्लो कुहिरोसँगै शितलहर बढेपछि राैतहट लगायत ग्रामीण क्षेत्रको जनजीवन प्रभावित बनेको हो ।शितलहरसँगै चिसो हावाको कारणले जाेडाे अत्यधिक मात्रामा बढेको छ । चिसो बढेसँगै प्रमुख बजार र ग्रामीण भेगमा चहलपहलमा घटेकाे छ । यस क्षेत्रमा लाग्ने बाक्लो कुहिरोका कारणले ग्रामिण क्षेत्रमा यातायातका साधन सञ्चालन समेत प्रभावित बनेको छ । चिसो हावासँगै जाडाे बढेपछि सुत्केरी, बालबालिका, बृद्ध, असक्त, अपाङ्ग, दमका रोगीहरु पीडित भएका छन् । चिसोको कारण मुसहरवस्ती लगायत न्यून आर्थिक अवस्थाका व्यक्ति बढी प्रभावित हुने गरेका छन् ।ग्रामिण भेगमा दाउरा नहुँदा स्थानीयहरु गोबरको गुइँठा, परालको जोहो गर्न लागेका छन् । बाक्लो कुहिरोका कारणले तेलहन, दलहन, आलु खेती लगायतमा नकारात्मक असर पर्नुका साथै पशु चौपायाहरु पनि प्...