Tuesday, June 18
Shadow

Tag: chunab

मंसिर ४ का लागि समानुपातिकतर्फको मतपत्र १८ जिल्लामा पुगे

मंसिर ४ का लागि समानुपातिकतर्फको मतपत्र १८ जिल्लामा पुगे

banner-news, ताजा-अपडेट, मुख्य समाचार
काठमाण्डौं – अगामी ४ मंसिरमा तय भएको संसदीय निर्वाचनका लागि निर्वाचन आयोगले समानुपातिकतर्फको मतपत्र ढुवानी गरिरहेको छ । प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको ४ करोड ६ लाख ५ हजार मतपत्रको छपाइ सम्पन्न भएको आयोगले जनाएको छ। हाल समानुपातिक निर्वाचन प्रणालीतर्फको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि मतपत्र ढुवानी भइरहेको छ। खोटाङ, ओखलढुंगा, सोलुखुम्बु, उदयपुर, सप्तरी, महोत्तरी, धनुषा, सिरहा, ताप्लेजुङ, पाँचथर, इलाम, झापा, संखुवासभा, तेह्रथुम, भोजपुर, धनकुटा, मोरङ र सुनसरी जिल्लामा मतपत्र ढुवानी भइसकेको आयोगले जनाएको छ। प्रत्यक्षतर्फ पनि १७ लाख मतपत्र छपाइ भएको आयोगले जनाएको छ ।...
यी ४८ दलले प्रतिनिधिसभातर्फ बुझाए बन्दसूची

यी ४८ दलले प्रतिनिधिसभातर्फ बुझाए बन्दसूची

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
काठमाडौं - आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सामानुपातिकतर्फ ४८ दलले उमेदवारको बन्दसूची बुझाएका छन् । आउँदो मंसिर ४ गते हुने निर्वाचनका लागि दलहरूले निर्वाचन आयोगमा बन्दसूची बुझाएका हुन् ।बन्दसूची बुझाउने दलको पहिलो नम्बरमा नेपाल समावेशी पार्टी, दोस्रो नम्बरमा तराई मधेश लोकतान्त्रिक पार्टी, तेस्रो नम्बरमा राष्ट्रिय मुक्ति आन्दोलन नेपाल छन् । सामानुपातिकतर्फ उमेदवारको बन्दसूची बुझाउने दलको अन्तिम अर्थात् ४८औँ नम्बरमा नेपाली कांग्रेस छ ।आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि यही असोज २ र ३ गतेभित्र सामानुपातिकतर्फ उमेदवारको बन्दसूची बुझाउन समय निर्धारण गरेको थियो । अधिकांश दलले सोमबार बन्दसूची बुझाएका थिए । बन्दसूची बुझाउने कार्य आज बिहान मात्र सकिएको थियो ।आयोगका अनुसार ६८ दलले समानुपातिक सूची बुझाउन निवेदन दिएका थिए । तर, ४८ दलले मात्र विवरण बुझाएका छन् ।बन्दसूची बु...