
धमाधम फरार प्रतिवादी पक्राउ गर्दै राैतहट प्रहरी , थप ४ जना पक्राउ
राैतहट - जिल्ला प्रहरी कार्यालय राैतहटले एक पछि अर्काे फरार प्रतिवादीहरुलाई पक्राउ गर्दै छन् । प्रहरीले थप ४ जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय राैतहटकाे एक बिज्ञप्ति अनुसार शनिबार देखि आइतबार सम्म प्रहरीले ४ जना फरार प्रतिवादीहरुलाई पक्राऊ गरेकाे छ। पक्राउ पर्नेमा चोरी मुद्दामा समानित रौतहट जिल्ला अदालतबाट २०७२ साल भदौ १० गते फैसला भएको लगत नं.१४०८ का फरार प्रतिवादी जिल्ला रौतहट चन्द्रपुर नगरपालिका वडा नं.५ वस्ने लखिन्द्र ठाकुर हजाम , सवारी ज्यान मुद्दामा फरार प्रतिवादी जिल्ला रौतहट चन्द्रपुर नगरपालिका वडा नं.५ वस्ने शिव बिश्वकर्मा , वन मुद्दामा फरार प्रतिवादी जिल्ला रौतहट चन्द्रपुर नगरपालिका वडा नं.५ वस्ने खजान्ती साह कानु र ज्यान मार्ने उधोग मुद्दामा वारदात पश्चात फरार रहेका प्रतिवादी जिल्ला रौतहट चन्द्रपुर नगरपालिका वडा नं.७ बनबहुअरी वस्ने समरुल मियाँ दर्जी रहेकाे ...