Tuesday, June 18
Shadow

Tag: car accident

गाैर नगरपालिकाकाे फायर बिग्रड दुर्घटनाग्रस्त, चालक सहित ५ जना घाइते

गाैर नगरपालिकाकाे फायर बिग्रड दुर्घटनाग्रस्त, चालक सहित ५ जना घाइते

banner-news, ताजा-अपडेट, मुख्य समाचार
राैतहट - आगलागी नियन्त्रण गर्न गएका बारुण यन्त्र (फायर विग्रेड) मंगलवार मध्य राति दुघटनाग्रस्त भएको छ । उक्त दुर्घटना चालक सहित पाँच जना गम्भीर घाइते भएका छन् ।गएराति करिब साढे १२ बजे गौर नगरपालिका वडा नम्वर ४ गढवामा आगो लागेको सुचना पाएपछि आगाे नियन्त्रण गर्न तुरुन्त निस्केको बारुण यन्त्र दुर्घटनाग्रस्त भएको हाे । गौर नपाको ना.१ ग. ७८८ नम्वरको बारुण यन्त्र गढवामा दुर्घटना हुँदा चालक करिम सहित पाँच जना घाईते भएको जिल्ला प्रहरी कार्यालय गौरले जनाएका हुन् । सपगढा र गढवाको बिचमा रहेको एक पोल्ट्रि फारममा आगो लागेको खबर पाउना साथ गौर नगरपालिकाको कार्यालयमा रहेका बारुण यन्त्र सहित अग्निनियन्त्रण टोली त्यस तर्फ जाने क्रममा ब्रेक फेल भएर उक्त दुखद दुर्घटना भएको बताइएको छ । दुर्घटना भएको बारुण यन्त्रले कोल्टे फेर्र्दै चक्का सहितको भाग माथि भएको हुँदा त्यस भित्र रहेका रेक्स्यु टोलीका सदस्य...
ओखलढुंगामा जीप दुर्घटनाग्रस्त, २ जनाकाे मृत्यु, ८ जना घाइते

ओखलढुंगामा जीप दुर्घटनाग्रस्त, २ जनाकाे मृत्यु, ८ जना घाइते

ताजा-अपडेट, मुख्य समाचार
काठमाडौं - ओखलढुंगाको चिसंखुगढी नगरपालिका–३, दियालेमा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । आइतबार बिहान ना१ज ८४७३ नम्बरको जीप दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको जनाइएको छ । स्थानीय भक्तबहादुर थापा र मीनबहादुर श्रेष्ठको मृत्यु भएको हो ।ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी प्रदर्शनी कुमारीका अनुसार दुर्घटनामा आठजना घाइते भएका छन् । हेलिकोप्टरमार्फत उद्धार गरेर घाइतेहरूलाई उपचारका लागि काठमाडौं पठाइएको उनले जानकारी दिइन् । ...
दार्चुलामा जिप दुर्घटनाग्रस्त, १‌ जनाकाे मृत्यु

दार्चुलामा जिप दुर्घटनाग्रस्त, १‌ जनाकाे मृत्यु

banner-news, ताजा-अपडेट, मुख्य समाचार
खलङ्गा । दार्चुलाको अपिहिमाल गाउँपालिका–५ तिम्लामा गए राति जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । पाँचजना सख्त घाइते भएका छन् । मृत्यु हुनेमा अपिहिमाल–६ का १८ वर्षीय दिनेशसिंह धामी छन् । उनको घट्नास्थलमै मृत्यु भएको अपिहिमाल गाउँपालिकाका अध्यक्ष भगतसिंह ठेकरेले जानकारी दिए ।मार्मा गाउँपालिकाको लटिनाथबाट अपिहिमालको मकरीगाडतर्फ जाँदै गरेको म१ज २३३ नम्बरको जीप दुर्घटनामा परेको हो । जीप सडकबाट झण्डै २०० मिटर तल खसेको र त्यसमा चालकसहित नौजना सवार रहेका अपिहिमाल गाउँपालिका–५ का वडाध्यक्ष राजेन्द्रसिंह धामीले बताए । तीन जनाको प्रहरी र स्थानीयले सकुशल उद्धार गरेका छन् । घाइते पाँच जनाको लटिनाथ स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । ...
दार्चुला: जीप दुर्घटनामा ५ जनाकाे मृत्यु

दार्चुला: जीप दुर्घटनामा ५ जनाकाे मृत्यु

खबर बिषेश, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल,१ भदाै, दार्चुला। दार्चुलामा जीप दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै ज्यान गएको छ । जीप सडकबाट पाँच सय मिटर तल खस्दा नौ जना घाइते भएका छन् ।गोकुलेश्वरबाट सदरमुकाम खलंगातर्फ गइरहेको से. १ ज ५५१ नम्बरको जीप शैल्यशिखर नगरपालिका–६ मा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।जीपमा रहेका चार पुरुष र एक महिलाको घटनास्थलमै मृत्यु भएको छ । गम्भीर घाइते चार जनाको उद्धार गरेर उपचारको निम्ति गोकुलेश्वर पठाइएको छ । अन्यको उद्धार भइरहेको प्रहरीले जनाएको छ । ...