राैतहटबाट काठमाडौंका लागि छुटेकाे बसमा भेटियो लागुऔषध , २ जना पक्राउ
राैतहट - गएराति लागुऔषधसहित २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। राैतहट प्रहरीले शुक्रबार करिब ९ बजेकाे समयमा माैलापुर देखि काठमाडौंका लागि छुटेकाे यात्रु बसबाट प्रतिबन्धित लागुऔषध सहित २ जनालाई नियन्त्रणमा लिएको हो। मौलापुरबाट काठमाण्डौ तर्फ जानको लागि रात्री बस जिल्ला रौतहट गौर नगरपालिका - ४ बसपार्क भित्र पुगेकाे थियो । गाैर बसपार्क पुगेको ना.८ ख-४७१८ नंम्बरको यात्रु वाहक शुसिल डिलक्स बसलाई चेकजाँच गर्दा बसबाट डाईजोपाम ५७५ थान ऐम्पुल, फेनरागन ५ सय ७५ थान, नुरफिन ५ सय ७५ थान र नाईट्रोभेट ट्याबलेट ४ हजार ५ सय ५० पिस गरी कुल ६ हजार २ सय ७५ प्रतिबन्धित लागुऔषध फेला परेकाे जिल्ला प्रहरी कार्यालय राैतहटका प्रवक्ता सुनिल मल्लले जानकारी दिनु भयाे । चेकजाँच गर्ने क्रममा उक्त लागुऔषध बसको डिकिमा चामलको बोरा भित्र राखिएको उनले बताउनुभयो । लागुऔषध फेला परेपछि जिल्ला रौतहट मौलापुर नगरपालिका- ६...