Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wp-statistics domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/sachtakn/public_html/wp-includes/functions.php on line 6114

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the denra-wp-dt domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/sachtakn/public_html/wp-includes/functions.php on line 6114

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the advanced-ads domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/sachtakn/public_html/wp-includes/functions.php on line 6114
bara | Sach Tak Nepal
Monday, March 17
Shadow

Tag: bara

बाराबाट ७१ लाख ७४ हजारको सामान बरामद

बाराबाट ७१ लाख ७४ हजारको सामान बरामद

ताजा-अपडेट, मुख्य समाचार
२९ पुस, बारा । बाराबाट ७१ लाख ७४ हजार बराबरको अवैध सामान प्रहरीले बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय बाराले दिएको जानकारीअनुसार, मिति २०८१ माघ १२ गते बिहान ३:३० बजेको समयमा ईलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट खटिएको प्रहरी टोलीले ट्रकलाई जाँच गर्ने क्रममा उक्त सामान फेला पारेको हो।प्र. ०२-०३-००४ प ८८८८ नम्बरको ट्रकमा लुकाएर ल्याइएको सामानमा पिपिओभेनबैग, औषधि, किचन ओभन, खोपसम्बन्धी सामग्री लगायतका वस्तुहरू छन्। बरामद गरिएका सामानहरूको बजार मूल्य ७१ लाख ७४ हजार रहेको प्रहरीले जनाएको छ।बरामद सामग्री आवश्यक कानुनी प्रक्रिया पूरा गरी भन्सार कार्यालयमा बुझाइएको छ। ट्रक र चालकलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ। ...
लगभग दुई कराेडकाे हिनामिना आराेपमा हुलाकका प्रमुख पक्राउ

लगभग दुई कराेडकाे हिनामिना आराेपमा हुलाकका प्रमुख पक्राउ

banner-news, ताजा-अपडेट, मुख्य समाचार
बारा - बचतकर्ताको लगभग दुई करोड रकम हिनामिना गरेको आरोपमा प्रहरीले जिल्ला हुलाक कार्यालय बाराका प्रमुख बलिराम प्रसाद कुर्मीलाई नियन्त्रणमा लिएको छ । हुलाक बचत बैंकबाट एक करोड ९५ लाख ३४ हजार नौ सय ६६ रुपैयाँ हिनामिना गरेको आरोपमा प्रहरीले ५० वर्षीय कुर्मीलाई पक्राउ गरेको हो । पर्सा बहादुरमाई गाउँपालिका २ का कुर्मीविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको थियो । बचतकर्ताले दिएको उजुरीका आधारमा कुर्मीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएकाे छ । पक्राउ परेका कुर्मीलाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको प्रवक्ता पाण्डेले बताए । ...
तीन स्थानमा उपनिर्वाचनको मतदान जारी

तीन स्थानमा उपनिर्वाचनको मतदान जारी

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
बारा । बिहानै देखि तिन स्थानमा मतदान गर्ने क्रम जारी छ । बारा क्षेत्र नं. २, चितवन क्षेत्र नं. २ र तनहुँ क्षेत्र नं. १ मा मतदान सुरु भएको छ । बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म चल्ने निर्वाचन आयोगले जनाएको छ । निर्वाचनका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ ।गत मंसिर ४ को प्रतिनिधि सभा निर्वाचनमा तनहुँ क्षेत्र नं. १ बाट निर्वाचित नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल राष्ट्रपति भएकाले, बारा २ बाट निर्वाचित जसपाका रामसहाय प्रसाद यादव उपराष्ट्रपति भएकाले उपनिर्वाचन गराउन लागिएको हो ।यसैगरी चितवन २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको नागरिकता सर्वोच्च अदालतले खारेज गरिदिएसँगै उनको सांसद पद गुमेपछि त्यहाँ पनि उपनिर्वाचन गरिएको हो । प्रत्यक्ष निर्वाचित सांसद पदहरु रिक्त भएमा उपनिर्वाचनबाट पूर्ति गर्नुपर्ने कानुनी व्यवस्था छ ।चितवन क्षेत्र नम्ब...
उपनिर्वाचनको तयारी तीव्र

उपनिर्वाचनको तयारी तीव्र

banner-news, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
बारा - आगामी वैशाख १० मा हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि उम्मेदवारको नामावाली प्रकाशनसँगै निर्वाचन आयोग, राजनीतिक दल र उम्मेदवारहरू आफ्ना तयारीमा तीव्रताका साथ जुटेका छन् ।मधेस प्रदेशको बारा क्षेत्र नं २, गण्डकी प्रदेशको तनहुँ क्षेत्र नं १ र बागमती प्रदेशको चितवन क्षेत्र नं २ मा हुने उपनिर्वाचनका लागि कूल ६९ जनाको उम्मेदवारी दर्ता भएको छ । जसमध्ये बारा क्षेत्र नं २ मा सबैभन्दा धेरै ३६ जनाको उम्मेदवारी परेको छ । साथै तनहुँ क्षेत्र नं १ मा नौ र चितवन क्षेत्र नं. २ मा २४ जना उम्मेदवारी परेको छ ।बारा क्षेत्र नं २ मा गत मङ्सिर ४ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा जनता समाजवादी पार्टीबाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि सो क्षेत्रमा उपनिर्वाचन हुँदैछ । सो क्षेत्रमा त्यसबेला खसेकोमध्ये ६३ हजार सात सय ४२ सदर मतमा साहले १३ हजार आठ सय २२ मत प्राप्त गरी विजय ...
विवाह भाेजमै धारिलो हतियारले घाइते बनाउने एक युवक पक्राउ

विवाह भाेजमै धारिलो हतियारले घाइते बनाउने एक युवक पक्राउ

banner-news, ताजा-अपडेट, मुख्य समाचार
वीरगञ्ज । बारामा विवाह भोजमा धारिलो हतियार प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा फेटा गाउँपालिका–१ भलुहीका स्थानीय सुरज कुमार दास रहेका छन् ।बाराको विश्रामपुर गाउँपालिका–१ छतवा टोलमा लुकेर बसेको अवस्थामा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए ।पक्राउ परेका उनीमाथि ज्यान मार्ने उद्योग मुद्दामा ४ दिनको म्याद अनुमति लिएर हिरासतमा राखी थप गरिरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।सुरजले फागुन २८ गते स्थानीय रामविद्या महतोको घरमा बिवाह भोज चलिरहँदा राजकरणको टाउकोमा पछाडीबाट फलामको धारिलो कैचीले प्रहार गरेको प्रहरीको आरोप छ ।राजकरणलाई घाइते बनाएपछि सुरज भागेका थिए। घाइते राजकरण दासलाई उपचारको लागि पठाएर प्रहरीले सुरजको खोजी गरिरहेको थियो । ...
महाशिवरात्रि र नेपाल सेना स्थापनाकाे अवशरमा विभिन्न कार्यक्रमकाे आयाेजना

महाशिवरात्रि र नेपाल सेना स्थापनाकाे अवशरमा विभिन्न कार्यक्रमकाे आयाेजना

banner-news, ताजा-अपडेट, मुख्य समाचार
बारा - प्रत्येक वर्ष झै महाशिवरात्रि तथा नेपाल सेनाकाे २६० औं वार्षिक उत्सवकाे अवशरमा यस वर्ष पनि विभिन्न कार्यक्रमकाे आयाेजना गरि मनाइएको छ। शनिबार बारा जिल्लामा तैनाथ श्री नं.२८ वाहीनी अड्डा‌ तथा‌ श्री ज्वालादल गणकाे संयुक्त आयोजनामा निजगढ नगरपालिका -४ स्थित श्री पर्वतनाथ महादेव मन्दिर परिसरमा स्थानीय सांस्कृतिक झल्काउने विभिन्न कार्यक्रम तथा नेपाली सेनाकाे गतिविधि झल्काउने भिडियो प्रदर्शन आयाेजना भएको हाे ‌ । यतिमात्र नभएर जिम्मेवारी क्षेत्रमा गरिएका सुरक्षा सम्बन्धी तस्बिरहरु साथै स्थानीय स्राेत र साधन प्रयोग गरि मेडिकल संचालन समेत गरिएको हाे । एनसिसी अलमुनियम संग समन्वय गरी सांस्कृतिक कार्यक्रम तथा त्यहाँका स्थानीय बसोबास गरेका भू.पु सैनिक तथा आस्रित परिवारहरुबाट विभिन्न राेचक कार्यक्रम गर्नुकाे साथ-साथै प्रसिद्ध गढीमाई मन्दिरलाई सरसफाई गरी कलम यात्रा समेतकाे आयाेजना गरि महाश...
हातहतियारसहित एक भारतीय युवा पक्राउ

हातहतियारसहित एक भारतीय युवा पक्राउ

banner-news, ताजा-अपडेट, मुख्य समाचार
बारा । प्रहरीले हतियारसहित एक जना भारतीय युवालाई पक्राउ गरेकाे छ ।भारतको बिहार पूर्वी चम्पारण मोतिहारी जिल्लाको मोतिहारी नगरपालिका-१६ का ४० वर्षीय चन्दन कुमारलाई जिल्लाको सीमावर्ती नाका गुलरियाबाट सशस्त्र प्रहरीले पेस्तोल र त्यसमा लाग्ने गोलीसहित उनलाई आइतबार साँझ नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । पक्राउ परेको निजका साथबाट एक थान पेस्तोल, म्याग्जिन र ७ राउन्ड गोली सशस्त्र प्रहरीले बरामद गरेको छ ।प्रहरीका अनुसार दाहिने कम्मरमा होस्टाइल भित्र मोडल नं २०२२ आर एफ आई लेखिएको ३ राउण्ड गोली लोड भएको पेस्तोल तथा आफ्नो, पत्नीको र दाइको भारतीय आधार कार्ड र ११ हजार २ सय ७० भारतीय रूपैयाँ लगाएत एउटा मोबाइल समेत उनको साथबाट सशस्त्र प्रहरीले बरामद गरेको छ ।पक्राउ परेका कुमारलाई ईलाका प्रहरी कार्यालय सिम्रौनगढमा राखी यसबारे थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ । ...
कानुनको धज्जी उडाउँदै पचरौता नगरपालिकाको मेयर

कानुनको धज्जी उडाउँदै पचरौता नगरपालिकाको मेयर

ताजा-अपडेट, मुख्य समाचार
अमरेस कुमार पाण्डेय,बारा- बाराको कलैयामा पचरौता नगर पालिकाका वडा अध्यक्ष पत्रकार सम्मेलन गरेका छन्। कलैया उपमहानगरपालिकामा पचरौता नगर पालिकाका वडा अध्यक्षहरुले पत्रकार सम्मेलन गरेर पचरौता नगर पालिकाले नगर सभा गरेकोले घोर भत्सर्ना गरेका छन्। पचरौता नगर पालिकाको नगर सभा नगर सभा सदस्यलाई बिना सुचना र कार्यालय प्रमुखको बिना उपस्थितिमा अल्पमतको अधारमा स्थानीय सरकार ऐन बिपरित आफू मातहतका केही जनप्रतिनिधि बिचमा नगर सभा सकिए पछि सामाजिक संजालमा सुचना आउदा ध्यानाकर्षण भएकोहो,अल्पमतमा गरिएको नगर सभाको कुनै औचित्य नरहेको यस नगरको नगर सभा बिधि शासन भित्र रहि नगर सभा सदस्यहरुको गर्न गराउन माग गरेका छन्। नेपाल एकात्मक राज्य अन्तय भइ संघिय लोकतान्त्रिक, गणतन्त्र भइ सके ता पनि त्यसको आभाष नगर बासिले नगर्नु नेपालको संविधानकै धज्जी उडाएको नगर प्रमुखको व्यवहारले देखिन्छ आजको नगर सभा हरेक दृस्ठिले क...
समाचार प्रति जनताको बिशवास घट्दै हावाको भरमा समाचारहरु सम्प्रेषण

समाचार प्रति जनताको बिशवास घट्दै हावाको भरमा समाचारहरु सम्प्रेषण

ताजा-अपडेट, मुख्य समाचार
सैलेश तिवारी बारा । पत्रकारिता पेशामा केहि अपराधी मनस्थित बोकेका ब्यक्तिहरूले गर्दा हालको समयमा अधिकान्स पत्रकारहरू माथि औला उठन थालिएको छ । भुमिगत रहि पत्रकारिता गर्दै आएकाहरूले केहि रकमको लोभमा परि कुनै प्रहरी माथि आरोप प्रत्यारोप लगाउदै समाचार सम्प्रेषण गरेको पाइएको हो । भादौ २१ गते बाराको बलिरामपुर मुसहर्वा सिमानाकाको समाचार प्रकाशन भएको थियो । प्रहरी हवल्दार चन्द्र भुषण मिश्राको सेटिङ्ग अवैध धन्दा फस्टाएको शिर्षक राखि समाचार सम्प्रेषण गरिएको थियो । तर प्रहरी हवल्दार मिश्राको श्रीमतीको मुटुको अपरेसन भएको कारण मिश्रा आफ्नो श्रीमतीको हेरचाह गर्नको लागि सधैं घर जान्छन् । उनि बलिरामपुर मुसहर्वा प्रहरी चौकिमा कार्यरत रहेका छन् तर घुमुवा नभइ उनि आफ्नो ड्युटीमा खटने गरेको प्रहरी चौकिका प्रमुख प्रहरी नायब निरीक्षक रोशन अधिकारी बताउछन । प्रहरी नायब निरीक्षक अधिकारीले आफ्नो ड्युटी सकाएर नजिकै ब...