Sunday, July 21
Shadow

Tag: arrested

१ कराेड ८८ लाख बिदेशी मुद्रासहित ३ भारतीय क्यासिनोबाट पक्राउ

१ कराेड ८८ लाख बिदेशी मुद्रासहित ३ भारतीय क्यासिनोबाट पक्राउ

banner-news, ताजा-अपडेट, मुख्य समाचार
काठ्माण्डौ - शुक्रबार प्रहरीले काठमाडौंको दरबारमार्गस्थित क्यासिनो प्यालेसबाट एक करोड आठ लाख विदेशी मुद्रासहित तीनजना भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ परेका ३ जना पक्राउ पर्नेमा भारतीय नागरिक गुलाब सिंह, रिसब पावा तथा गौरव चोपडा रहेका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोद ढुंगेलले जानकारी दिए। ‘क्यासिनो प्यालेसको अन्डरग्राउन्डमा अनलाइनमार्फत सट्टेबाजी गराएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो। उनीहरूको साथबाट एक करोड ८ लाख ९ हजारबराबरको विदेशी मुद्रा बरामद गरिएको छ।’ प्रहरी उपरीक्षक ढुंगेलले बताए । बरामद बिदेशी मुद्रा ...
क्रिकेटर सन्दिप लामिछानेलाई ८ वर्ष कैद सजाय

क्रिकेटर सन्दिप लामिछानेलाई ८ वर्ष कैद सजाय

banner-news, ताजा-अपडेट, मुख्य समाचार
काठमाडौं । जिल्ला अदालत काठमाडौंले बलात्कारको आरोपमा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय सुनाएको छ ।बुधबार न्यायाधीश शिशिरराज ढकालको इजलासले उक्त फैसला सुनाएको हो । त्यस्तै इजलासले ३ लाख जरिवाना र पीडितलाई २ लाख रुपैयाँ क्षतिपूर्ति भराउन पनि आदेश दिएको छ । लामिछानेले पीडित युवतीको नाजुक आर्थिक अवस्थाको फाइदा उठाएर जबरजस्ती करणी गरेको अदालतको ठहर छ ।गौशाला २६ नाम दिइएकी ती किशोरीलाई लामिछानेले काठमाडौँको सिनामंगलस्थित एक होटलमा लगेर बलात्कार गरेको आरोप लागेको थियो । यस प्रकरणमा सबैभन्दा पेचिलो विषय पीडित भनिएकी किशोरीको उमेर भएको थियो । पीडित पक्षले नाबालिगमाथि बलात्कार भएको दाबी गर्दै आएको थियो भने सन्दीपको पक्षबाट किशोरी नाबालिग नभएका जन्मदर्तासहितका कागजपत्र र अन्य प्रमाण अदालतमा पेश भएको थियो ।सन्दीपविरुद्ध आफूलाई नाबालिग बताउँदै गौशाला २६ ले जबरजस्ती करणीको आरोप...
गत माघमा महेन्द्रनगर हिरासतबाट फरार थप एक थुनुवा पक्राउ

गत माघमा महेन्द्रनगर हिरासतबाट फरार थप एक थुनुवा पक्राउ

ताजा-अपडेट, मुख्य समाचार
जनकपुरधाम । इलाका प्रहरी कार्यालय महेन्द्रनगर धनुषाको हिरासत कक्षबाट फरार रहेका थप एक थुनुवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर–२ रमदैया बस्ने २५ वर्षीय रोशन यादव रहेकाे प्रहरीले जनाएकाे छ ‌। यादवलाई शनिबार बिहान साढे १० बजेको समयमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटेको प्रहरी टोलीले भारतको सितामढीबाट महोत्तरीको औरही बजारस्थित आफ्नो दिदीको घर आउँदै गरेको अवस्थामा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रमुख विश्व राज खड्काले जानकारी दिए ।गत माघ १६ गते इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासत कक्षको वाल भत्काएर फरार भएका ६ जना थुनुवाहरू मध्ये ५ जनालाई पक्राउ गरी थप अनुसन्धान गरिएको र बाँकी रहेका एक जनामाथि सार्वजनिक शान्ति विरुद्धको अपराधमा मुद्दा चलिरहेको थियो । पक्राउ परेका यादवलाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा ल्या...
पुर्व आइजीपी सिंहकाे खास मान्छे हुँ भन्दै ठग्ने पत्रकार विमानस्थलबाट पक्राउ

पुर्व आइजीपी सिंहकाे खास मान्छे हुँ भन्दै ठग्ने पत्रकार विमानस्थलबाट पक्राउ

ताजा-अपडेट, मुख्य समाचार
काठमाडौँ । सरकारी कागजात कीर्ते गरेको आरोपमा पत्रकार मदनबाबु भण्डारी पक्राउ परेका छन । सुरक्षा न्युज नेटवर्कका प्रबन्ध निर्देशक रहेका मदनबाबु भण्डारी केहीबेर अघि त्रिभुवन विमानस्थलबाट पक्राउ परेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी दानबहादुर कार्कीले जानकारी दिए । उनले भने भण्डारीको बारेमा सरकारी कागजात कीर्तेको उजुरी परेको र सोही क्रममा अनुसन्धानका लागि पक्राउ गरिएको बताए । भण्डारी पोखराबाट काठमाडौँ फर्किने क्रममा पक्राउ परेका हुन ।भण्डारी केही दिनअघि प्रहरी प्रमुख बसन्त कुँवरसँगै बुटवल हुँदै अर्घाखाँची गएका थिए । रूपन्दहीका एक प्रत्यक्षदर्शीका अनुसार कुँवरकै गाडीमा भण्डारी गुम्मी पुगेका थिए । गुल्मी नै स्थायी घर भएका भण्डारी लामो समयदेखि सुरक्षा बिटमा कार्यरत पत्रकार हुन । उनी पछिल्लो समय प्रमुख प्रमुख कुँबरको निकै नजिक रहेर सूचना सम्प्रेषण गरिरहेका थिए । केही दिनअघिदेखि...
एसईई दिएका नक्कली परीक्षार्थीहरु धराैटीमा रिहा

एसईई दिएका नक्कली परीक्षार्थीहरु धराैटीमा रिहा

ताजा-अपडेट, मुख्य समाचार, शिक्षा
विराटनगर । अर्काको नाममा एसईई परीक्षा दिएको आरोपमा पक्राउ परेका सबै परीक्षार्थी छुटेका छन् ।जिल्ला अदालत मोरङले १८ वर्ष उमेर पुगेका परीक्षार्थीलाई धरौटी र नाबालक परीक्षार्थीलाई अभिभावकको जिम्मा लगाउने आदेश दिएको हो ।जिल्ला अदालत मोरङका न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इलजासले थुनछेक बहसपछि १८ वर्ष उमेर पुगेका १६० जना परीक्षार्थीलाई जनही ४० हजार रूपैयाँ धरौटीमा पूर्पक्षका लागि छाड्ने आदेश दिएको हो ।आदेशपछि १६० जना परीक्षार्थी धरौटी बुझाएर छुटेका छन् । ३४ जना नाबालक परीक्षार्थीलाई भने अभिभावकको जिम्मा लगाउने आदेश भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।नक्कली परीक्षार्थी परिचालन गर्ने इन्स्टिच्युटका सञ्चालक धरानका सन्तोष राईलाई भने अदालतले दुई वटा मुद्दामा एक–एक लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।अर्काको नाममा परीक्षा दिएको आरोपमा मोरङका तीन वटा परीक्षा केन्द्रबाट गत चैत २२ र २३ ग...
अस्ट्रेलिया पठाउने भनी ३० लाख ठगी गर्ने एक महिला पक्राउ

अस्ट्रेलिया पठाउने भनी ३० लाख ठगी गर्ने एक महिला पक्राउ

ताजा-अपडेट, मुख्य समाचार
काठमाडौं। अस्ट्रेलिया पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा सुनसरीको धरान उपमहानगरपालिका-१३ घर भई हाल काठमाडौं महानगरपालिका-१ लाजिमपाट बस्‍ने २५ वर्षीया सयना रहेका छन् ।उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लाजिमपाटबाट पक्राउ गरेको हो ।पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको प्रहरीले जनाएको छ ।उनले पीडितहरुबाट पटक पटक गरी ३० लाख रुपैयाँ रकम ठगी गरी सम्पर्कविहीन भएको प्रहरीको आरोप छ । ...
जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ

ताजा-अपडेट, मुख्य समाचार
ईटहरी - ईटहरी उपमहानगरपालिका-२ पशपति चोक बस्ने ६० वर्षीय केदर श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका-२ बस्ने ३४ वर्षीय दिपक थापासहित ७ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २५ हजार ७ सय ९५ रूपैयाँ र ६ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । ...
ईजरायल पठाउने भनी ठगी गरेको आरोपमा एक जना पक्राउ

ईजरायल पठाउने भनी ठगी गरेको आरोपमा एक जना पक्राउ

ताजा-अपडेट, मुख्य समाचार
काठमाडौं - ईजरायल पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा झापा कमल गाउँपालिका-७ घर भई काठमाडौं कपन बस्ने ३२ वर्षीया हरीकला दाहाललाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  वैदेशिक रोजगारीको लागि ईजरायल पठाई कन्सट्रकसनको काम लगाईदिन्छु भन्दै प्रलोभनमा पारी पीडितहरूबाट पटकपटक गरी जम्मा ४८ लाख रुपैयाँ ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-७ चावहिलबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंमा पठाइएको नेपाल प्रहरी केन्द्रीय कार्यालयले जनाएको छ। ...
चक्रे मिलनका सहयोगी गणेश बाेगटी पक्राउ

चक्रे मिलनका सहयोगी गणेश बाेगटी पक्राउ

ताजा-अपडेट, मुख्य समाचार
काठमाडौं। गुण्डा नाइके चक्रे मिलनका सहयोगी (बडी गार्ड) गणेश बोगटी पक्राउ परेका छन्। हतियारसहित चक्रे मिलनको सुरक्षामा खटिएको देखिएपछि बाँके प्रहरीले उनलाई चिसापानीबाट साँझ नियन्त्रणमा लिएको जनाएको छ।टिकटकमा मिलनको बडिगार्डका रुपमा हतियार प्रदर्शन गरेको भिडिओ सार्वजनिक भएपछि प्रहरीले उनको खोजी गरिरहेको जनाएको थियो। त्यसको सामाजिक सञ्जालमा चर्को आलोचना भएको थियो। ‘राति नै पक्राउ गरिहेको छ अनुसन्धान हुन बाँकी रहेको छ’, जिल्ला प्रहरी बाँकेका एसपी सन्तोषसिंह राठौरले भने।सोमबार उनी चक्रे मिलनको पछाडि हतियार बोकेर सामाजिक सञ्जालमा देखापरेका थिए। भिडिओमा चक्रेसँगै अन्य १०/१२ जना युवक देखिएपनि बोगटीले हतियार सहित सुरक्षा दिएका थिए। ...
लामिछानेको मुद्दामा आज सुनुवाई नहुने

लामिछानेको मुद्दामा आज सुनुवाई नहुने

ताजा-अपडेट, मुख्य समाचार
काठमाण्डौ – पूर्व कप्तान सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाई नहुने भएको छ । मुद्दाको अन्तिम सुनुवाइका लागि जिल्ला अदालत काठमाडौंका न्यायाधीश नारायणप्रसाद दाहालको इजलासमा छैठौं नम्बरमा पेशी तोकिएको थियो । तर पीडित किशोरीका वकिलले सुनुवाई स्थपगत गराएका हुन् । जिल्ला अदालतले कात्तिक १८ गते सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । तर जिल्लाको आदेश बदर गर्दै उच्च अदालतले २० लाख नगद धरौटीमा रिहा गर्न आदेश दिएको थियो । उच्चको आदेशसँगै उनी ९९ दिनपछि थुनामुक्त भएका थिए । एक नाबालिगलाई बलात्कार गरेको आरोप लागेपछि सन्दीपलाई प्रहरीले असोज २० गते त्रिभुना अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो ।...