Sunday, June 23
Shadow

Tag: apf

ब्याडमिन्टन प्रतियोगिताकाे प्रथम उपाधि प्रहरी निरीक्षक कुँवर र बरिष्ठ नायब निरीक्षक खड्कालाई

ब्याडमिन्टन प्रतियोगिताकाे प्रथम उपाधि प्रहरी निरीक्षक कुँवर र बरिष्ठ नायब निरीक्षक खड्कालाई

banner-news, खेलकुद, ताजा-अपडेट, मुख्य समाचार
राैतहट - जिल्ला प्रहरी कार्यालय राैतहट गाैरले आयाेजना गरेकाे ३ दिवसीय डबल्स ब्याडमिन्टन प्रतियोगिताकाे सम्पन्न भएको छ। राैतहट जिल्ला स्थित गाैर दालमिल‌ आयाेजित प्रतियाेगिता आज सम्पन्न भएको हाे । शनिबार करिब ११ बजे सुरु भएको अन्तिम खेलमा प्रथम उपाधि प्रहरी निरीक्षक दिनेश बहादुर कुँवर र प्रहरी नायव निरीक्षक याेगराज खड्कालाई प्रदान गरिएको छ। त्यस्तै दाेस्राे उपाधि प्रहरी नायब उपरीक्षक उमाशंकर प्रसाद यादव र सशस्त्र प्रहरी बल गाैर भन्सारका प्रहरी नायब उपरीक्षक सुर्यप्रसाद तिमल्सिनालाई प्रदान गरिएको छ। त्यसैगरी तेस्रो बिजेताकाे उपाधि प्रहरी निरीक्षक लोकेन्द्र जि.सी. र प्रहरी जवान शिवनाथ प्रसाद यादवलाई पररलान गरिएको छ। उक्त कार्यक्रममा जिल्ला प्रमुख अधिकारी धर्मेन्द्र कुमार मिश्र ,जिल्ला प्रहरी कार्यालय राैतहटका उपरीक्षक बिरबहादुर बुढामगर, सशस्त्र प्रहरी बल राैतहटका प्रहरी उपरीक्षक माधव...
सशस्त्र प्रहरीमाथि खुकुरी प्रहार गरेको आरोपमा ५ जना पक्राउ

सशस्त्र प्रहरीमाथि खुकुरी प्रहार गरेको आरोपमा ५ जना पक्राउ

ताजा-अपडेट, मुख्य समाचार
कञ्चनपुर । कञ्चनपुरमा ड्युटीमा रेहका सशस्त्र प्रहरीलाई खुकुरी प्रहार गरेको आरोपमा पाँच जना पक्राउ परेका छन्।दोधारा चादँनी नगरपालिका-७, कञ्चभोजमा रहेको बोर्डर आउट पोष्ट (बीओपी) का प्रमुख सशस्त्र प्रहरी नायब निरीक्षक (सई) नरेन्द्रसिंह चैंसिरमाथि खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको हो।पोष्ट नजिकै शुक्रबार राति साढे १० बजे उनीहरूले सशस्त्र सई चैंसिरलाई खुकुरी प्रहार गरेका थिए।जोगबूढा झोलुंगे पुल नजिकैको पसलमा मादक पदार्थ सेवन गरेर हो–हल्ला गरिरहेका युवाहरूलाई सम्झाउँदा उल्टै खुकुरी प्रहार गरेर उनीहरू फरार भएका थिए।शनिबार पक्राउ गरिएका उनीहरूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश डाँगीले जानकारी दिए।खुकुरी प्रहारबाट सई चैंसिरको बायाँ पाखुरामा चोट लागेको छ। ...
कञ्चनपुरमा बिओपी प्रमुखमाथिनै खुकुरी प्रहार

कञ्चनपुरमा बिओपी प्रमुखमाथिनै खुकुरी प्रहार

ताजा-अपडेट, मुख्य समाचार
कञ्चनपुर । सशस्त्र प्रहरीका बोर्डर आउट पोष्ट (बीओपी) का प्रमुखमाथि खुकुरी प्रहार भएको छ ।दोधारा चाँदनी नगरपालिका–७ कञ्चन भोजमा बीओपी का प्रमुख सशस्त्र प्रहरी नायब निरीक्षक नरेन्द्र चैंसिरमाथि खुकुरी प्रहार भएको हो । गत शुक्रवार राति होहल्ला गरे पछि सम्झाउन गएका सई चौंसिर माथि खुकुरी प्रहार गरिएको हो ।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता प्रकाश डाँगीका अनुसार शुक्रबार राति १० बजेको समयमा बिओपी प्रमुख माथि खुकुरी प्रहार भएको हो । सो खुकुरी प्रहारवाट उनको बायाँ पाखुरामा चोट लागेको छ ।खुकरी प्रहार गरी फरार रहेकाहरुकाे अहिले खोजी कार्य जारी राखिएको प्रहरीले बताएकाे छ । ...
११८ कार्टुन मदिरा बाेकेकाे गाडी‌ सशस्त्र प्रहरी बेलबिछवाकाे नियन्त्रणमा

११८ कार्टुन मदिरा बाेकेकाे गाडी‌ सशस्त्र प्रहरी बेलबिछवाकाे नियन्त्रणमा

banner-news, ताजा-अपडेट, मुख्य समाचार
राैतहट - गएराति सशस्त्र प्रहरी बल बेलबिछवाले अबैध मदिरा बाेकेकाे गाडी नियन्त्रणमा लिएको छ। आइतबार राति करिब ९‌ बजेकाे समयमा रौतहट जिल्लाको राजदेवी-९ ब्रहम्पुरी स्थित बि.ओ.पि.बेलबिछवाबाट सशस्त्र प्रहरी निरीक्षक उमेश ढकालको कमाण्डमा खटिएका टाेलीले ११८ कार्टुन साेफी मदिरा बरामद गरेको छ। बि.ओ.पि. र प्रहरी चाैकी बेलबिछवाकाे संयुक्त टाेलीले नेपालबाट भारत तर्फ जादै गरेको बिआर २९ एस ९४०४ नम्बरकाे भारतीय बाेलेराे राेकी चेकजाँच गर्दा अन्दाजी मूल्य १ लाख २० हजार बराबरको ११८ कार्टुन साैफी मदिरा बरामद भएको हाे । प्रहरी चौकि बेलबिछवा बाट प्र.स.नि. श्री किशोर ठाकुर र सशस्त्र प्रहरी निरीक्षक उमेश ढकालको कमाण्डमा टाेलीले‌ अन्दाजी मूल्य ५ लाख बराबरको बाेलेराे गाडी र १ लाख २० हजार बराबरको साैफी कुल ६‌ लाख २०‌ हजार बराबरको मदिरा र गाडी‌ नियन्त्रणमा लिएको छ। चेकजाँच गर्ने क्रममै चालक फरार भएको समेत प...
सशस्त्र प्रहरी प्रवक्तामा पुरुषाेत्तम थापा‌ नियुक्त

सशस्त्र प्रहरी प्रवक्तामा पुरुषाेत्तम थापा‌ नियुक्त

banner-news, ताजा-अपडेट, मुख्य समाचार
काठमाडौं - सशस्त्र प्रहरी बलको प्रवक्तामा बरिष्ठ उपरिक्षक (एसएसपी) पुरुषोत्तम थापा नियुक्त भएका छन् । आईजीपी राजु अर्यालले शुक्रवार थापालाई प्रवक्ता र सूचना अधिकारीको जिम्मेवारी दिएका हुन् ।यसअघि सशस्त्र प्रहरी बलको प्रवक्ता रहेका डीआईजी विदुर खड्कालाई गृह मन्त्रालयले नम्बर-५ विन्ध्याबासनी बाहिनी मुख्यालयमा काज सरुवा गरेको छ । ...
नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षकहरु अमेरिका जाँदै

नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षकहरु अमेरिका जाँदै

अन्तर्राष्ट्रिय, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल,१३ भदाै, राैतहट । नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह र सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल अमेरिका जानुहुने भएको छ । इन्टरपोल बैठकमा भाग लिन उहाँहरु आज अमेरिका जान लाग्नुभएको हो । सो सम्मेलनले आतंकवाद, अपराध नियन्त्रण र लागुऔषधको दुव्यवसनी सम्बन्धी विषयमा छलफल हुनेछ । एक सातासम्म अमेरिका रहदाँ विभिन्न मुलुकका प्रहरी अधिकारीहरुलाई भेट्ने कार्यक्रम तय भएको छ । ...
सशस्त्रमा एआईजी बढुवाको सिफारिस

सशस्त्रमा एआईजी बढुवाको सिफारिस

ताजा-अपडेट, मुख्य समाचार, सूचना / प्रविधि
सच तक नेपाल डेस्क, १० जेठ, रौतहट । गृह मन्त्रालयले सशस्त्र प्रहरी बलमा पनि एक जना सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवाको लागि सिफारिस गरेको छ । गृह मन्त्रालयको बढुवा समितिले सशस्त्र प्रहरी नायव महानिरीक्षक चन्द्रप्रकाश गौतमलाई हिजो सिफारिस गरेको हो । उक्त सिफारिसप्रति चित्त नबुझ्ने डिआईजीहरुले सात दिनभित्र उजुरी दिन पनि बढुवा समितिको सचिवालयले लोक सेवा आयोगलाई दिएको बोधार्थ पत्रमा उल्लेख छ । ...