Tuesday, June 18
Shadow

Tag: akhtiyaar

१३ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर

१३ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर

banner-news, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल,१६ भदाै,‌ राेल्पा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाका तत्कालीन प्रमुख जिल्ला अधिकारी तथा मुआब्जा निर्धारण समितिका अध्यक्ष वसन्तराज गौतमसहित १३ जनाविरुद्ध विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको छ।धनुषा जिल्लाको तत्कालीन भरतपुर गाउँ विकास समितिअन्तर्गत नेपाली सेनाका लागि अधिग्रहण भएको गुठीको स्वामित्वको जग्गामा किर्ते मोही कायम गरी मुआब्जा वितरणमा भ्रष्टाचारजन्य कसुर गरेको पुष्टि हुन आएकाले आरोपपत्र दायर गरिएको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीद्वारा बुधबार जारी प्रेस विज्ञप्तिमा उल्लेख छ।गुठी संस्थान शाखा कार्यालय धनुषाका तत्कालीन कार्यालय प्रमुख राजबाबु पाण्डे, तत्कालीन सहायक प्रशासक मनोजकुमार शर्मा भनिने मनोजकुमार आचार्य र तत्कालीन वरिष्ठ लेखा सहायक हरिचन्द्र भुसालले गुठी संस्थानकै खातामा भुक्तानी हुनुपर्ने र मोही कायम हुनै नसक्ने व्यक्तिहरू गायत्रीदेवी जयसवाल ...