नागरिक उड्डयन प्राधिकरणकाे थप पाँचवटा नयाँ नियम
काठमाडौं - हवाई दुर्घटना न्यूनीकरण गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले पाँचवटा नयाँ नियम जारी गरेको छ। आन्तरिक हवाई उडानलाई थप सुरक्षित, भरपर्दो, मर्यादित र व्यावसायिक बनाउने उद्देश्यले नयाँ हवाई उडान व्यवस्था गरिएको प्राधिकरणले बताएको छ।नयाँ नियमअनुसार भिजुअल फ्लाइट रुल्स (ककपिटबाट पाइलटले आँखाले हेरेर उडान भर्ने नियम)अनुसार हाल दैनिक १० घण्टा र १० उडान गर्न पाउने प्रावधान रहेकोमा अब एक जना पाइलटले दिनमा आठ घन्टा र बढीमा आठवटा मात्र उडान गर्न पाउनेछन्।त्यस्तै जहाज अवतरण गर्दा जमिनबाट एक हजार फिटको उचाइमा आइसकेका जहाजले अब निर्धारित धावनमार्ग परिवर्तन गरी जहाज मोड्न पाउँदैनन्। पहाडी क्षेत्रमा हुने सर्ट टेक अफ एन्ड ल्यान्डिङ (स्टल) उडान गर्दा जहाज जमिनको सतहबाट सधैँ पाँच सय फिटमाथि हुनुपर्ने र सुगम क्षेत्रमा उडान गर्दा जमिनको सतहबाट कम्तीमा एक हजार फिटमाथि हुनुपर्नेछ।वायुसेवा कम्पनीका सबै...