Tuesday, June 18
Shadow

Tag: afflicted farmers

खडेरी कारण चिन्तित किसान

खडेरी कारण चिन्तित किसान

ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल,४ भदौ महाेत्तरी । भदाै महिनाकाे पहिलो साता बित्दै गर्दा माटो गालेर पानी नपरेपछि महोत्तरीका किसान खडेरीको चिन्ताले पिरोलिएका छन् । मल, बीउको अभावबीचमै रोपिएको धान पानीबेगर राम्रोसँग हुर्कन नसक्दा किसानको मन कुँडिएको छ ।धानको रोपो हरियो हुँदै गाँजिन दिनदिनै पानी पर्नु बेला लगातार साँझ, बिहान चैत वैशाखको जस्तो तातो बतास चल्ने र दिनभरि टण्टलापुर घाम लागेपछि यसपालि खडेरी पर्ने लक्षण देखिएको किसानको भनाइ छ । मुख्यबाली मानिएको धान अपेक्षित रोपाइँ हुन नसकेको र रोपिएको धान पनि रोपोमै पानीबेगर पहेँलिदै गएपछि मन बुझाउने ठाउँ नदेखिएको यहाँका किसान बताउँछन् ।“झमझम पानीमा रुझ्दै खेतमा धान गोड्नुपर्ने बेला हो, तर रोपेका खेतमा धजा फाटेको देख्नुपरेको छ”, जिल्लाको भङ्गाहा–३ कटैयाका किसान रामराजी यादव भन्नुहुन्छ, “साउन अन्त्यदेखि नै बढेको तातो बतास चल्ने क्रम र दिउँसभरिको टण्टलापुर घामले यसपालि अ...