Tuesday, June 18
Shadow

Tag: accident

भारतको नैनीतालमा पिकअप दुर्घटना हुदा ७ नेपाली मजदुरको मृत्यु

भारतको नैनीतालमा पिकअप दुर्घटना हुदा ७ नेपाली मजदुरको मृत्यु

अन्तर्राष्ट्रिय, ताजा-अपडेट
२७ चैत, राैतहट । भारतको नैनिताल नजिकैको बेतालघाट क्षेत्रको एक पिक अप दुर्घटना हुदा सात नेपाली मजदुरको मृत्यु भएको छ ।भारतीय मिडियाहरुले मल्ल गाउँस्थित उन्चकोट मोटर सडकमा पिकअप दुई सय मिटर गहिरो खाल्डोमा खसेको बताएका छन्  । दुर्घटनामा चालकसहित आठ जनाको मृत्यु भएको छ । गाडीमा सवार दुई नेपाली मजदुर पनि गम्भीर घाइते भएका छन् ।प्रहरी टोली घटनास्थलमा पुगेर स्थानीयवासीको सहयोगमा उद्धार कार्य सुरु गरेको प्रहरीलाई उदृत गर्दै मिडिया रिपोर्टमा उल्लेख छ । गाडीमा ९ नेपाली कामदार रहेको प्रहरीले बताएको छ ।उक्त क्षेत्रमा खानेपानीको लाइन बिछ्याउने काम सकेर सबैजना फर्कदै गर्दा उक्त दुर्घटना भएको हो । दुर्घटनामा ज्यान गुमाएका नेपाली मजदुरको नाम र घर भने खुल्न नसकेको प्रहरीले बताएको छ । ...
६ महिनामै सवारी नियम उलङ्घन गर्ने संख्या १० हजारभन्दा बेसी, ८५ लाख भन्दा बढी राजश्व संकलन

६ महिनामै सवारी नियम उलङ्घन गर्ने संख्या १० हजारभन्दा बेसी, ८५ लाख भन्दा बढी राजश्व संकलन

banner-news, ताजा-अपडेट, मुख्य समाचार
राैतहट - वर्ष नबित्दै सवारी उलङ्घन गर्ने संख्या १० हजार भन्दा बढी पुगेकाे छ । सवारी उलङ्घन गर्नेहरुबाट ६ महिनामै प्रहरीले कुल ८५ लाख १७ हजार ५०० राजश्व संकलन गरेको छ। मंगलबार जिल्ला प्रहरी कार्यालय राैतहटले प्रेस विज्ञप्ति जारी गर्दै श्रावण देखी पाैष मसान्तसम्मकाे प्रगति बिवरण सार्वजनिक गरेकाे छ। जसमध्ये सवारी दुर्घटनामा परेर २६ जनाले ज्यान गुमाइसकेका छन् । राैतहट अशिक्षित जिल्ला मध्येकाे एक जिल्ला हाे । शिक्षाकाे अभावले पनि दुघर्टनालाई निम्ताे दिने गरेकाे बिज्ञहरु बताउँछन्। "थाेरै जानकारी हानिकारक हुन्छ" भन्ने उखान सवारी नियममा पनि हावी हुने गरेकाे छ । ट्राफिक नियमको बारेमा अवगत नहुँदा दुघर्टना हुने सम्भावना बढ्छ । अर्थात चालकले अनिवार्य रुपमा ट्राफिक नियमको पालना गर्नुपर्दछ। सवारी नियम उलङ्घन गर्ने १० हजार ७ सय १ जना कार्वाहीमा परेको जिल्ला प्रहरी कार्यालय राैतहटकाे विज्ञप्तिमा उल्ल...
काठमाडाैंबाट फर्किने क्रममा कटहरिया नगरप्रमुखकाे गाडी दुर्घटनाग्रस्त

काठमाडाैंबाट फर्किने क्रममा कटहरिया नगरप्रमुखकाे गाडी दुर्घटनाग्रस्त

banner-news, ताजा-अपडेट, मुख्य समाचार
सचतक नेपाल न्युज डेस्क, हेटौंडा । रौतहटको कटहरिया नगरपालिकाका नगरप्रमुख अजय प्रकाश सवार स्कारपियो दुर्घटनामा परेको छ । काठमाडौंबाट रौतहटतर्फ जाँदै गरेको ना १ झ १७०२ नम्बरको सरकारी स्कारपियो सोमबार बिहान ४ बजे मकवानपुरको बकैया-११ स्थित कान्तिलोकपथको शिरुडाँडामा दुर्घंटना भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय ठिंगनका प्रहरी निरीक्षक लक्ष्मण गिरीका अनुसार स्कारपियोमा कटहरियाका नगरप्रमुख प्रकाश र स्कारपियो चालक रहेका थिए । उनीहरु सामान्य घाइते भएका थिए । स्कारपियो आफैँ अनियन्त्रित हुँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । सरकारी स्कारपियो गाडीको अगाडीको भागको सिसा फुटेको र दिउँसो उक्त गाडीलाई मर्मतका लागि ग्यारेज पठाइएको प्रहरीले जनाएको छ ।...
माेटरसाइकलकाे ठक्करबाट चितवनमा एक पैदलयात्रुकाे मृत्यु

माेटरसाइकलकाे ठक्करबाट चितवनमा एक पैदलयात्रुकाे मृत्यु

ताजा-अपडेट, मुख्य समाचार
चितवन - मोटरसाइकलको ठक्करबाट चितवनको भरतपुर महानगरपालिका-२८, साझापुरमा एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ५५ वर्षीय जलवा महतो रहेका छन् ।गए राति ना२२प ६८०० नम्बरको मोटरसाइकलले पैदल हिँडिरहेका महतोलाई ठक्कर दिएको हो । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते महतोको भरतपुर अस्पतालमा उपचारका क्रममा राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।मोटरसाइकल चालक भरतपुर-२७ का ३४ वर्षीय शिवनारायण महतो पनि घाइते भएका छन् । उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ...
ट्र्याक्टर ट्रली खस्दा कम्तीमा १४ जनाको मृत्यु

ट्र्याक्टर ट्रली खस्दा कम्तीमा १४ जनाको मृत्यु

अन्तर्राष्ट्रिय, ताजा-अपडेट
पाकिस्तान - पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको डेरा गाजी खान जिल्लाको डीजी नहरमा शुक्रबार ट्र्याक्टर ट्रली खस्दा कम्तीमा १४ जनाको मृत्यु भएको स्थानीय उद्धार सेवाले जनाएको छ ।करिब ४५ जना तीर्थयात्री बोकेको ट्रली उक्त जिल्लाको चौकी विमानस्थल सडक नजिकै तीव्र गतिका कारण दुर्घटना भएको उद्धार सेवाले जनाएको छ ।उद्धारकर्ता घटनास्थल पुगेर स्थानीयवासीको सहयोगमा उद्दार कार्य शुरु गरेको उद्धार सेवाले जनाएको छ । साथै बेपत्ताहरुको खोजी कार्य जारी रहेकाले हालसम्म केही शवसहित २८ जना यात्रुमात्र फेला परेको जनाइएको छ ।केही यात्रुयहरू दुर्घटनापछि चिप्लिएर बगेको हुनसक्ने उद्धार सेवाले जनाएको छ । ...
कार दुर्घटनामा एक जना पैदल यात्रुकाे मृत्यु

कार दुर्घटनामा एक जना पैदल यात्रुकाे मृत्यु

ताजा-अपडेट, मुख्य समाचार
झापा – झापाको कन्काई नगरपालिका ३ नयाँ बस्तीमा कारको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।मृत्यु हुनेमा स्थानीय ३६ वर्षीया सावित्रादेवी भण्डारी रहेकी छन् । उनलाई उपचारको लागि अस्पताल पुर्‍याउनसाथ चिकित्सकले मृत घोषणा गरेका थिए ।बा १८ च २२ ४७ नम्बरको कारले पैदल हिँडिरहेकी भण्डारीलाई ठक्कर दिएको थियो । कारसहित चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय सुरुङथाले जनाएको छ । ...
चन्द्रपुर हस्पिटलमा उपचारकाे क्रममा सर्लाहीकाे एक पुरुषको मृत्यु

चन्द्रपुर हस्पिटलमा उपचारकाे क्रममा सर्लाहीकाे एक पुरुषको मृत्यु

banner-news, ताजा-अपडेट, मुख्य समाचार
राैतहट । पूर्व-पश्चिम राजमार्गअन्तर्गत रौतहटको धन्सार नजिक मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जना शिक्षकको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही जिल्ला हरिवन नगरपालिका वडा नम्बर ७ का किरण घिसिङ लामा रहेको रौतहट ट्राफिक प्रमुख इन्स्पेक्टर विमलाकुमारी कठायतले बताइन् । आइतबार साँझ ६ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मधेश प्रदेश ०४-००१-प ३५५७ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित दुर्घटना भएको थियो ।दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक लामाको चन्द्रपुर हस्पिटलमा उपचारको क्रममा आइतबार राती ८ बजे मृत्यु भएको इन्स्पेक्टर कठायतले बताइन् । मृत्यु भएका घिसिङ बाराको निजगढस्थित होली एन्जल्स इङ्लिस बोर्डिङ स्कूलमा शिक्षकको रूपमा कार्यरत थिए । घटनाको सम्बन्धमा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले थप अनुसन्धान गरिरहेको जनाएको छ । ...
युक्रेनमा हेलिकप्टर दुर्घटनाग्रस्त, मन्त्री र बालबालिकासहित १८‌ जनाकाे मृत्यु

युक्रेनमा हेलिकप्टर दुर्घटनाग्रस्त, मन्त्री र बालबालिकासहित १८‌ जनाकाे मृत्यु

अन्तर्राष्ट्रिय, ताजा-अपडेट
युक्रेन - युक्रेनकाे राजधानी किएभको पूर्वी भागमा एक हेलिकप्टर शिशु-शिक्षालयनजिकै दुर्घटना हुँदा देशका आन्तरिक मामिलामन्त्रीसहित १८ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जमिनमा रहेका मानिसहरू समेत छन्।मृत्यु हुनेमा तीन बालबालिका पनि छन्। थप १५ जनाको अस्पतालमा उपचार भइरहेको छ। हेलिकप्टरमा मन्त्री डेनिस मोनास्तिर्स्की र अरू आठ जना सवार थिए।उनीबाहेक आन्तरिक मन्त्रालयका दुई वरिष्ठ अधिकारीहरूको पनि निधन भएको छ। उनका उपमन्त्री र एक सचिवको पनि निधन भएको अधिकारीहरूले बताएका छन्। तस्बिर:- रेउटर्स युक्रेनी प्रहरी प्रमुखले फेसबुकमा लेख्दै उक्त हेलिकप्टर युक्रेनको आपत्कालीन सेवाको रहेको जनाएका छन्।एक स्थानीय सैन्य अधिकारीका अनुसार उक्त घटनामा २९ जना घाइते भएका छन्। घाइतेहरूलाई अस्पताल लगिएको छ। जलिरहेको भवनबाहिर हेलिकप्टरको भग्नावशेष छरिएको देखिन्छ।शिशुशिक्षालयनजिकै आगो लागेकाले बालबालिका र त्यहाँ...
अस्ट्रेलियामा दुईवटा हेलिकप्टर दुर्घटनाग्रस्त, ४ जनाकाे मृत्यु

अस्ट्रेलियामा दुईवटा हेलिकप्टर दुर्घटनाग्रस्त, ४ जनाकाे मृत्यु

अन्तर्राष्ट्रिय, ताजा-अपडेट
अस्ट्रेलियाको गोल्ड कोस्टमा सोमवार दुईवटा हेलिकप्टर जुध्दा कम्तीमा चारजनाको मृत्यु भएको छ ।थप दुईजनाको अवस्था चिन्ताजनक रहेको बताइएको छ । आपतकालीन सेवाप्रदायकहरूले १३ जनालाई उपचारका लागि लगेका छन् । सी वर्ल्ड रिजोर्ट नजिक ती दुई हेलिकप्टर आकाशमै जुधेका हुन् । एउटा हेलिकप्टर उड्न लाग्दा अनि अर्को अवतरण गर्न लाग्दा दुर्घटना भएको प्रत्यक्षदर्शी एम्मा बुर्चले गोल्ड कोस्ट बुलेटिनलाई बताइन् । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ । ...
ट्रककाे ठक्करबाट इलामकी एक युवतीकाे मृत्यु

ट्रककाे ठक्करबाट इलामकी एक युवतीकाे मृत्यु

banner-news, ताजा-अपडेट, मुख्य समाचार
झापा- झापाको मेचीनगर नगरपालिका–१३, चारआली बजारमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक युवतीको मृत्यु भएको छ । इलामको रोङ गाउँपालिका–६ की २३ वर्षीया उषा राईको मृत्यु भएको हो ।ठक्करबाट गम्भीर घाइते भएकी उनलाई उपचारका लागि बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा पठाइएकामा चिकित्सकले मृत घोषणा गरेका थिए ।हिजो बेलुका करिब साढे ८ बजे ना८ख ३३३६ नम्बरको ट्रकले मे७प १७२७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । मोटरसाइकल चालक सकुशल रहेको र ट्रक चालकलाई नियन्त्रणमा लिइएको प्रहरीचौकी चारआलीले जनाएको छ । ...