Sunday, June 23
Shadow

Tag: aayog

कर्मचारी सुरुवा नगर्न निर्वाचन आयाेगकाे निर्देशन

कर्मचारी सुरुवा नगर्न निर्वाचन आयाेगकाे निर्देशन

banner-news, ताजा-अपडेट, मुख्य समाचार
काठमाडौं - निर्वाचन आयोगले विनाअनुमति कर्मचारीहरुको सरुवा रोक्न सरकारलाई निर्देशन दिएको छ । आयोगले असोज ६ गतेदेखि निर्वाचन सम्पन्न नहुन्जेलसम्म आयोगको अनुमति नलिइ कुनै पनि कर्मचारीको सरुवा नगर्न र नगराउन सरकारलाई निर्देशन दिएको हो ।असोज ५ गतेसम्म सरुवा भइसकेका कर्मचारीलाई तत्काल रमाना दिइ असोज ९ गतेसम्ममा सम्बन्धित कार्यालयमा हाजिर भइसक्ने व्यवस्था गर्न पनि आयोगले सरकारलाई निर्देशन दिएको छ ।सरकार तथा सार्वजनिक निकायले कर्मचारी सरुवा गरिदिँदा अस्थायी मतदाता नामावली संकलनको कार्यमा बाधा उत्पन्न हुनेतर्फसमेत आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गरेको विज्ञप्तिमामार्फत धानाकर्षण गराइएको छ । ...