
भारतमाथि ऐतिहासिक जित निकाल्दै नेपाल फाइनलमा
त्रिपुरेश्वर - भारतमाथि ऐतिहासिक जित निकाल्दै नेपाली राष्ट्रिय महिला फुटबल टोली छैटौ संस्करणको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा शुक्रबार साँझ भएको प्रतियोगिताको दोस्रो सेमिफाइनलमा नेपालले भारतमाथि १-० गोलअन्तरको ऐतिहासिक जित निकाल्दै फाइनलमा प्रवेश पाएको हो । उक्त खेलको पहिलो हाफमा नेपालले गरेको एकमात्र गोल नै जितका लागि पर्याप्त बन्यो ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा समर्थकको गतिलो साथ पाएको नेपालले पहिलो हाफको इन्जुरी समयमा रश्मीकुमारी घिसिङको गोलबाट अग्रता लिएको थियो । प्रीति राईले १८ यार्ड बक्सको बायाँ साइडबाट निकालेको पासमा रश्मीकुमारी घिसिङले गोल गरिन् । उक्त गोलको अग्रतालाई नेपालले खेलको पुरै समय जोगाउन सफल भएसँगै फाइनलमा स्थान पक्का गरेको हो। महिला साफको इतिहास भारतमाथि नेपालको यो पहिलो ऐतिहासिक जित हो । यस अघि ...